राप्रपामा कमल र दीपकको लडाइँ
काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावमा नराम्रो पराजय बेहोर्न पुगेको राप्रपाभित्र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयलाई लिएर तीब्र विवाद चर्किएको छ । मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा केही दिन उपप्रधान र संघीय मामिला तथा स्थानीय विकासमन्त्री खान गएका अध्यक्ष कमल थापाले देउवा नेतृत्वको सरकारमा जान खुट्टा उचालेपछि विवाद चुलिन पुगेको हो ।
अहिले राप्रपाभित्र सरकारमा जान अधिकांश सांसदहरूले खुट्टा उचालिरहेका छन् । पटकपटक मन्त्री भइसकेका दीपक बोहराले देउवा नेतृत्वको सरकारमा पार्टीबाट आफूले नेतृत्व गरेर जानुपर्ने कुरा उठाइरहेका छन् । थापाले पटकपटक नेतृत्व गरिसकेको हुँदा अब आफूले नेतृत्व गर्न पाउनुपर्नेमा बोहराको जोड रहँदै आएको बताइन्छ । सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयलाई लिएर थापा र बोहराबीच चर्किएको विवाद र मनमुटावले राप्रपालाई फेरि फुटको संघारमा पु¥याउने हो कि भन्ने चर्चा सुरु भएको छ । थापाले भने सरकारमा जान कांग्रेससित वार्ता गर्न आफ्ना पक्षीय तीन सांसदलाई वार्ताको जिम्मा दिएका छन् । सो वार्ता टोलीमा पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जयन्त चन्द र कुन्ती शाही छन् ।
व्यवस्थापिका–संसद्मा ३७ सांसद रहेको राप्रपाले देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । तर सरकारमा कसको नेतृत्वमा जाने भन्ने विवादमा थापा र बोहराले आ–आफ्नै दाबी राखेपछि अहिले सुनिल थापा र विक्रम पाण्डेले पनि आफ्नो नेतृत्वमा जानुपर्छ भनेर इच्छा जनाइरहेका बुझिएको छ । सुनिलले त त्यसकै निम्ति सांसदहरूसँग लबिङ गर्न थालेको बताइन्छ । तर बोहरालाई नेतृत्व दिएर पठाउने कुरामा भने अधिकांश सांसदहरू सहमत नभएको बताइन्छ ।
यसैबीच, उपचारका क्रममा सिंगापुर र भारतको बेंगलोरमा बस्दै आएका तत्कालीन राजा ज्ञानेन्द्र शाह मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उपाध्यक्ष रहेका डा. तुलसी गिरी नेपाल फर्किएका छन् । उनी जेठ १४ गते नेपाल फर्किएका हुन् । उपचारकै क्रममा एक वर्षदेखि उनी विदेशमै रहेका थिए । नेपाल फर्किएको भोलिपल्ट उनलाई भेट्न राप्रपा अध्यक्ष थापा र राजीव पराजुली बूढानीलकण्ठस्थित गिरी निवासमा पुगेका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply