दुग्ध उद्योगमाथि कारबाहीको तयारी
काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित दुग्ध उद्योगमा धेरै समस्या देखिएको हो । सोमबार कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’को नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले गरेको अनुगमनले यस क्षेत्रका तीन दुग्ध उद्योगमा कैफियत देखिएका छन् ।
दूध उद्योगको गुणस्तरमा समस्या देखिएको व्यापक गुनासो आएपछि मन्त्रीसहितको टोलीले सोमबार बिहान अनुगमन गरेको थियो । उत्पादनमा कैफियत देखिएपछि अनुगमन टोलीले आधुनिक दूधका नाममा दूध उत्पादन गर्ने बालाजु औद्योगिक क्षेत्रभित्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र औद्योगिक क्षेत्रनजिकैको पुष्प दूधका नाममा बिक्रीवितरण गर्दै आएको पुष्प डेरी फार्मको गोदाममा सिल ग¥यो । औद्योगिक क्षेत्रभित्रकै अर्को एक दूग्ध उद्योग सामूहिक कृषक डेरी लिमिटेडमा पनि उस्तै समस्या देखिए पनि सिल हुनबाट जोगियो । उक्त उद्योगले सुलभ मिल्कका नाममा आफ्ना उत्पादन बजार पठाउँछ ।
अनुगमन टोलीले आधुनिक डेरी प्रालिमा पनि छापा मारेको थियो ।
उक्त उद्योगले दूध उत्पादनमा प्रयोग गर्ने पाउडर दूधमा स्पष्ट लेबल नै उल्लेख नभएको पाइएको थियो । त्यस्ता वस्तुमा पाकेटमै स्पष्ट उल्लेख गरेको हुनुपर्ने उत्पादन र उपभोग मिति नै उल्लेख नभएको पाइएको थियो । उक्त उद्योगले आफ्नो गोदाममा मौज्दात राखेको पाउडर दूधका प्याकेट चितवन, फ्रान्स र न्युजिल्यान्डसम्मबाट आयात गरेको देखिन्छ ।
तर, अनुगमन टोलीले ती पाउडर दूध शंकास्पद देखिएको भन्दै विवरण टिपोट गरेर ल्याएको छ । र, त्यसका सम्बन्धमा थप अनुसन्धान गरिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । मौज्दातमा राखिएको पाउडर दूधमा समस्या देखिएपछि अनुगमन टोली उक्त उद्योगको तीनवटा गोदाममा सिल गरेर फर्केको छ । दूध उत्पादन गर्दा उद्योगमा अपनाउनुपर्ने अन्तर्राष्ट्रिय प्रणाली कुशल उत्पादन अभ्यास (जीएमपी) र सरसफाइका न्यूनतम मापदण्ड पनि उक्त उद्योगले पालना नगरेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ ।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रकै सामूहिक कृषक डेरीले पनि दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको निष्कर्ष अनुगमन टोलीको छ । उक्त उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी, दूध उत्पादनका प्रक्रियामा अपनाउनुपर्ने उचित तापक्रम, सरसफाइलगायतका कुनै पनि मापदण्ड पालना नगरेको निचोड अनुगमन टोलीको छ । आधुनिक डेरीको जस्तै उक्त उद्योगको पनि पाउडर दूधमा समस्या देखिएको थियो । बालाजु औद्योगिक क्षेत्रबाट केही नजिक गंगा चलचित्र हलनजिकको पुष्प डेरीमा पनि अनुगमन टोलीले उस्तै कैफियत भेट्टायो । फोहोर, दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी प्रणाली पालना नगरेको, सरसफाइमा ध्यान नदिएकोलगायतका समस्या उक्त उद्योगमा देखिएको थियो । यस उद्योगको एउटा गोदाममा पनि अनुगमन टोली सिल गरेर फर्केको छ ।
यसैगरी, अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रभित्रको सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजनाद्वारा उत्पादित डीडीसीमा अनुगमन ग¥यो । उक्त उद्योगमा भने कुनै पनि कैफियत देखिएन । मन्त्री खनालले उक्त उद्योगले दुग्ध उत्पादनमा प्रयोग गरेको यन्त्र र उपकरण भने पुरानो भएकाले त्यसलाई फेरेर थप आधुनिक तवरले उद्योग सञ्चालन गर्न निर्देशन दिए । हाल दूधको बजारमा डीडीसीको बजार हिस्सा करिब ३० प्रतिशत छ । यसैबीच, कृषिमन्त्री खनालले .न्यून तथा गुणस्तरहीन वस्तु उत्पादन गर्ने उद्योगमाथि कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply