साझामा बेमौसमको बाजा
काठमाडौं । ऋणमा चुर्लुम्मै डुबेको र कर्मचारीहरूलाई महिनौंदेखि तलब खुवाउन नसकिरहेको साझा प्रकाशनमा आवश्यक नहुँदानहुँदै पनि केही कर्मचारीहरू बढुवा भएका छन् । प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले डुब्नै लागेको संस्थालाई झनै डुबाउन कर्मचारीहरूको बढुवा गर्न तत्परता देखाएका छन् ।
अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्य हरिहर खनाल र जीवनचन्द्र कोइरालाले हस्ताक्षर गरेर केही दिनअघि केही कर्मचारीहरूलाई बढुवा गरेका छन् । यसरी बढुवा गर्दा साझाको नियमावलीलाई समेत मिच्ने काम हुन पुगेको छ । साझाको नियमावलीमा कर्मचारीहरूको बढुवा गर्दा लोकसेवा आयोगका प्रतिनिधिसमेत हुने व्यवस्था रहे पनि अहिले कर्मचारीहरूको बढुवा गरिँदा भने आयोगका प्रतिनिधिको प्रतिनिधित्व गराइएको थिएन ।
पटकपटक साझाको कर्मचारीहरूबीच फुट ल्याएर एकलौटी रूपमा हैकम चलाउन खोज्ने अध्यक्ष शर्माले यसपटक कर्मचारीहरूको बढुवा गर्दा कर्मचारीहरूबीच नै फुट ल्याउने प्रयत्न गरेका छन् । उनले विगतमा आफ्नो खासै विरोध नगर्ने कर्मचारीहरूलाई यसपटक बढुवा गरेका छन् । सहायकस्तर प्रथम श्रेणीमा बढुवा हुनेहरूमा कांग्रेसनिकट कर्मचारी संघका अध्यक्ष हरिभद्र घिमिरे, सार्वजनिक संस्था कर्मचारी संगठनको सचिव रामशरण अधिकारी, हरिभद्रका सानीआमाका छोरा अम्बिकाप्रसाद ढकाल, संघका सदस्यहरू अनिता कार्की, विन्दा घिमिरे र राजेन्द्रकुमार सुनुवार रहेका छन् । सुनुवार गएको प्रदेशसभाको निर्वाचन ओखलढुंगाबाट कांग्रेसको तर्फबाट उम्मेदवारी पाएर पराजित प्रदीप सुनुवारका भाइ हुन् भने घिमिरेचाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेकी भतिजी हुन् ।
यसैगरी, मधुसूदन ठाकुर, देउकुमार राई, चन्द्रकुमार लावती र धर्मसिंह मडैको बढुवालाई चाहिँ अन्यथा मानिएको छैन । उनीहरू बढुवा हुनुपर्नेमा रहेको बताइन्छ । तर, रेखा गिरी, दुर्गाबहादुर डाँगी, संगीता भण्डारी र रामबहादुर थापाको चाहिँ बढुवा हुनुपर्ने समय भइसक्दा पनि बढुवा नगरिएको जनाइन्छ ।
अध्यक्ष शर्माले आफ्नो निजी प्रकाशन गृह अक्सफोर्डको किताब बेच्न सक्रिय भूमिका निर्वाह गरेबापत लालप्रसाद न्यौपानेलाई पनि बढुवा गरेका छन् । साझाको कर्मचारी भए पनि न्यौपानेले अक्सफोर्डका किताबहरू बेच्नमा अहं भूमिका खेल्दै आएका थिए । आफ्नो निजी प्रकाशन गृहको धेरै किताब बेचिदिएबापत न्यौपानेलाई अध्यक्ष शर्माले पुरस्कृतस्वरूप बढुवा गरिदिएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply