बाहिरिने बेला बल्ल ब्रिफिङ
काठमाडौं । कुनै पनि मन्त्री वा राज्यमन्त्रीले आफ्नो मन्त्रालय मातहतका निकायहरूबारे पदमा बहाल भएपछि ‘ब्रिफिङ’ लिने गर्दछन् । यो पुरानै चलन हो । नयाँ मन्त्रीलाई आफूमातहत कुनकुन विभाग पर्दछन् र त्यसले केकस्ता कामहरू गर्दछन् भनेर जानकारी लिनु सामान्य पक्ष हो ।
तर, एक राज्यमन्त्रीले भने पदबाट बहिर्गमन हुनै लागेका बेला आफूमातहतका विभाग र आयोजनाहरूबारे बल्ल ‘ब्रिफिङ’ लिन थालेका छन् । उनी हुन्, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी । चौधरी ६ महिनाअघि नै राज्यमन्त्रीमा नियुक्त भएका हुन् । केही दिनअघि राज्यमन्त्री चौधरी सो मन्त्रालयको सबभन्दा ठूलो र धेरै आयोजना सञ्चालन हुँदै आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) का ब्रिफिङ लिन पुगेका थिए ।
राज्यमन्त्रीबाट हट्ने समय नजिकिँदै गर्दा डोलिडारको ब्रिफिङ लिन पुगेका राज्यमन्त्री चौधरीले डोलिडारले केके काम गर्छ, अहिलेसम्म कति सडक र भवनहरू बने भनेर चासो राखेका थिए । उनलाई डोलिडारका सीडीई जीवन गुरागाईंले ब्रिफिङ गरेका थिए । डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठलगायत उपनिर्देशकहरूले पनि डोलिडारले गर्ने कामबारे बताएका थिए ।
यसैगरी, डोलिडारलाई खारेज गर्न नहुने पक्षमा रहेका डोलिडारका कर्मचारीहरूले राज्यमन्त्री चौधरीसामु त्यस विषयमा लबिइङसमेत गर्न भ्याएका थिए । कर्मचारीहरूले राज्यमन्त्री चौधरीलाई ‘डोलिडारले स्थानीय तहमा संयोजनकारी भूमिका निर्वाह गरिरहेको हुँदा खारेज गर्नु उचित हुँदैन’ भनेर लबिइङ गरेका थिए । कर्मचारीहरूले डोलिडारलाई संघीय संरचनामा लैजान नहुने पनि बताएका थिए । कर्मचारीहरूले स्थानीय तहमा दुईवटा नगरपालिकामा विकास, निर्माणका कामहरू हुँदा संयोजन गर्ने काममा डोलिडारले भूमिका निभाएको र झोलुंगे पुलको लट्ठा नेपालमा नबन्ने भएकाले त्यसको टेन्डर हाल्न नगरपालिकाले नसक्ने भएको हुँदा डोलिडार नै आवश्यक पर्ने विषयमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply