पूर्वमन्त्रीलाई दिइएन भिसा
काठमाडौं । सामान्यतः मन्त्री वा सांसद भइसकेका व्यक्ति कुनै मुलुकमा जान चाहेमा सहज भिसा नपाउने कुरा हुँदैन । तर मन्त्री र सांसदसमेत भइसकेका र देशकै प्रमुख राजनीतिक दलको पोलिटब्युरो सदस्यसमेत रहेका एक नेतालाई भने बेलायतले भिसा दिन इन्कार गरेको छ ।
भिसा पाउनबाट वञ्चित नेता हुन्, पूर्वमन्त्री युवराज कार्की । केही दिनअघि बेलायतमा आयोजित प्रवासी नेपाली मञ्चको बेलायत जिल्ला अधिवेशनमा भाग लिन कार्की पनि जान चाहेका थिए । त्यसका लागि उनले फोन गरेरै निम्ता पनि मगाइसकेका थिए । बेलायत घुम्ने इच्छा दर्साउँदै भिसाका लागि उनले नेपालस्थित बेलायती दूतावासमा आवेदन दिए । तर, पूर्वसामान्य प्रशासनमन्त्री र सांसदसमेत रहिसकेका कार्कीलाई बेलायती दूतावासले भिसा दिन उपयुक्त ठानेन र उनको बेलायत घुम्ने इच्छा अधुरै रहन पुग्यो ।
सो अधिवेशनका लागि प्रवासी मञ्चबाट निम्तो पाएका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायत पुगेर अधिवेशन उद्घाटन गरेका थिए । केही दिनअघि सम्पन्न अधिवेशनले राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ कमिटीसमेत गठन भएको छ ।
बेलायती दूतावासले भिसा दिन अस्वीकार गरेका कार्कीलाई एमालेले अमेरिका हेर्ने जिम्मा दिएको छ ।
पूर्वसामान्य प्रशासनमन्त्री कार्की दक्षिण कोरियाका लागि राजदूतका लागिसमेत सिफारिस भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टीभित्रको समूह नै परिवर्तन गरेर उनी दक्षिण कोरियाका लागि राजदूत सिफारिश हुन सफल भएका थिए । तर, राजदूत नहुँदै ओली नेतृत्वको सरकार परिवर्तन भएर माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बनेपछि भने उनीलगायत एमालेले सिफारिस गरेका राजदूतहरू नियुक्त हुनबाट वञ्चित भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply