सीटीईभीटीमा अनियमितता
काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् सीटीईभीटीमा अनियमितताले जरो गाडेको छ । अधिकांश विद्यार्थी नेता, तिनका आफन्त र दलका कार्यकर्ता र शिक्षामन्त्रीको भर्तीकेन्द्र बन्ने गरेको यो कार्यालयमा पछिल्लो समय सरुवा र पदस्थापनमा व्यापक अनियमितता भएको बताइन्छ ।
परिषद्को प्रशासन महाशाखाका प्रमुख महेश भट्टराई, सीप परीक्षण महाशाखाका अधिकृत रामनाथ लम्साल र सदस्य सचिव पुष्परमण वाग्लेले परिषद्लाई दुहुनो गाई बनाएको बताइन्छ । पछिल्लो समय उनै लम्साल र प्रशासनका भट्टराई मिलेर भित्रभित्रै रकम उठाएर विभिन्न काम गर्दै आएको र सो उठाएको रकम सदस्य सचिवसम्म पुग्ने गरेको आरोप छ ।
प्रवीणता प्रमाणपत्र तहमा प्राविधिक शिक्षा पढाउने एक मात्र थलो हो, सीटीईभीटी । सीटीईभीटीले नै विभिन्न कलेजलाई प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउन अनुमति दिने गर्छ र यी कलेजहरूको नियमन तथा नियन्त्रण पनि । तर, आफूअनुकूलको भएन भने सीटीईभीटीले लिएको परीक्षा रद्द गर्ने र पुनः परीक्षा लिई आफ्ना मान्छेहरूलाई छात्रवृत्ति तथा पूर्ण शुल्कीय प्रवेश परीक्षा दिन लगाएर पास गराउँदै आएका छन् ।
यही संस्थाका मातहत रही विभिन्न कलेजहरूले नर्सिङ, एचए, फार्मेसीलगायतका विषयहरू अध्यापन गराउने गर्छन् । सीटीईभीटी बेलाबेला कुनै न कुनै विवादमा पर्दै आएको छ । सीटीईभीटीको विश्वसनियता र विद्यार्थीको भविष्यमाथि भएको खेलवाडमा संलग्न कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग उठ्दै आए पनि त्यस्तो हुन सकेको छैन ।
अहिले उपनिर्देशक दामोदर देवकोटा, प्रशासकीय अधिकृत रामकिशोरलाल कर्ण, प्रशासकीय अधिकृत सञ्जय बर्मा, सीप परीक्षण अधिकृत उपेन्द्र पोखरेल र लेखा अधिकृत मोहन लामिछाने मिलेर सेटिङमा काम गरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply