बुद्धको सम्झनामा शान्ति कविता
काठमाडौं । २०७५ जेठ २५ गते भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान् गौतम बुद्धको २५६२औं बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरियो ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ कविले शान्ति कविता सुनाए । कविहरूले कवितामार्फत शान्ति स्थापना र सामाजिक समानताको पक्षमा कविता सुनाएका थिए ।
कविहरू अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देवकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल र कविता राई गाउँले आ–आफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताए । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले समाजमा आपसी सद्भाव र प्रेमको अभाव खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि आफ्नो संस्थाले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको बताइन् ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं कवि राजेश्वर कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका संरक्षक विमल कोइराला, प्रथम मानार्थ सदस्य एसपी कोइराला र एनएलजीका मानव संशाधन प्रमुख नौमिनाथ अधिकारीले ‘शान्ति कविता गोष्ठी’को महŒवबारे बोलेका थिए ।
कार्यक्रममा ‘कलाश्री’ साहित्य वार्षिक पत्रिकाको मञ्चमा आसिन र दर्शकदीर्घामा रहेका उपस्थित सबैले खामबाट पत्रिका निकालेर विमोचन गरेका थिए भने ई–पत्रिकाको नयाँ अंकको पनि लोकार्पण गरिएको थियो । विमोचित पत्रिका ‘कलाश्री’ साहित्य वार्षिकमा प्रकाशित रचनामध्ये उत्कृष्ट ठहरिएको बलराम अधिकारीको निबन्ध ‘सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट’का लागि ११ हजार रुपैयाँ राशिको ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी मणि लोहनीले गरेका थिए ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply