पूर्वप्रधानमन्त्री नेपाल र सुकीबीच भेटवार्ता
काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा परराष्ट्रमन्त्री आङ सान सुकीले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको बताएकी छन् । नेपालका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र पूर्वमन्त्री एकनाथ ढकालसँंगको भेटमा नेतृ सुकीले उक्त कुरा बताएकी हुन् । म्यानमारको परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेतृ सुकीले प्रत्येक देशमा राजनीतिज्ञभन्दा पनि राजनेता आवश्यक रहेको उल्लेख गर्दै म्यानमारको शान्ति प्रक्रियाको सफलताका लागि राष्ट्रिय मेलमिलाप नै मुख्य रहेको बताइन् ।
एमाले नेता एव पूर्वप्रधानमन्त्री नेपालले नेतृ सुकीलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल लामो संक्रमणकालको अन्त्य गर्दै शान्ति, विकास र लोकतन्त्रको सस्थागत विकासमा आशालाग्दो बाटोतर्फ उन्मुख रहेको जानकारी गराए । नेतृ सुकी र नेपाली नेताहरूको भेटमा दुई मित्र राष्ट्रबीचको आपसी हितका बारेमा कुराकानी भएको म्यानमारका लागि नेपाली राजदूत भीम उदासले जानकारी दिए ।
त्यसैगरी नेपाली दूतावासद्वारा आयोजित भेटघाट कार्यक्रममा म्यानमारमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरूले आफूहरूलाई गैरआवासीय नेपालीका रूपमा पहिचान प्रदान गर्न र म्यानमारमा पढाइने नेपाली पाठ्यक्रमलाई नेपाल सरकारले मान्यता प्रदान गर्न पहल गरिदिन पूर्वप्रधानमन्त्री नेपालसंँग आग्रह गरेका थिए । वरिष्ठ नेता नेपाल इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टरियन फर पिसको कार्यक्रममा सहभागी हुन म्यानमार गएका थिए ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply