नौ युवाले देखाए जोस
काठमाडौं । गैरसंसदीय कम्युनिस्ट मोर्चा निर्माण गर्ने उद्देश्यले विगतमा नेकपा (माओवादी केन्द्र) सँग नजिक रहेका केही युवाले सो पार्टीसँग सम्बन्धविच्छेद गर्न रुचाएका छन् । खासगरी कला र साहित्य पृष्ठभूमि भएका माओवादी केन्द्रनिकट युवाहरूले बेग्लै मोर्चा निर्माण गर्न चाहेका हुन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता प्रक्रिया नजिकिँदै गइरहेको बेला माओवादी केन्द्रप्रति असन्तुष्ट रहेकाहरूले नयाँ पार्टीको घोषणा गरेका हुन् । अहिले माओवादी केन्द्र छाडेका आहूति (विश्वभक्त दुलाल) ले नेतृत्व गरिरहेको सो समूहले आफ्नो पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ प्रस्ताव गरेको छ । प्रस्तावित सो पार्टीले ‘विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव–२०७५’ समेत सार्वजनिक गरिसकेको छ । सो प्रस्ताव तयार पार्न आहूतिको नेतृत्वमा नौजना युवाहरू सक्रिय थिए । जसमा रमेश सुनुवार, बलराम तिमल्सिना, धु्रव पराजुली, संगीतश्रोता, तुलसीदास महर्जन, जागृत रायमाझी, धनकुमारी सुनार र विदुर खरेल रहेका थिए । सुनार भने यसअघि एमालेको विभागीय सदस्य थिए र उनी राष्ट्रिय महिला आयोगको पूर्वसदस्य पनि हुन् ।
सो मोर्चाका सदस्य तिमल्सिनाले भने राजनीतिमा नयाँ विकल्प खोजिरहेका युवाहरूको प्रयत्नमा नयाँ पार्टी जन्मिएको बताए । उनले भने, ‘समाजको चरित्र बदलिएको छ, पुँजीवादको पनि चरित्र बदलिएको छ । पुरानै ढाँचाले अबको कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भनेर हामीले नयाँ पार्टी गठन गरेका हौं ।’ उनले अब कम्युनिस्टहरूको दुई धारमा एउटा संसदीय र अर्को गैरसंसदीय धार रहने पनि बताए ।
राष्ट्रिय भेलाको तयारीमा समेत आफूहरू जुटिसकेको तिमल्सिनाले बताए । उनले भने, ‘अब हामी ठूलो पार्टी नभएर नयाँ पार्टी बनाउनेतिर केन्द्रित हुन्छौं ।’ केपी शर्मा ओलीले १४ वर्ष जेलजीवन बिताएरै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहेको र प्रचण्डले पनि १० वर्षसम्म युद्ध गरेर अघि बढाउन चाहे पनि अहिले भने दुवै नेता थाकेका र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नचाहेका हुँदा आफूहरू अग्रसर रहेको उनले जिकिर गरे ।
आफूहरू अहिले अरु कम्युनिस्ट पार्टीसँग एकता गरेर नजाने पनि उनले बताए । तर, अरू कम्युनिस्ट पार्टीका नेताहरू भने आफ्नो मोर्चामा धमाधम आउन थालेका पनि उनले बताए । भर्खरै मात्र, नेकपा (माले) का केन्द्रीय सदस्य सविन रिमाल र अर्का एक जना आफ्नो समूहमा आबद्ध भएको तिमल्सिनाले बताए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply