१० बैंकलाई पुँजी पु¥याउन हम्मे
काठमाडौं । १० वटा वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि गराउन दबाब बढाएको छ । पुँजी वृद्धि नगर्ने बैंकहरूलाई राष्ट्र बैंकले कारबाहीको दायरामा ल्याउने प्रक्रियासमेत थालिसकिएको छ । करिब तीन वर्षअघि राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएपछि सबै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएका थिए ।
बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर पुँजी वृद्धि गर्नुपर्ने नीति राष्ट्र बैंकले ल्याएसँगै अधिकांश बैंकहरूले पुँजी वृद्धिमा जोड दिएका थिए । दुई वर्षभित्र दोब्बर पुँजी वृद्धि गर्नुपर्ने भए पनि उक्त समयावधि सकिएपछि राष्ट्र बैंकले पुँजी वृद्धिका लागि ६ महिना समय थपेको थियो । अढाई वर्षको अवधिमा अधिकांश बैंकहरूले हकप्रद सेयर निष्कासन गर्ने, मर्जरमा जानेजस्ता तरिका अपनाएर पुँजी वृद्धि गर्दै आएका थिए ।
तर, अधिकांश वाणिज्य बैंकहरू पुँजी वृद्धि गर्न सक्षम रहे पनि केही बैंकहरूले भने राष्ट्र बैंकले तोकेबमोजिम पुँजी वृद्धि गर्न भने सकेका छैनन् । वाणिज्य बैंकहरूले चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने भए पनि १० वटा बैंकले भने पुँजी पु¥याउन सकेको छैन । जसमा कुमारी, प्राइम कमर्सियल, एनएमबी, प्रभु, मेघा, एसबीआई, बैंक अफ काठमान्डु, एनसीसी, मेगा, सिभिल र सेन्चुरी रहेका छन् ।
सेन्चुरी बैंकले भने करिबकरिब पुँजी पु¥याउन सक्ने अवस्था रहेको छ । उक्त बैंकले चुक्ता पुँजी ७ अर्ब ६७ करोड पु¥याइसकेको छ । अब केही करोड वृद्धि गरे उक्त बैंकले राष्ट्र बैंकले तोकेबमोजिमको पुँजी पु¥याउन सक्ने देखिएको छ । मेगाले पनि ७ अर्बभन्दा माथि नै पुँजी वृद्धि गरिसकेको छ । त्यस्तै, ६ अर्बभन्दा माथि पुँजी पु¥याउने बैंकहरूमा एसबीआई, बैंक अफ काठमान्डु, एनएमबी, प्राइम कमर्सियल रहेका छन् । ५ अर्बभन्दा माथि पुँजी पु¥याउनेहरूमा भने सिभिल, प्रभु, कुमारी रहेका छन् भने ४ अर्बभन्दा माथि पुँजी पु¥याउनेमा एनसीसी बैंक रहेको छ ।
तोकिएको समयभित्र पुँजी वृद्धि गर्न नसकेका बैंकहरूलाई कारबाहीको दायरामा ल्याउने तयारी राष्ट्र बैंकले गरिरहेको हुँदा ती बैंकहरूलाई पुँजी वृद्धि गर्न अहिले निकै चटारो परिरहेको छ । केही बैंकले भने सेयर निष्कासन गरेर र मर्जर प्रक्रियालाई तीव्रता दिएर भए पनि पुँजी वृद्धि गर्न लागिरहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply