ब्ल्याकलिस्टेड कम्पनीलाई एपीसी किनाउने तयारी
काठमाडौं । सशस्त्र प्रहरीले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) किन्न विवादित ठेकदार कम्पनी जय हनुमान ट्रेडर्सलाई दिने तयारी गरेको छ । राजुमान मिश्रले चलाएको सो कम्पनीमार्फत ठेक्का दिन एआईजी पुष्पराम केसी र डीआईजी राजु अर्याल लागिपरेको सशस्त्र स्रोतले जनाएको छ । सो कम्पनीले यसअघि समयमै सामान उपलब्ध गराउन नसक्दा सशस्त्रले टेक्का रद्द गर्नुपरेको थियो । अहिले सोही कम्पनीलाई ठेक्का दिने एआईजी केसीको समूह लागेको हो ।
समयमै एपीसी पठाउन नसक्दा ९ करोड गुमाएको सशस्त्रले नेपाली सेनासँग किन्ने भनेको एपीसी खरिद रद्द गर्दै सो कम्पनीमार्फत किन्ने तयारी गरेको हो ।. तीन वर्षअघि नै संयुक्त राष्ट्रसंघको मापदण्डअनुरूप पठाउनुपर्ने १२ मध्ये ७ मात्रै एपीसी पठाएपछि बाँकी पाँचवटा अझै पठाउन नसक्दा सो रकम गुमेको हो । सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसी र डीआईजी राजु अर्यालको योजनामा ठेकेदार कम्पनीमार्फत एपीसी खरिद योजना बनाइएको छ ।
समयमै एपीसीसहित बन्दोबस्तीका सामानहरू पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्नाबापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोषमार्फत खर्च गर्दै आएको छ । सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द भएपछि त्यहाँ प्रयोग भएको सातवटा एपीसी साउथ सुडान लगिएको थियो । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन लाइबेरिया’ (अनामिल) मा खटिएको ‘फम्र्ड पुलिस युनिट’ (एफपीयू) टोली २०७२ को अन्तिममा नेपाल फर्किएसँगै लाइबेरिया मिसन बन्द भएको थियो ।
सशस्त्र प्रहरीले साउथ सुडानमा त्यही प्रयोग भएको सातएपीसी पठाएको थियो । सशस्त्रले मिसनमा पठाउनुपर्ने पाँचमध्ये दुई थान एपीसी नेपाली सेनासँग किनेर पठाउने निर्णय गरेको थियोे भने बाँकीचाहिँ जय हनुमान ट्रेडर्समार्फत पठाउने ठेक्का गरेको थियो । तर, २ फागुनका बसेको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकले नेपाली सेनासँग खरिद गर्ने भनिएको एपीसी नकिन्ने निर्णय गरेको छ ।
दक्षिण सुडानका लागि सशस्त्र प्रहरी बलले तीन वर्षअघि नौवटा एपीसी खरिद प्रक्रिया अघि बढाएको थियो । सशस्त्र प्रहरीले संयुक्त अरब इमिरेट्सको इन्टरनेसनल आर्मदरद ग्रुपसँग २६ लाख ८२ हजार अमेरिकी डलरमा नौवटा एपीसी खरिदका लागि ०७१ साल पुस ११ गते सम्झौता गरेको थियो । सो कम्पनीको नेपाली एजेन्ट जय हनुमान टेडर्ससँग चार महिनाभित्र एपीसी उपलब्ध गराउन सम्झौता गरिएको थियो । सो कम्पनीले समयमै सामान नदिएपछि त्यससँगको सम्झौता रद्द भए पनि थप तीनवटा पनि सोही कम्पनीलाई किन्न दिने निर्णय भएको थियो । तर, सो कम्पनीले अघिल्लो नौसहित थप ३ वटा पनि दिन नसकेपछि नेपाली सेनासँग भएको दुईवटाचाहिँ तत्काल पठाउने निर्णय सशस्त्र गरेको थियो । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सेनासँग भएको सो एपीसी निरीक्षणका क्रममा उपयुक्त ठहर गरी तत्काल पठाउन भनेको पनि सात महिना बितिसकेपछि सशस्त्रले सो एपीसी नकिन्ने निर्णय गरेको हो ।
दक्षिण सुडानमा सशस्त्र प्रहरीका दुईवटा एफपीयू मिसन छन् । एपीसीलगायत सामान राष्ट्रसंघले तोकेअनुसार नहुँदा सशस्त्र प्रहरीले राम्रोसँग ड्युटी गर्न सकेको छैन । दक्षिण सुडानको द्वन्द्वग्रस्त बोर भन्ने ठाउँमा सशस्त्र प्रहरीलाई खटाइएको छ । लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपीयू मिसन बन्द भएको थियो । त्यहाँको शान्ति सुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको हो । लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपीयू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गरेको थियो । सशस्त्रको तीनवटा एफपीयू मिसन रहेकोमा अहिले दुईवटा मात्र रहेका छन् । हाल सशस्त्रका दक्षिण सुडानमा दुुईवटा एफपीयू मिसन छन् । एउटा मिसन चार वर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने दुई वर्षअघि राष्ट्रसंघले अर्काे मिसन सशस्त्र प्रहरीलाई थपेको थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक हाइटी र सुडानमा शान्ति स्थापनार्थ नेपाल प्रहरीको एफपीयू मिसन क्रियाशील छ । एसपीको कमान्डमा १४० जनाको समूह एक ठाउँमा कार्यरत छ । विगतमा ६ महिने एफपीयू मिसन भए दुई वर्षदेखि यो मिसन एक वर्षे बनाइएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply