निगममा फजुल खर्च
काठमाडौं । नेपाल वायुसेवा निगममा विशेषज्ञ पाइलटका नाममा मोटो रकम दोहन भइरहेको गुनासो छ । निगम सुधार गर्ने प्रतिबद्धतासहित महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न आइपुगेका सुगतरत्न कंसाकारले नै त्यसरी विशेषज्ञका नाममा फजुल खर्च गराएर निगमलाई ओरालो यात्रामा पु¥याएका हुन् ।
कंशाकार निगम प्रवेश गरेलगत्तै ठूलो सेटिङअनुसार एक विदेशी नागरिकलाई विशेषज्ञ पाइलटका रूपमा भिœयाएको बताइन्छ । रिचर्ड गेप नामका ती पाइलटले प्रतिमहिना २७ हजार ५ सय डलर तलबस्वरूप लिने बुझिएको छ । चार महिनादेखि ती पाइलट निगममा कहिल्यै नदेखिएको बताइन्छ ।
त्यसो त काम नगर्ने र विशेषज्ञका रूपमा फजुल खर्चका लागि नियुक्ति नै आवश्यक नभएको पाइलटहरू बताउँछन् । यसअघि पाइलट रही हाल यसअघिका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई रिझाएर सञ्चालक सदस्य हुन सफल अच्यूतराज पहाडीको पनि कंसाकारसँग यसमा मिलेमतो रहेको बताइन्छ । पहाडी अनियमितता गरेर अख्तियारको छानबिनमा परी निलम्बन परिसकेका व्यक्ति हुन् ।
त्यसो त निगमले एयर होस्टेजको उचाइ पनि कम भए पुग्ने गरी निर्णय गरेको छ । निगमले हालसम्म ५ फिट ४ इन्च हाइट भएका एयर होस्टेज मात्रै लिँदै आएको थियो । अब भने एयरलाइन्सले ५ फिट २ इन्च उचाइ भएका एयर होस्टेजहरू पनि लिन लागेको हो । दुई इन्च उचाइ घटाएर एयरलाइन्सले २० जना एयर होस्टेजका लागि सूचना आह्वान गरेको छ ।
आवश्यकता अनुसार एयर होस्टेजको आवेदन नआएपछि उचाइ घटाउनुपरेको निगम स्रोतले बतायो । माग अनुसार आपुर्ति नभएपछि उचाई नै घटाएर पनि काम चलाउन लागिएको निगम स्रोतको दावी छ ।
एयरलाइन्सले पाँचौं तहका २० जना एयर होस्टेजका लागि आवेदन मागेको थियो । प्लस टु उत्तीर्ण गरेका १८ देखि २५ वर्ष उमेर समूहका युवतीहरूले आवेदन दिन सक्ने व्यवस्था थियो । तर निगमको एक उच्च स्रोतले भने लाखौंको आर्थिक चलखेलमा एयर होस्टेजहरूको उचाइ घटाइएको आरोेप लगाएको छ । एक जनासँग १०औं लाखसम्म असुलिएको र एकै संस्थामा दुईखाले उचाइ भएका एयर होस्टेज राख्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ । निगमको सञ्चालक समितिले नै एयर होस्टेजको उचाइ घटाउने गरी कार्यविधि संशोधन गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply