विद्युत्का १५ सय कर्मचारी हिस्स
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा सरुवा प्रकरण चर्किन पुगेको छ । प्राधिकरणका करिब १ हजार ५ सय कर्मचारीले सरुवाका लागि निवेदन दिए पनि व्यवस्थापन पक्षले त्यसलाई लत्याएका कारण सो प्रकरण सतहमा आएको हो ।
प्राधिकरणको विनियममा हरेक ६÷६ महिनामा कर्मचारीहरूको सरुवा गर्नुपर्ने प्रावधान उल्लेख छ । त्यसका निम्ति हरेक वर्षको असोज र चैत महिना छुट्ट्याइएको छ । प्राधिकरणको व्यवस्थापनले पनि लामो समयदेखि एउटै कार्यालयमा थन्किएर बसेका कर्मचारीहरूलाई मर्का नपरोस् भनेर न्यायोचित रूपले सरुवा गर्दै आएको थियो । तर, यसपटक भने चैत महिनामा कर्मचारीहरूको सरुवा हुनुपर्ने भए पनि प्राधिकरणको व्यवस्थापन पक्षले सरुवा नगर्दा सयौं कर्मचारी मर्कामा परेका छन् ।
अहिले प्राधिकरणका कतिपय कार्यालयमा १० वर्षसम्म सरुवा नभई बसेका कर्मचारीहरू छन् । लामो समयदेखि सरुवा नभई बसेका करिब १ हजार ५ सय कर्मचारीले सरुवा हुने आस गरी प्राधिकरणको व्यवस्थापन पक्षसमक्ष निवेदन दिएका थिए । तर, प्राधिरणका कार्यकारी–निर्देशक कुलमान घिसिङले कर्मचारी सरुवामा चासो नदिएपछि सरुवाका लागि अपेक्षा राखेका कर्मचारीहरू रुष्ट बन्न पुगेका छन् ।
अप्ठेरामा परेका कर्मचारीहरूको समेत चैत महिनाभित्र सरुवा नभएपछि कर्मचारीहरूले केही दिनअघि कार्यकारी निर्देशक घिसिङलाई भेटेर आफ्ना गुनासो राखेका थिए । कर्मचारीहरूले कार्यकारी निर्देशक घिसिङलाई विनियमअनुसार कर्मचारीहरूको सरुवा किन नगरिएको भनी प्रश्न गरेका थिए । जवाफमा घिसिङले ‘मलाई धेरै नै प्रेसर भयो, राम्रोसँगले हेर्दै नहेरी सरुवा गर्ने कुरा पनि भएन, अब उपयुक्त समयमा सरुवा गर्छु’ भनी बताएका थिए ।
यसपटकको चैतमा कर्मचारीहरूको सरुवा गर्न कार्यकारी निर्देशक घिसिङले खासै चासो नदेखाए पनि गएको वर्ष भने एकै दिन २ हजार ५ सय कर्मचारीको सरुवा गरेर कर्मचारीबीच उनले आतंक नै सिर्जना गरेका थिए । ट्रेड युनियनको चुनावको पूर्वसन्ध्यामा कार्यकारी निर्देशक घिसिङले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा एकै दिन ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेका थिए । उक्त सरुवा टे«ड युनियनको चुनावलाई प्रभावित पार्ने हिसाबले गरिएको थियो । त्यही समय सरुवा भएका करिब ६० जना कर्मचारीलाई मर्का परेको र त्यसलाई सच्याउनुपर्ने कुरा उठे पनि अहिलेसम्म त्यो सच्याइएको छैन ।
गएको वर्ष एकै दिन ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गर्दा त्यसले संस्थालाई कुनै फाइदा नपुगेको निष्कर्ष निकालिएको थियो । उक्त सरुवाले कर्मचारीहरूबीच आतंक सिर्जना गर्ने काम मात्र भएको बताइन्छ । साथै, कर्मचारीहरूलाई पनि उक्त सरुवाले ठूलो मर्का परेको बताइँदै आएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply