नापीका हाकिम लुसुक्क कता ?
काठमाडौं । आफ्नो हाकिमको महिलासँगको सम्बन्धबारे नापी विभागको क्यान्टिनमा आजभोलि बाक्लै चर्चा हुने गरेको छ । युवतीप्रेमी महानिर्देशक गणेशराज भट्ट इभिनिङ वाक भन्दै हरेक साँझ नापीकै महिला कर्मचारीको डेरामा पुग्ने गरेको प्रसंग कसैले सुनाउँदा पनि कर्मचारीहरूले त्यसलाई आश्चर्यका रूपमा भन्दा पनि स्वाभाविक रूपमा लिने गरेका छन् ।
नापीकै प्रांगणमा सुनाइएको कथनअनुसार महानिर्देशक भट्टको घर इमाडोलको बोझेपोखरीमा छ । उनी हरेक बेलुकी क्याप लगाएर इभिनिङ वाकमा निस्किन्छन् । १५ मिनेट टाढा एउटा घरमा १५ मिनेटजति आराम गर्छन् । त्यो घरमा नापी कार्यालय ललितपुरमा करारमा कार्यरत एक महिला कर्मचारी डेरा बस्छिन् ।
त्यति मात्र होइन, उनी खरदारभन्दा तल्लो तहका महिला अमिनका अगाडिसमेत लुत्रुक्क पर्ने गरेका छन् । उनलाई भर्खर अमिन पास गरेका केटीहरूले पनि उनकै कार्यकक्षमा थर्काउने गरेका छन् । केही दिनअघि प्रमुख नापी अधिकृतहरूकै अगाडि भट्टकै कार्यकक्षमा एक महिला अमिनले उपरखुट्टी लगाउँदै मलाई कसले सरुवा गर्दो रहेछ हेरौंला भन्दै भट्टलाई त्यहीँ हप्काइन् । तर, डीजी ङिच्च हाँसेरै बसे । उनको यो हविगत देखेर प्रमुख नापी अधिकृतहरू पनि लाजले पानीपानी भएका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply