भावी वकिललाई पेलान
काठमाडौं । भविष्यमा कानुन क्षेत्रमा लागेर कानुनविद् बन्ने सपना साँचेर एलएलबी अध्ययन गर्न विश्वविद्यालय आएका युवाहरू पेलानमा परेका छन् । उनीहरू कानुन संकाय अध्ययन गर्ने नेपाल ल क्याम्पस तथा केन्द्रीय कानुन विभागका कारण होइन, परीक्षा नियन्त्रण कार्यालयको लापरवाही कारण पेलानमा परेका हुन् ।
एलएलबी प्रथम वर्षको परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूको कार्यालयको कारण अहिले आजित बन्न पुगेका छन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा सहभागी विद्यार्थीहरूलाई गयल गरेको छ भने गयल भएकालाई भने उत्तीर्ण गराइएको छ । यो वर्ष नतिजा सार्वजनिक गरिएका २१ सय विद्यार्थीमध्ये त्रि–चन्द्र क्याम्पसमा परीक्षा केन्द्रमा परेका विद्यार्थीहरूमाथि भने त्यस्तो लापरवाही भएको बताइन्छ ।
परीक्षाको नतिजा आएको दुई दिन नपुग्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा दुई सयभन्दा बढी विद्यार्थी नतिजामा गलत भएको भन्दै क्याम्पस पुग्ने गरेको क्याम्पस प्रशासनले जनाएको छ । प्रशासनले भने आफूहरूले परीक्षा नियन्त्रण कार्यालयलाई सोबारेमा जानकारी दिइसकेको र बाँकी निर्णय उसैले गर्ने बताएको छ ।
त्यसो त पनिकाले लामो समय नतिजा सार्वजनिक नगर्ने र गरे पनि गलत ढंगले गर्ने गर्दा आफूहरूको भविष्य अन्योलमा परेकाले लेजर विवरण आइसकेपछि पनि गल्ती नसच्चिए आफूहरूको न्यायका लागि अदालत जाने तयारी गरिरहेको विद्यार्थी प्रदीप अधिकारीले बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply