विवादितलाई शैलेन्द्रको आशीर्वाद
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो सबै उठ्तीपुठ्ती मिलाउने एसएसी नारायणदत्त पौडेललाई भावी महानिरीक्षकका लागि बाटो सजिलो हुने गरी सरुवामा चलखेल गरेका छन् । ककनी तालिम केन्द्रमा बस्दा रासन काण्ड लागेर ४ लाख रुपैया फिर्तासमेत गरेका विवादित पात्र पौडेललाई महानिरीक्षकले काखी च्याप्दा इमानदारहरू पाखा लाग्ने खतरा देखिएको छ ।
केही दिनअघि गरिएको एसएसपी सरुवामा पौडेललाई मानव स्रोतको जिम्मा दिइएको छ । पूर्व क्षेत्रमा एसपी हुँदा अनियमितता गरेकै कारण पुष्पराम केसीले रेकर्डमा जनिने गरी नसिहत दिएका पौडेल महानिरीक्षक खनालका प्यारा भएका छन् । डीआईजी बढुवामा पहिलो नम्बरमा पार्न सजिलो हुने भएकाले अहिले महानिरीक्षक खनालले विवादित भए पनि मानव स्रोतमा सरुवा गराएको बताइन्छ । यहाँ बस्दा नेताको घर चहार्न र चलखेल गर्न सजिलो हुने भएकाले पौडेलले मागेकै ठाउँमा खनालले आशीर्वाद दिएर पठाएको बताइन्छ ।
अहिले यो ब्याजमा पहिलो नम्बरमा सीपी गौतम छन् । उनी काबिल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । यूएन मिसनमा छँदा पनि माथिल्लो तह क्षेत्रीय कमान्डरकै रूपमा काम गरेका उनलाई पोखरा सरुवा गरेर पौडेललाई १ नम्बर डीआईजी बनाउनकै लागि मानव स्रोतमा ल्याइएको स्रोतको दाबी छ । पौडेल नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काका निकटका रूपमा चिनिन्छन् ।
त्यस्तै, अर्का विवादित रामप्रसाद श्रेष्ठलाई ३ नम्बर प्रदेश प्रमुखको कामु दिएर पठाइएको छ । उनी कमान्डर भएका बेला तालिमका क्रममा टेकबहादुर चन्द नामका व्यक्तिलाई जबर्जस्त पौडी खेलाउँदा उनको तालिमकै क्रममा मृत्यु भएको थियो । त्यस्तै लामो समय कर्मचारी प्रशासनमा बसेका चिरञ्जीवी अधिकारीलाई पोखराबाट बुटबल पठाइएको छ । पोखरा बाहिनीमा भने प्रवीण श्रेष्ठलाई पठाइएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply