‘बायोमेट्रिक’को नाममा अवैध असुली
काठमाडौं । विगतमा बिजुलीको तार काटेर प्राप्त गरेको ‘सेलिब्रेटी’ मन्त्रीको बिडो थाम्न श्रममन्त्री गोकर्ण विष्टलाई निकै मुस्किल पर्दै गएको छ । मापदण्डअनुसार भइरहेका चार देशको श्रम सहचारी नियुक्ति प्रक्रिया बीचमै रोक्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । श्रम सहचारी नियुक्तिको सबै प्रक्रिया सकेर अन्तिममा कार्ययोजना प्रस्तुतिकै दिन गएको चैत १२ गते बिहान अकस्मात् रोकिएको थियो । उनले मन्त्री भएको केही दिनमै वैदेशिक रोजगारका क्षेत्रमा मलेसिया जाने कामदारसँग बायोमेट्रिकलगायतका नाममा लिइरहेको अवैधानिक रकम असुली रोक्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता जनाएको एक महिनासम्म पनि रोक्न सकेका छैनन् ।
मलेसिया जाने कामदारसँग बायोमेट्रिक र जीएसजीका नाममा ठूलो शोषण हुने गरेको छ । बायोमेट्रिकका कैलाश खड्का र जीएसजीका गोविन्द थपलियाहरूले गरिब नेपाली कामदारसँग अवैधानिक रूपमा करोडौंकरोड असुली गर्न छुट पाएका छन् । सिन्डिकेट गैरकानुनी हो, तर बायोमेट्रिक र जीएसजीका नाममा भइरहेको सिन्डिकेट र कामदार ठगीमा मन्त्री विष्ट किन अहिलेसम्म मौन छन् ? किन एक्सन लिन सकिरहेका छैनन् ? यो प्रश्न श्रम मन्त्रालयमा उठ्ने गरेको छ । रेमिटेन्स भिœयाएर देशको अर्थतन्त्रलाई टेको दिइरहेका म्यानपावर व्यवसायीलाई अपराधीलाई झैं व्यवहार गर्ने र त्यही व्यवहार ‘हिरोइज्म’का नाममा मिडियामा छपाउन लगाएर मन्त्री रमाइरहेका छन् । बायोमेट्रिकका दलाल कैलाश खड्काबाट पुष्पगुच्छा लिने तर सही नै भए पनि कुनै कुरा राख्न आउँदा म्यानपावर व्यवसायीलाई अपराधीलाई झैं व्यवहार प्रदर्शन गरेर मन्त्री विष्टले तमासा देखाइरहेका छन् । मन्त्री भएपछि सरुवा भएका कर्मचारीलाई रमाना दिएको र कुनै म्यानपावर व्यवसायी गुनासो गर्न जाँदा मिडिया बोलाएर हल्लाखल्ला गर्ने र समाचार लेख्न लगाउनेमै उनी सीमित छन् । सुशील कोइराला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेको अवैधानिक बायोमेट्रिकका कारण २६ सयमा स्वास्थ्य परीक्षण गराउँदै मलेसिया जाने कामदारले १८ हजार ४८० रुपैयाँ तिर्नुपर्ने भएको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण मलेसिया सरकारकै भन्ने भ्रम दिइएको छ, तर मलेसिया गएपछि तीन महिनाभित्र पुनः त्यहाँ अर्को स्वास्थ्य परीक्षण गराइन्छ । त्यसमा फेल भए कामदार फिर्ता हुन्छ । मलेसियाकै आधिकारिक भनेपछि किन तीन महिनाभित्र मलेसियामा अर्को स्वास्थ्य परीक्षण हुन्छ ? त्यसको जवाफ कसैसँग छैन । कमिसनको जालोका कारण विगतका मन्त्रीहरू दीपक बोहरा, सूर्यमान गुरुङ सबैलाई बायोमेट्रिक र जीएसजीका खड्का र थपलियाहरूले करोडौंको ब्रिफकेस बुझाएर यस्तो ठगीधन्दा चलाउँदै आएका छन् । वर्तमान श्रममन्त्री बिष्टले पनि मन्त्री भएको करिब दुई महिना पुग्न लाग्दा पनि यस्तो कामदार ठगी रोक्ने कदम चाल्न सकेका छैनन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply