वैरोमा उही ताल
काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयमा कर्मचारीहरूको व्यापक हेरफेर भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले कार्यालय सुधारका लागि भन्दै नयाँ कार्यालय प्रमुख पठाए पनि वर्षोंदेखि कार्यरत ‘सेटिङ मिलाउने कर्मचारीहरू’ यथावत् रहेकाले सुधारको खासै परिणाम आउन नसकेको बताइन्छ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका केही भ्रष्ट कर्मचारीहरूसँग कुरा मिलाएर मन्त्रीको सचिवालयलाई गुमराहमा पारी कर्मचारी सरुवा गर्दा सो कार्यालयमा अस्तव्यस्तता छाएको एक अधिकृतले बताए । पछिल्लो समय सो अड्डा सुधार गर्न भन्दै मन्त्रीको ठाडो आदेशमा मन्त्रालयले अधिकृतहरू रमण खड्का, छत्र शाह, दुर्गा पौडेल र गणेश श्रेष्ठलाई काजमा ल्याइएको थियो । कार्यालय प्रमुख भवीश्वर पाण्डेसँग मिलेर केही सुधारको प्रयास यो टोलीले थाल्नै लाग्दा पुन उनीहरूको लागि सरुवाको रमानापत्र बनेको थाहा भएको छ । सो कार्यालयका उपसचिव इन्द्रदेव पाण्डे, अधिकृत यज्ञ अर्याललगायतका काला कांग्रेसी कर्मचारीहरूलाई सो कार्यालयबाट नचलाई सुधारको प्रयासमा लागेकाहरूको सरुवा प्रयास गरिनुलाई रहस्यका रूपमा हेरिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत विष्णु काफ्लेको सेटिङमा पुनः ताहाचल कार्यालययका कर्मचारीहरू हेरफेर प्रयास गरिएको बताइन्छ । उनले पनि अझै आस्थाका आधारमा कर्मचारीको चलखेल गर्न भूमिका खेल्ने र अन्य कर्मचारीहरूलाई गुमराहमा पार्ने गर्दै आएको आरोप छ । ताहाचल कार्यालयमा आएको चार महिनामै रमाना लिएर जानुपर्ने भएपछि अहिले सो कार्यालयमा कर्मचारीहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
यता कार्यालय प्रमुखको नेतृत्वमा केही दिनमै वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौं कार्यालय ताहाचलमा एक्कासि अनियमितता बढेको व्यवसायीहरूले बताएका छन् । अहिले त्यहाँका कर्मचारीहरूले म्यानपावर कम्पनीले श्रम स्वीकृतिका लागि पेस गर्ने फाइलमा टिप्पणीदेखि सदरसम्मको चरणमा गर्दै १५ देखि २० हजार रुपैयाँ व्यवसायीबाट झार्ने गरेका छन् । कार्य सम्पादनका क्रममा हुने अनियमितता रोक्न श्रम तथा रोजगार मन्त्रालयले वेभ बेष्ड अनलाइन प्रणाली लागू भएपछि पनि कर्मचारीले एउटै फाइलमा १५ देखि २० हजार उठाउन थालेपछि व्यवसायीहरू अत्तालिएका छन् । एक व्यवसायीले गुनासो गर्दै भने, ‘केही दिनयता ताहाचलमा घुसखोरी अचाक्ली बढेको छ । श्रम प्रतिनिधिहरूले ठूलो रकम नभई काम नै हुँदैन भनी रकम माग गर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई पूर्व र अन्तिम श्रम स्वीकृति दिने, विभिन्न तरिकाले वैदेशिक रोजगारीमा गई नेपाल आएपछि वैधानिकीकरण गर्ने जस्ता वैदेशिक रोजगारीसँग सम्बन्ध भएका काम गर्ने मुलुकको एउटा मात्र केन्द्रीकृत कार्यालयका रूपमा रहेको उक्त कार्यालयमा दैनिक २ हजार बढी सेवाग्राहीले सेवा लिने गरेका छन्, तर अनियमितताका प्रकरण पटकपटक सार्वजनिक हुने गरेका छन् । सो कार्यालयमा केही पहिले श्रम तथा रोजगार मन्त्रालयको आन्तरिक छानबिनमा गैरकानुनी रूपमा घरेलु कामदारलाई श्रम स्वीकृति दिने चार अधिकृतसहित तीन नायब सुब्बाहरू दोषी देखिएर मन्त्रालय तानिएका थिए । मन्त्रालयले गत पुस १८ गते ताहाचालका शाखा अधिकृतहरू डिकप्रसाद दाहाल, निर्माणकुमार भट्टराई, हरिप्रसाद देवकोटा र मोहनकुमार थापा तथा नायब सुब्बा कम्प्युटर अपरेटर लेखनाथ खतिवडा र केशवराज ढुंगानालाई वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई पुनः रोजगारीका लागि दिइने रिइन्ट्रीको श्रम स्वीकृति पहिलो विदेश जान लागेका महिला कामदारहरूलाई दिएको अभियोग पुष्टि भएको मन्त्रालयद्वारा गठित छानबिन समितिले बताएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply