मैले कसैलाई मुक्का हानेको छैन
० राष्ट्रिय अधिवेशन र प्रथम केन्द्रीय समितिको बैठकबाट निर्णय लिएका विषयहरू के–के हुन् ?
– कर्मचारी सहिदहरू मनोज, झपेन्द्रलाई सहिद घोषणा तत्काल गर्न, संघीयतामा कर्मचारी व्यवस्थापन÷समायोजन गर्दा एक तह बढुवा गर्न, आधिकारिक टे«ड युनियनलाई प्रभावकारी र सशक्त बनाउन, राष्ट्रसेवक हाइड्रो कार्यान्वयनमा ल्याउन, निजामती सेवा ऐनको पाँचौं संशोधन कर्मचारीको हितअनुकूल ल्याउन, सेवा अवधि टुटेकाहरूलाई जोड्ने अवसर दिन, जनताका लागि एकीकृत सेवा प्रणाली लागू गर्न सरकारसमक्ष माग गर्ने निर्णयहरू भएका छन् ।
करार, ज्यालादारी अस्थायी कर्मचारीहरूलाई निश्चित मापदण्डका आधारमा स्थायी गर्ने प्रक्रिया प्रारम्भ गर्न, सञ्चित घर बिदा १ सय ८० दिनभन्दा बढी सञ्चित गर्न वा सोभन्दा बढीको रकम भुक्तानी गर्न, सरुवालाई पारदर्शी एवम् पूर्वअनुमान योग्य बनाउन तत्काल काम प्रारम्भ गर्नसमेत माग गरिएको छ । अरू पनि धेरै विषय निर्णय भएका छन् ।
० केन्द्रीय समितिको प्रथम बैठकमा समेत असहज स्थिति रह्यो भन्ने पनि सुनियो, के भएको थियो बैठकमा ?
– हाम्रो केन्द्रीय समितिको पहिलो बैठक माघ १४, १५ र १६ गते सौहार्दताका साथ आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो । १ सय १७ सदस्यीय केन्द्रीय कमिटी अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग संयोजक÷सदस्यसहित १ सय २६ जनाको उपस्थिति रहेको बैठकमा एजेन्डाबमोजिम छलफल र निर्णयहरू गरिएका छन् । निर्णयहरू सर्वसम्मत भएका छन् । हामी बैठकभित्र रहनेलाई कसरी पहिलो बैठकमा सबैको भावना समेटेर निर्णयमा पु¥याउने भन्नेमा केन्द्रित रह्यौं र सही प्रकारले निष्कर्षमा पनि पु¥यायौं, तर कसैलाई बैठक अनिर्णयको बन्दी बनोस्, असहज रहोस्, केन्द्रीय समितिमा एकताको सट्टा अनेकता देखियोस्, मेरो अनुपस्थितिमा संगठन भाँडमा गए पनि जावस् भनेर कसैले सोचेको, कल्पना गरेको र गलत प्रचार गरेको हो भने मेरो भन्नु यत्ति मात्र छ– तित्राको मुखै बैरी ।
० तपार्इंलाई त मुक्कै हानेको रे तपाईंकै सहकर्मीले भन्ने पो छ त, यो पनि झूटो हो त ?
– झूटो मात्र होइन, शतप्रतिशत गलत हो । मलाई कसैले मुक्का हान्ने त के अशिष्ट शब्दसमेत प्रयोग गरेको थाहा छैन । तपार्इंले सोध्न सक्नुहुन्छ नि कसैले त्यस्तो व्यवहार गरेको थियो भने उसले त भन्ला नि ! यस्तो प्रचारबाट कसलाई के फाइदा भएको छ, म जान्दिनँ, संगठनलाई भने नोक्सान भएको छ । म त संगठनको यस्तो सिपाही हुँ, भौतिक रूपले मुक्का हान्ने मलाई कहिल्यै रहर जागेन, बरु काममा प्रतिस्पर्धा, तर्क र तथ्यमा प्रतिस्पर्धा, राजनीतिमा स्वस्थ प्रतिपर्धा मेरो अभीष्ट हो । झूटको खेती गर्नेहरू हेर्दै जानुहोला, एक दिन उदांगो हुनेछन् र उनीहरूको लाज बचाउने ठाउँ रहनेछैन ।
० आधिकारिक टे«ेड युनियन र संगठनबीचको समन्वय कस्तो रहेको छ अहिले ? सहकार्य कत्तिको छ ?
– हाम्रो संगठनको पनि अभिभावक आधिकारिक ट्रेड युनियन हो । हाम्रो संगठनले मलगायत ११ जनालाई सीबीएमा पठाएको छ, संगठनकै एजेन्डा कार्यान्वयन गर्नका लागि । तर पनि त्यहाँ त युनियन (संघ) को पनि उपस्थिति छ, नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रतिनिधित्व गर्न बाँकी नै छ । अब यो संस्थालाई निजामती क्षेत्रको सबैले विश्वास गर्ने संस्थाका रूपमा स्थापित गर्नुपर्दछ । सरकारसँग गरिने सबै प्रकारका वार्ता, सौदाबाजी र छलफल यसैको अगुवाइमा हुनुपर्दछ । हाम्रो संगठन सबैभन्दा ठूलो र शक्तिशालीसमेत भएको नाताले अरूलाई पनि डो¥याएर टे«ड युनियनको संस्कृति र संस्कारबमोजिम सञ्चालन गर्नु–गराउनु हाम्रै दायित्व हो । उच्च प्रशासक, नेता, जनता, मिडियाहरूले टे«ड युनियनहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन, हाम्रा तर्फबाट यो विषयलाई गम्भीर रूपले हेर्नु, विश्लेषण गर्नु र सुधार गर्नु अपरिहार्य छ ।
० सरकाले ल्याएको समायोजनसम्बन्धी विधेयकमा संगठन र सीबीएको धारण कस्तो छ ?
– यी विषयमा दुवै संस्थाको धारणा प्रायः समान छन् । निजामती सेवा ऐन पाँचौं संशोधनको सवालमा अहिले उपयुक्त समय थिएन भन्ने नै दृष्टिकोण बन्दै गरेको छ । तर, समायोजनको सम्बन्धमा भने हामीले सिद्धान्तः चार÷पाँचवटा प्रमुख विषयहरू उठाएका छौं र सुझाव पनि पठाएका छौं । मुलुकको स्थायी सरकारको रूपमा रहेका कर्मचारीहरूले नै संघीयतामा प्रवेश गरेको देशलाई सफल कार्यान्वयन गर्दै स्थायित्व दिनुपर्ने गहन दायित्व छ । यतिखेर निजामती कर्मचारीहरूको जिम्मेवारीमा बढोत्तरी भएको छ । केन्द्रमा रहेका कर्मचारीहरू स्थानीय तह, प्रदेशमा समायोजन हनुपर्ने बाध्यकारी अवस्था छ । नयाँ परिवेशमा हामी प्रवेश गर्दै गरेको सुखद अवसरमा एउटा निश्चित विधि र मापदण्डका आधारमा कर्मचारीलाई एक तह बढुवा गरी प्रोत्साहन गर्दछ भन्ने हाम्रो न्यूनतम माग रहेको छ । यसैगरी, समायोजनपश्चात् कम्तीमा एक वर्ष स्थानीय तह, प्रदेश र संघ परिवर्तन गर्ने अवसर पनि दिनुपर्दछ, मुख्य सचिवको संयोजकत्वमा गठित समायोजन समितिमा सीबीएको प्रतिनिधित्व रहनुपर्दछ । समायोजन गरिएको मितिले ३५ दिनभित्र हाजिर नभए अवकाश भन्ने विषय निरंकुशताको पराकाष्ठा हो, हटाउनुपर्छ । वृत्ति विकासमा कुनै रोकावट नआउने गरी व्यवस्थापन गरिनुपर्दछ,। केन्द्रको मुख्य सचिवसम्म हुने वातावरण तल्लो निकायमा समायोजन हुनेले पाउनुपर्दछ । बढुवा र खुला विज्ञापन रोक्ने विषय उपयुक्त हुन्न, यसलाई नियमितता दिनुपर्दछ । मुख्यतः यिनै निर्णयहरू गरिएका छन् र सरकारलाई सुझाव पठाइएको छ ।
० तर, निजामती क्षेत्रलाई कहिल्यै शुद्ध हुन नसकेको क्षेत्र भनिन्छ, यसको कारणचाहिँ के होला ?
– नेपालको निजामती सेवा आकर्षक हुँदाहुँदै पनि जनताको आँखामा प्रिय हुन सकेको छैन । देश सञ्चालनको प्रमुख वाहक र हस्ती निजामती क्षेत्र नै हो । हामी यसैमा समाहित भएको नाताले यो क्षेत्रलाई विश्वास र भरोसाको केन्द्र बनाउनु हाम्रो धर्म हो । यसमा नीति निर्माण तहमा रहने प्रशासकहरू, टे«ड युनियनहरू र सरोकारित अन्य पक्षहरूका बीचमा सहकार्य र समन्वयको कमी छ, यसलाई हामीले हटाएर अगाडि बढ्नुपर्छ । सबैको सहयोगबाट मात्र टे«ड युनियन साँचो अर्थमा स्थापित हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएका कामहरू सम्पादन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । क्षतिपूर्तिसहितको नागरिक सेवालाई व्यावहारिक बनाई लागू गर्नुपर्छ । एउटै टे«ड यूनियनभित्र र अन्तरटे«ड युनियन बीच पनि हिलो छ्याप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । हामीले गरेको निर्णयहरू र सफल कार्यान्वयनले पछिका पिँढीहरूले हामीलाई सम्झिदिऊन् भन्ने मेरा कामना छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply