लगानी कोषमा संघ विजयी
काठमाडौं । नागरिक लगानी कोषमा भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल वित्तीय संस्था कर्मचारी संघ विजयी भएको छ । शुुक्रबार भएको निर्वाचनमा संघ विजयी भएको हो । यसको कार्यकाल दुई वर्ष रहेको छ ।
कुल १ सय ६ मतदाता रहेको सो निर्वाचनमा १ सय ५ मत खसेको थियो । जसमा संघले ५५ मत प्राप्त गरी विजयी भएको हो । प्रतिपक्षी टे«ड युनियन नागरिक लगानी कोष कर्मचारी युनियनले ४४ प्राप्त गरेको थियो । ६ मत बदर भएको निर्वाचन अधिकृत पोषणराज लामिछानेले बताए ।
सो अवसरमा नवनियुक्त अध्यक्ष पर्शुराम गिरीले सबै कर्मचारीको जित भएको बताउँदै कोषमा रहेका विभिन्न समस्या समाधान गर्न पहल गर्ने बताए । उनले प्रतिबद्वतापत्रमा उल्लेख गरेका सबै विषयहरूलाई तत्काल कार्यान्वयनतर्फ लैजाने धारणा व्यक्त गरे । गिरीकोे अध्यक्षतामा गठित प्रस्तावित कार्य समितिको उपाध्यक्षमा प्रदीप अधिकारी, महासचिवमा देव गुरागाई र कोषाध्यक्षमा धनुप्रसाद कुइँकेल रहेका छन् । त्यस्तै, सदस्यहरूमा राजु भुर्तेल, श्यामलाल श्रेष्ठ, रामेश्वर मिश्र, हरिहर गुरागार्इं, अनिल बस्नेत, दुर्गाबहादुर मगर र निशा लामिछाने रहेका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply