बैंकहरूलाई मौका छोप्ने अवसर
काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा लगाएको ब्याजदरको सीमा हटाएपछि निक्षेप बढाउन बैंकहरूबीच तीव्र प्रतिस्पर्धा चल्ने देखिएको छ । बैंकहरूबीच मुद्दती निक्षेप बढाउन प्रतिस्पर्धा चल्ने देखिएपछि बैंकिङ क्षेत्रमा अराजकता बढ्ने आशंका बढेको छ ।
करिब ६ महिनाअघि बैंकर्स एसोसियनले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज बढाउन नपाइने निर्णय गरेको थियो । तर, अहिले भने एसोसिएसन सो निर्णयबाट पछि हट्न पुगेको छ । एसोसियसनले ब्याजदरमा लगाएको सीमा हटाएपछि बैंकहरूबीच निक्षेप तान्न आकर्षक ब्याजदर दिने प्रतिस्पर्धा चल्न थालेको छ । यस्तो प्रतिस्पर्धामा एनआईसी एसिया बैंक अग्रपंक्तिमा देखिन पुगेको छ ।
यसअघि पनि सो बैंकले बैंकर्स एसोसियसनको निर्णयलाई लत्याएर मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो । १२ प्रतिशत ब्याज दिने निर्णय गरेसँगै उक्त बैंक तत्कालीन समयमा करिब ६–७ अर्ब निक्षेप संकलन गर्न सफल भएको थियो । एनआईसी एसियाले सो समयमा हप्तादस दिनको अवधिमा नै त्यति ठूलो निक्षेप संकलन गरेको थियो । सो बैंकले आकर्षक ब्याजको लोभ देखाएर निक्षेप संकलन अभियानलाई तीव्रता दिएपछि अरू बैंकहरूलाई असर पुगेको थियो र सोही कारण सो बैंकले बढी ब्याज दिने निर्णयको खुलेरै विरोध गरेका थिए । बैंकर्स एसोसियसन सो बैंकको विरोधमा उत्रिएपछि निक्षेपमा ११ प्रतिशत ब्याजदर कायम गर्न बाध्य भएको थियो । सो बैंकले अरू बैंकहरूबाट निक्षेप तानेपछि स्ट्यान्डर्ड चार्टर्डलगायत तीनचारवटा बैंकको निक्षेप स्वात्तै घट्न पुगेको थियो ।
यसैबीच, अहिले केही बैंकले वैदेशिक लगानी भिœयाउन पहल सुरु गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पनि वाणिज्य बैंकहरूले वैदेशिक लगानी भिœयाउन पाइने बाटो खुला गरिएपछि केही बैंकहरूले लगानी भिœयाउन पहल थालेका हुन् । त्यस्ता बैंकहरूमा एनएमबी, नबिल, सिटिजन्स, बंगलादेश बैंक रहेका छन् । तर, बैंकहरूले वैदेशिक लगानी भिœयाउँदा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताइन्छ । बैंकहरूले वैदेशिक लगानी भिœयाउन तीनचार महिना नै लाग्ने राष्ट्र बैंक सूत्रले बतायो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply