नेता र मन्त्रीको पीए साझा
काठमाडौं । बहालवाला मन्त्रीजस्तो मान्छे एउटा नेता (त्यो पनि राजनीतिक भविष्य नै धरापमा परेको) प्रति पनि कतिसम्म नतमस्तक हुँदा रहेछन् भन्ने कुरा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले देखाएका छन् । कांग्रेसभित्रको भागबन्डामा खुमबहादुर खड्काको कोटाबाट मन्त्री बनेका बस्नेतले अहिले पुरै ध्यान खड्काकै चाकडीमा खर्चेका छन् ।
रमाइलो त के छ भने बस्नेत नाताले प्रधानमन्त्री देउवाका निकटस्थ हुन् । उनी देउवाका नजिकैका साढुभाइ पर्छन् । तर मन्त्री भए खड्काको कोटाबाट । चाकडी गर्दा पनि नाताको हिसाबले र पार्टी सभापति भएका कारण पनि देउवाकै गर्नुपर्ने हो तर मन्त्री बस्नेतले सीमा नाघेर खड्काको चाकडी गरेका छन् । कतिसम्म भने उनले आफ्नो स्वकीय सचिवसमेत खड्काकै स्वकीय सचिवलाई राखेका छन् । मन्त्री बस्नेतले आफ्नो स्वकीय सचिवमा नियुक्त गरेका चूडामणि कँडेल अहिले पनि नेता खड्काकै स्वकीय सचिव हुन् । नेपालगन्ज घर भएका कँडेललाई सिन्धुपाल्चोकका बस्नेतले स्वकीय सचिव बनाएपछि सिन्धुपाल्चोकका कांग्रेसीहरू चिढिएको बताइन्छ । स्रोतका अनुसार मन्त्री बनाउनुअघि नै खड्काले ‘म तिमीलाई मन्त्री बनाउँछु, पीए मेरो राख्नुपर्छ’ भनेर वाचा गराएका थिए । पीए आफ्नो राख्दा उठ्तीपुठ्तीदेखि लिएर आर्थिक लेनदेनका सबै कुरा थाहा हुने भएकाले त्यसो गरेको बताइन्छ ।
चौधांै महाधिवेशनमा राम्रो मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भए पनि पार्टीभित्र खड्काको शक्ति खिइँदै गएको छ । उनलाई उपसभापतिबाट रोक्न अर्का विमलेन्द्र निधिले खेलेको खेलका कारण अझै पदाधिकारी मनोनीत हुन सकेको छैन । पार्टीभित्रैबाट ‘भ्रष्टाचारी’ भन्दै बेग्लै आँखाले हेर्ने गरेका कारण उनी बैठकमा समेत त्यति पार्टी कार्यालयसम्म जाँदैनन् । त्यस्तो नेताको चाकडी गरेर जिल्लाको पार्टीसमेत बस्नेतले सिध्याएको भन्दै सिन्धुपाल्चोकका कांग्रेसीहरू मन्त्री बस्नेतसँग रुष्ट बनेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply