बाबुरामलाई डुबाउनेहरू कोको ?
काठमाडौं । नयाँ शक्तिबाट देवेन्द्र पौडेललगायतका नेताहरू बिच्किनुमा संयोजक डा. बाबुराम भट्टराई नै मुख्य दोषी रहेको बताउन थालिएको छ । डा. भट्टराई केही गलत मानिसहरूबाट घेरिएका र उनीहरूकै कुरा सुन्न थालेपछि नयाँ शक्तिबाट पौडेललगायत पूर्वमाओवादी नेताहरू किनारा लाग्दै गएका हुन् ।
एकातिर गलत मानिसहरूका कुरा सुन्नु र अर्कोतिर पार्टीलाई व्यवस्थित रूपले सञ्चालन गर्न चुकेकै कारण डा. भट्टराईलाई एकपछि अर्को गर्दै नेता–कार्यकर्ताले छाड्न थालेको बताइन्छ । पछिल्लो समय, डा. भट्टराईले पूर्वमाओवादीभन्दा पनि अरू नै पृष्ठभूमिबाट आएका नेताहरूका कुरा सुन्न थालेपछि र उनीहरूकै घेराबन्दीमा परेपछि नयाँ शक्तिमा भाँडभैलो मच्चिएको बताइन्छ ।
अहिले डा. भट्टराईलाई उचाल्नेहरूमा केशव दाहाल, पूर्वराजा ज्ञानेन्द्रको पालामा मन्त्री खान गएका देवीप्रसाद ओझा, पूर्वपञ्च परशुराम खापुङ, भीमबहादुर कडायत, मदन राई, वीरेन्द्र पोखरेल, पूर्वडीआईजी गणेश राई, पूर्वएआईजीहरू नारायण पाण्डे र ऋषभदेव भट्टराई, डम्बर खतिवडालगायत रहेका छन् । पछिल्ला दिनहरूमा डा. भट्टराईले देवेन्द्र पौडेललगायतका नेताहरूको कुरा नखाने र यी मानिसहरूका लहलहैमा लाग्न थालेपछि नयाँ शक्तिका पूर्वमाओवादी नेताहरू भड्किएको बताइन्छ ।
यसरी नै तिनै मानिसहरूले माओवादीबाट आएका कल्पना धमला, देवेन्द्र पराजुलीलाई उचालेर पौडेललगायतका विरुद्ध लगाएको आशंका गरिएको छ । धमला र पराजुलीलगायतलाई ‘पौडेलहरूलाई हटाए तिमीहरू सिनियर हुन्छौं’ भनेर उचालेको बताइन्छ । नयाँ शक्तिभित्र पूर्वमाओवादी र अरुबीच फाटो ल्याउनमा अहिले डा. भट्टराईलाई उचाल्ने मानिसहरूकै हात रहेको बताउन थालिएको छ ।
अप्रेसनपछि टोखास्थित निवासमा स्वास्थ्य लाभ लिइरहेका डा. भट्टराई भेट्न केही दिनअघि त्यही पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुरामसँग पार्टी एकताबारे खुलेरै कुराकानी गरेका छन् । प्रचण्डले बाबुरामलाई ‘तपाईहरूले भनेअनुसार नै गरौंला, पार्टीको नाम पनि फेरौंला, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिकमै जाऔंला, एकता गरौं’ भनेर प्रस्ताव राखेको बताइन्छ ।
प्रत्युत्तरमा डा. भट्टराईले ‘तपाईंहरू प्राक्टिकल्ली आउनुहुन्छ भने एकताका लागि विचार गर्न सकिन्छ’ भनेर जवाफ दिएका थिए । अझ प्रचण्डले त एक कदम अघि बढ्दै नयाँ शक्तिले अघि सारेको पाँच ‘स’लाई पनि स्विकारेर जान सकिने बताएका थिए । नयाँ शक्ति गठन गर्दाताका सो पार्टीले समावेशी, समानुपातिक, समृद्धि, सहभागितामूलक लोकतन्त्रजस्ता पाँच ‘स’को नारालाई अघि सारेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply