राति हिँड्ने गृहमन्त्री हुन् कि माओवादी लडाकु ?
काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने उखानलाई गृहमन्त्री जनार्दन शर्माले चरितार्थ गराएका छन् । नियमकानुनको पालना गराउने ठाउँमा बसेका गृहमन्त्री शर्मा आफैं यतिबेला नियम कानुनको धज्जी उडाउँदै हिँडेका छन् । सशस्त्र युद्धकालको झल्को दिने गरी आधा रातमा निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै पश्चिम नेपालका चुनावी अभियानमा सक्रिय छन् उनी ।
गत सोमबार सुरक्षा निकायको क्षेत्रीय भेलाका लागि भन्दै उनी नेपालगन्ज पुगेका थिए । तर उनको भित्री उद्देश्य भने सुरक्षा भेलाभन्दा पनि चुनावी प्रचारमा जाने थियो । सिधै जाँदा धेरै आलोचना हुने भएकाले उनले देखाउनकै लागि सुरक्षा भेलाको आयोजना गर्न लगाएका थिए । तर त्यो कार्यक्रममा उनी चार घण्टा बसेर बाँकी समय माओवादी केन्द्रका उम्मेदवारलाई भोट माग्दै घरदैलोमा बिताए । निर्वाचन आचारसंहिताले मन्त्रीहरूलाई चुनावी अभियानमा जान, सरकारी गाडी लैजान रोक लगाएको छ । तर गृहमन्त्री शर्मा सरकारी गाडीमा अगाडि पछाडि प्रहरीको सुरक्षा दस्ता लिएर भोट माग्दै घरदैलोमा पुगेका हुन् । उनी सुरक्षा निकायको भेलाबाट सोमबार राति नै बजे खजुरा–८ को रनियापुर भन्ने ठाउँमा पुगेका थिए । मधेसी समुदायको बाक्लो बस्ती रहेको उक्त ठाउँमा उनले करिब एक घण्टा भाषण गरे । भाषणका क्रममा उनले माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्दै आफूले जे माग्यो त्यही पूरा गरिदिने आश्वासन दिएका थिए । ‘यो सरकार लामो समयसम्म चल्छ । विकासनिर्माणका केके काम गर्नुपर्छ, त्यो मेरो जिम्मा भयो । म गृहमन्त्री स्वयं तपाईंहरूको घरमा आएको छु । माओवादी केन्द्रको साथीलाई भोट दिनु भनेको मलाई दिनु नै हो । भोट दिनुस्, जे माग्नुहुन्छ, त्यो पूरा गरिदिन्छु,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । भोलिपल्ट अर्थात्, हिजो मंगलबार बिहान उनी बैजनाथ गाउँपालिकाको वडा ५ मा मत माग्दै पुगेका थिए । प्रहरीको लावालस्करका साथ पुगेका गृहमन्त्रीको यो रवैयाबारे सबै थाहा पाएर पनि निर्वाचन आयोग मौन बसेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटीले माओवादी केन्द्रका नेता तथा सरकारका गृहमन्त्री शर्माले गरेको आचारसंहिताको उल्लंघनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेको छ । चुनावी अभियानको गृहमन्त्री शर्माको फोटो, बोलेको अडियो भिडियोसहित आयोगमा उजुरीको तयारी भइरहेको एमाले बाँकेले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply