विवादास्पद भट्टराई पुनः प्रधानमन्त्रीको विदेश सल्लाहकार
पदका लागि गुट नै परिवर्तन
२७ असार । सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेश सल्लाहकार रहेका दिनेश भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवाको विदेश मामिला सल्लाहकारमा नियुक्त भएका छन् । उनको नियुक्तिलाई कूटनीतिक क्षेत्रमा अस्वाभाविक र पदका लागि मानिस कतिसम्म गिर्न सक्दोरहेछ भन्ने रूपमा हेरिएको छ ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकारका रूपमा भट्टराई विवादित र आलोचित थिए । उनीमाथि सामान्य कूटनीतिक मर्यादा कायम गर्न नसेकको मात्र नभई परराष्ट्र मन्त्रालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्रीसमक्ष उजुरी परेको थियो ।
तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्रीका तर्फबाट भन्दै भट्टराईले अनधिकृत रूपमा आफ्नो मन्त्रालयमा हस्तक्षेप गरिरहेको भन्दै कडा आपत्ति जनाएपछि बल्ल उनी ठेगान लागेका थिए ।
त्यतिबेला राजदूत नियुक्ति प्रक्रियामा लम्ब्याउनमा पनि भट्टराईले विशेष भूमिका निर्वाह गरेका थिए । आफू राजदूत भएर जान मरिहत्ते गरेका उनको नाममा परराष्ट्रमन्त्री सहमत नभएपछि उनले प्रधानमन्त्री कोइरालालाई कुनै पनि हालतमा अहिले राजदूत नियुक्त गर्नु हुुन्न भन्दै उक्साएका थिए । त्यही भएर कोइरालाको कार्यकालभरि भारत र अमेरिकाबाहेक कतै राजदूत नियुक्त हुन सकेनन् । जबकि १२ देशमा राजदूत खालि थिए ।
कोइरालापछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको कार्यकालमा राजदूत नियुक्त गर्दा पनि भट्टराईले भाँजो हाल्न निकै कोसिस गरेका थिए । विपक्षी दललाई पनि भाग चाहिन्छ भनेर लबिङ गर्दा पनि पाउने स्थिति नभएपछि उनी चुप लाग्न बाध्य भएका थिए । पछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजदूत नियुक्त गर्दा उनले बेलायतको राजदूतका लागि कांग्रेसका नेताहरूको घर चहारेका थिए । उनका परिवारका सदस्यहरू पीआर लिएर बेलायतमै बस्छन् ।
पदका लागि गुट नै परिवर्तन
मान्छे पदका लागि कतिसम्म गर्न सक्दोरहेछ भन्ने उदाहरण दिनेश भट्टराई बनेका छन् । सुशील कोइराला जीवित हुँदासम्म उनी कोइराला गुटका कांग्रेस थिए । उनी कोइरालाको सल्लाहकार मात्र भएनन्, गत महाधिवेशनमा देउवा गुटका विरुद्ध अर्घाखाँचीबाट रामचन्द्र पौडेलले नेतृत्व गरेको गुटबाट उनी महाधिवेशन प्रतिनिधि नै लडेका थिए । तर भारी मतले पराजित भए । अहिले तिनै भट्टराई गुट परिवर्तन गरेर देउवातिर लागेका छन् ।
विवादास्पद पृष्ठभूमि
२०५१ सालमा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत रहँदा तस्करीमा संलग्न भएको प्रमाणसहित उनलाई भारतबाट फिर्ता बोलाइएको थियो । त्यसयता कूटनीतिक क्षेत्रमा सधैं उनलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply