सरकारी कागजातमै यस्तो लापरबाही
काठमाडौं । सरकारी कागजात र परिचयपत्रहरूमा शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिनुपर्ने हो । त्यहाँ भएको ससाना गल्तीले पनि दीर्घकालसम्म देशविदेशमा समेत असर पु¥याउने गर्छ । त्यही भएर हरेक सरकारी कार्यालयले धेरैपटक नमुना हेरेर मात्र परिचयपत्रहरू जारी गर्ने गरेको पाइन्छ ।
तर, २ नम्बर प्रदेश सरकारले प्रदेश सांसदहरूका लागि जारी गरे परिचयपत्रमा प्रोभिन्सियल एसेम्बली शब्दको अंग्रेजी हिज्जे गलत प्रकाशन गरिएको छ । प्रदेश संसद्का सभामुख सरोज यादव आफंैले प्रमाणित गरे जारी गरेको हामीलाई प्राप्त परिचयपत्रमा प्रोभिन्सियल एसेम्ब्लीको सट्टा प्रोभिन्कल एसेम्बली लेखिएको छ ।
सप्तरीका सभासद् सत्यनारायण मण्डललाई जारी गरिएको सदस्य परिचयपत्रमा भएको उक्त गल्तीपछि सो परिचयपत्र नष्ट गर्नुपर्ने आवाज उठेको छ ।
सांसदहरू सो परिचयपत्र बोकेर विश्वका जुनसुकै देशमा पनि जानुपर्ने हुन सक्छ । तर, सोही कार्ड नै यथावत् राख्दा नेपालको अन्तरष्ट्रिय स्तरमा समेत बेइज्जत हुन सक्ने बुद्धिजीवीहरू बताउँछन् ।
(हेर्नुस, परिचयपत्र)
सो परिचयपत्रमा प्रोभिन्सीयल लाई ‘पी आर ओ भी आई एन सी आई ए एल’ उल्लेख भएकोमा सांसद सत्यनारायण मण्डलले आपत्ति प्रकट गरे । उनले एउटा परिचयपत्रमा नामसमेत शुद्ध लेख्न नसक्ने प्रदेशसभाले अन्य केही काम गर्न नसक्ने र यस घटनाबाट आफूहरूको शिर निहुरिएको गुनासो गरे ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply