मुनिन्द्रलाई नत्थी लगाउने तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर गरेका अनियमिततामाथि छानबिन हुने सम्भावना बढेको छ । वीरगन्ज केन्द्रको प्रमुख भएर गएपछि ठाकुरले वीरगन्ज–पथलैया करिडोरका उद्योगहरूसँग आर्थिक लाभ लिई बढी क्षमताका विद्युत ट्रान्समिसन जडान गरिदिएको पाइएपछि त्यसको छानबिन हुने देखिएको छ ।
प्रमुख ठाकुरले आर्थिक लाभका निम्ति अनियमित कार्य गर्न थालेपछि प्राधिकरणकै कर्मचारीहरूले उनको कार्यको छानबिन गर्नुपर्ने आवाज उठाएका थिए । कर्मचारीहरूले तीव्र विरोध जनाएपछि प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै छानबिन समिति गठन गर्ने आश्वासन दिएका छन् । तर, प्रमुख ठाकुरको अनियमित कार्यमाथि छानबिन गर्नका लागि समिति गठन गरिँदा भने उनलाई केन्द्रीय कार्यालयमा हाजिर गराउनुपर्ने माग पनि कर्मचारीहरूले राखेका छन् । ठाकुरलाई वीरगन्ज केन्द्रको प्रमुखमा कायम राखेर छानबिन गर्दा प्रमाणहरू नष्ट हुन सक्ने र छानबिन नै प्रभावित बन्न सक्ने देखिएकाले उनलाई केन्द्रमा हाजिर गराएर छानबिन गर्नुपर्ने कुरा उठेको बताइन्छ ।
वीरगन्ज केन्द्रको प्रमुख भएर गएपछि ठाकुरले बाराको छातापिपरामा रहेको त्रिवेणी सिम्पेक्समा ट्रान्सफर्मर जडान गर्दा मोटो आर्थिक लाभ लिएको अनुमान गरिएको छ । उक्त उद्योगमा कुनै प्रक्रिया नै पूरा नगरी १ हजार ६ सय ५० केभीएको ट्रान्सफर्मर जडान गरिएको थियो । यसअघि सो उद्योगमा १ हजार केभीएको ट्रान्सफर्मर जडान गरिएको थियो । तर, ठाकुर प्रमुख भएर गएपछि भने उक्त ट्रान्सफर्मर बदलेर १,६५० केभीए ट्रान्सफर्मर अपग्रेड गरिएको थियो ।
कुनै पनि उद्योग–कलकारखानाले ट्रान्सफर्मर अपग्रेड गर्दा प्राधिकरणद्वारा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भए पनि त्रिवेणी सिम्पेक्समा भने प्राधिकरणको मापदण्ड नै पूरा नभई ट्रान्सफर्मर अपग्रेड गरिएको थियो । नयाँ अपग्रेड गर्दा ट्रान्सफर्मरको अवस्था कस्तो छ, कतिसम्म लस भएको छ भन्नेबारे प्राधिकरणको प्रयोगशालामा लगेर परीक्षण गर्नुपर्ने भए पनि ती कुनै कार्य नगरी अपग्रेड गरिएको थियो ।
ठाकुर तीन महिनाअघि मात्र भैरहवाबाट सरुवा भई वीरगन्ज केन्द्रमा आएका हुन् । वीरगन्जमा सरुवा भएर आएपछि उनले उद्योगी र व्यापारीसँग मिलेर अनियमित कार्य गर्न थालेको बताइन्छ । यसअघि भैरहवास्थित प्राधिकरणको प्रमुख हुँदा उल्लेख्य काम गर्न नसकेपछि ठाकुर विवादमा परेका थिए । भैरहवा–बुटवल क्षेत्रको उद्योगहरूमा लोडसेडिङ हटाउन केन्द्रीय कार्यालय निर्देशन दिए पनि ठाकुरले भने त्यतातिर चासो नदिएपछि सो क्षेत्रका उद्योगी–व्यापारीहरू उनीसँग आक्रोशित बनेका थिए । तर, उनीलगत्तै प्राधिकरणको प्रमुख बनेर पुगेका कर्मचारीले भने लोडसेडिङको अन्त्य गर्न पहल गरेका थिए ।
यसैगरी, पर्साको छातापिपरामै रहेको शुभश्री जगदम्बा सिमेन्ट र नारायणी स्ट्रिप्समा प्राधिकरणको खर्चमा सिंगल फिडर जडान गरिएको छ । ती उद्योगहरूमा फिडर जडान गर्दा उद्योगले नै लगानी गर्नुपर्नेमा नियमविपरीत प्राधिकरणको खर्चमा जडान गरिएको थियो । सो विषयमा पनि छानबिन हुने भएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply