मुलुकलाई गरिबमै राख्ने नियत
कांग्रेस मुलुक र जनताप्रति कति गैरजिम्मेवार छ भन्ने कुरा त्यो पार्टीको नेताहरूको अभिव्यक्तिबाट प्रस्ट हुन्छ, जाँदै गरेको कांग्रेसी सरकारले देशलाई ठूलो आर्थिक भार पर्ने गरी बजेटको कुनै शीर्षकमा नभएको विषय ६५ बर्ष पुगेकालाई वृद्व भत्ता दिने, भूकम्पलाई प्रतिघर १ लाख थप्नेजस्ता निर्णयहरू एकपछि अर्को गर्दै गएर मन नपरे आउने सरकारले खारेज गरे भैगो नि भन्दै हिँड्नुले त्यो निर्णय आवश्यताभन्दा पनि जनताबाट अनुमोदित आउने सरकारलाई अप्ठ्यारो पार्ने, आर्थिक रूपमा सम्हालिन नदिने, विदेशीको इसारामा मुलुकलाई कंगाल मात्र होइन, अस्थिर र गरिबीमै राख्ने आफ्नो पूर्वनियतबमोजिम नै निर्णय गरेको प्रस्ट देखिन्छ ।
यी निर्णयमा कांग्रेसको पीडा पनि अभिव्यक्त भएको छ । साँच्चै कांग्रेस जनताप्रति उत्तरदायी भएको भए बहुदलपछिको २८ बर्षमा २० वर्ष आफूले सत्ता चलाएको बेलामा जनतालाई राहत हुने यस्ता निर्णय गर्न सक्थ्यो । आफू सत्तारोहण भएको समयमा आफैंले कार्यान्वयन गर्न पाउने अवस्थामा त्यस्ता साँच्चै जनतालाई राहत हुने एउटा पनि निर्णय गरेन कांग्रेसले, किनकि कांग्रेस जनताका लागि भन्दा पनि विदेशीका लागि देशको सत्तामा बस्यो । आज कम्तीमा पाँच वर्ष प्रतिपक्षबाहेक जनताप्रति कुनै भूमिकामा नरही सत्ताबाट बाहिर बस्दै गर्दा आगामी पाँचवर्षे सरकारले देशको बृहत्तर हितलाई ध्यानमा राखेर काम गर्न नदिने, जनताको परिवर्तनको चाहनामा अवरोध ल्याउने गरि दैनिक प्रशासनबाहेक कुनै काम गर्न नपाउने कामचलाउ सरकारले भए÷नभएका मुलुक र जनतालाई धोका दिने जुन निर्णय गरेको छ, त्यो निर्णयले प्रकारान्तरले देश र जनतालाई यथास्थितिमा राख्ने र विदेशी प्रभुलाई रिझाउने कामबाहेक केही गरेको छैन ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply