२२ स्थानमा विशाल सभा गरेर सकियो एमालेको मेची–काली अभियान
अभियानकै दौरानमा २५ हजारभन्दा बढी एमालेमा प्रवेश
काठमाडौं । नेकपा (एमाले) ले गत फागुन २१ गते झापाको काँकरभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान चैत ५ गते सुर्खेतको वीरेन्द्रनगरमा समापन गरेकोे छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि आयोजना गरिएको यो अभियानका दौरानामा विभिन्न पार्टी परित्याग गरी झन्डै २५ हजार अगुवा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
चैत ४ गते एमालेले कञ्चनपुरमा पत्रकार सम्मेलन गरी यो अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । उक्त ऐतिहासिक अभियानमा प्रकट भएको अपार जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट हाम्रो पार्टी अत्यन्त उत्साहित र हर्षित भएको भन्दै एमालेले अभियानमा आफ्नो प्रत्यक्ष÷परोक्ष सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्ने आम जनसमुदायमा आभार व्यक्त गरेको छ ।
एमालेले फागुन २१ गते झापा सुखानीका सहिदहरूका प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरेर विशेष कार्यक्रमका बीच यो अभियान झापाबाट शुभारम्भ भएको थियो । अभियानका क्रममा काँकरभिट्टा, बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जितपुर, लमही, नेपालगन्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा गरी २२ स्थानमा ठूला सभा र उर्लाबारी, पथरी, बेलबारी, मनहरि, भण्डारा, रामापुरलगायत स्थानमा व्यापक जनसहभागितासहितका संक्षिप्त सभाहरू गरेको थियो । अभियानकै अंगका रूपमा बुटवलमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो । अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताहरूले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका थिए । २५ किलोमिटरभन्दा लामा ¥यालीहरू, अभियान–टोलीको स्वागतार्थ सडकमा उभिएका हजारौं जनताको उत्साहपूर्ण सहभागिता र स्वागत, ‘एक घर एक घडा’ आह्वानलाई सार्थक तुल्याउँदै घर–घरमा स्थापित गरिएका जलका घडा, फूलमाला र झन्डा, विविध जातजाति र भाषाभाषी समुदायका मनोहर सांस्कृतिक झाँकीहरू तथा नेताहरूलाई आफ्नो घर–घरमा पाहुना बनाएर राख्न (होम–स्टे) का लागि जनताको स्वतःस्फूर्त उत्साह यस अभियानका महŒवपूर्ण विशेषताका रूपमा रहेको एमालले जनाएको छ । अभियानका बीचमा झन्डै २५ हजार नेता÷कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सुनसरी, सप्तरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीलगायतका जिल्लाहरूमा मधेसी मोर्चालगायत विभिन्न समूहहरूले गरेको बन्द र दिएका धम्की, बाधा–अवरोध, आगजनी र ढुंगामुढालाई पन्छाउँदै मेची–महाकाली राष्ट्रिय अभियानमा जसरी हजारौंहजार जनताहरू सहभागी भएको उल्लेख गर्दै एमालेले यसप्रति पार्टी कृतज्ञ भएको जनाएको छ । फागुन ४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले जनताको सचेत, संगठित र एकताबद्ध प्रयासका सामु कस्तै जनविरोधी तŒवहरूको पनि केही चल्दैन भन्ने यथार्थ फेरि एकपटक पुष्टि भएको र नेकपा (एमाले) का नीतिहरूप्रति जनताको अनुमोदन प्राप्त भएको जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘हिंसामाथि शान्तिको, ध्वंसमाथि निर्माणको, सामाजिक विद्वेष र जातीय घृणामाथि सामाजिक सद्भाव र सहिष्णुता एवं सहअस्तित्वको, अँध्यारोमाथि उज्यालोको, फाटोवादी तŒवहरूका विरुद्ध राष्ट्रिय एकताका पक्षधर जनताको र संविधान समाप्त पार्न खोज्नेमाथि संविधान कार्यान्वयन गर्न चाहनेहरूको सफलताको रूपमा हामीले यस अभियानलाई विश्लेषण गरेका छौं । हामीले भन्दै आएका छौं– यो अभियान नेकपा (एमाले) ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो । अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने संकल्प गर्दछौं ।’
मधेसी मोर्चाको काँध विखण्डनकारीको हतियार राख्ने आड
अभियानको तेस्रो दिन राजविराजमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले उक्त घटना आफूसँग असहमत पक्षलाई निषेध गर्ने, त्यसका निम्ति हिंसा र अपराधको सहारा लिने र सुनियोजित रूपमा अप्रिय घटना घटाएर त्यसमाथि सहानुभूतिको राजनीति गर्ने मधेसी मोर्चाको दुराशय र तज्जन्य हर्कत नै राजविराज घटनाको एक मात्र कारण भएको जनाएको छ । मधेसी मोर्चाका गतिविधिहरूमा अपराध र राजनीतिको सीमारेखा मेटिँदै गएको र मधेसी मोर्चाको काँध विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तŒवहरूको हतियार राख्ने आडको रूपमा प्रयोग हुँदै गएको भन्दै एमालेले विज्ञप्तिमा भनेको छ–‘सत्तापक्ष र वर्तमान प्रधानमन्त्रीलाई भोट हाल्ने समूहहरूबाटै यस्ता क्रियाकलाप हुनुले मुलुकमा सत्ता संरक्षित सामाजिक फासीवादको उदय हुँदै गरेको खतरनाक संकेत गर्दछन् । लोकतन्त्र र बहुलवादी समाजका लागि यस्ता प्रवृत्तिहरूको उदय निकै चुनौतीको बिषय हो ।’ सप्तरी घटनापछि पनि मधेसी मोर्चाले बाँकेलगायत स्थानहरूमा त्यस्तै घटना गराउने असफल प्रयास गरेको थियो । स्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर तत्कालका लागि स्थगन गरिएको प्रदेश नं. २ मा नयाँ स्वरूपमा विशेष कार्यक्रम छिटै सञ्चालन हुने एमालेले जनाएको छ ।
सरकारका खेर गएका सात महिना
एमालेले यो सरकारको सात महिनाको समय व्यर्थमा खेर गएको जनाएको छ । ‘यतिबेला मुलुकको आवश्यकता र जनताको चाहना संविधानको कार्यान्वयन भएको र संविधानको कार्यान्वयनको मुख्य कडी भनेकै आगामी २०७४ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि निकायहरू स्थापित गर्नु र संक्रमणकाललाई समाप्त पार्नु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, संविधान कार्यान्वयन हुन नदिएर मुुलुकलाई अस्थिरतातिर धकेल्ने गलत मनशायका साथ गठन भएको वर्तमान सरकारले गएका सात महिना व्यर्थमा खेर फालेको छ ।’ एमालेकै निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समयअगाडि मात्रै आगामी २०७४ वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिए पनि घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षड्यन्त्रहरू जारी रहेको एमालेले जनाएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको बारेमा अन्योल कायमै रहेको उल्लेख गर्दै एमालेले तत्काल राजनीतिक दलसम्बन्धी विधेयकलगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्योल हटाएर सिंगो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन माग गरेको छ ।
साथै, संविधान संशोधन विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हितविपरीत भएको हुनाले कुनै पनि अर्थमा पारित हुन नसक्ने एमालेले जनाएको छ । जनताको अभिमत, सर्वाेच्च अदालतको फैसला र व्यवस्थापिका–संसद्भित्र स्पष्ट रूपमा प्रकट भएको मतको अवस्थालाई ध्यानमा राखेर संशोधन विधेयकलाई फिर्ता लिन र संशोधनविना निर्वाचन हुन सक्दैन भन्ने अर्थहीन र हानिकारक तर्क अगाडि सारेर मुलुकलाई अनावश्यक राजनीतिक विवाद तथा द्वन्द्वतिर धकेल्ने काम बन्द गर्न सरकार तथा सत्तारूढ दलहरूलाई पनि एमालेले आह्वान गरेको छ ।
मुलुक विभाजनको घोषणा गर्नेलाई सरकारको संरक्षण
मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेको एमालेको ठम्याइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ, ‘मिलेर बसेको नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने, विगतमा सामन्ती व्यवस्थाका कारण सिर्जित सामाजिक विभेद र उत्पीडनको दोष कुनै एक समुदायमाथि थोपरेर जातीय र साम्प्रदायिक घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर गर्ने प्रवृत्तिहरू बढ्न थालेका छन् । अझ कतिपय तŒवहरू खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हर्कतहरूसमेत गरिरहेका छन् । यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार तिनैलाई प्रोत्साहन गरिरहेको छ । हाम्रो पार्टी तराई–मधेसको विकास र समृद्धिका लागि दृढ संकल्पित छ । पार्टी स्थापनाकालदेखि नै हामीले लिँदै आएका नीतिहरू, खेल्दै आएको भूमिका र हाम्रो पार्टी नेतृत्वमा सञ्चालित सरकारहरूले यस सम्बन्धमा अगाडि सारेका योजनाहरूले यसलाई पुष्टि गर्छन् । हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित पूर्ववर्ती सरकारले अगाडि सारेका काठमाडौं–तराई द्रुत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हुलाकी राजमार्ग, तराई सिँचाइ योजना, तराईका जिल्ला सदरमुकामहरूलाई राजमार्गसँग जोड्ने सडकहरूको विस्तार तथा सदरमुकामहरूको विकासका लागि छुट्ट्याएको बजेट, जनता आवास कार्यक्रमअन्तर्गत तराई–मधेसका घरबारविहीनहरूका लागि निःशुल्क घरहरूको निर्माण र वितरणलगायत अनेकौं कार्यक्रमहरूले हाम्रो पार्टीको तराई–मधेससम्बन्धी नीतिलाई अकाट्य ढंगले पुष्टि गर्छन् । तर, यी यथार्थलाई जनताका बीचमा पुग्नै नदिने, संविधानमा महिला, दलित, जनजाति, तराईवासी–मधेसी, थारू, मुस्लिमलगायत समुदायका लागि स्थापित गरिएका अधिकार तथा ती अधिकार स्थापित गर्न नेकपा (एमाले) ले खेलेको भूमिकाका बारेमा भ्रम छर्ने र तराईवासी–मधेसी जनताका वास्तविक समस्या र चाहनालाई ओझेलमा पार्दै स्वयं तराई–मधेसका जनताबाट तिरस्कृत समूहहरूका रणनीतिक स्वार्थ र दलीय आग्रहलाई ‘मधेसको समस्या’ का रूपमा चित्रण गर्ने गरिएको छ । हाम्रो पार्टी आम तराईवासी–मधेसी जनताको साथमा सधैंभरि दृढतापूर्वक उभिएको छ र त्यहाँका वास्तविक समस्या समाधान गर्न निरन्तर प्रयत्नशील छ । तराई–मधेसका नाममा भइरहेको सामाजिक विभाजन र सामाजिक विद्वेषको राजनीतिक गतिविधिको आलोचना र विरोधलाई तराई–मधेसको विरोध भनेर कुप्रचार नगर्न हाम्रो पार्टी सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।’
कार्यकर्ता पोस्ने काम बन्द गर्न माग
निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरुपयोग गर्ने काम व्यापक रूपमा गरिरहेको भन्दै यी काम तत्काल बन्द गर्न माग गरेको छ । निर्वाचनलाई प्रभावित गर्ने गरी नयाँ नियुक्ति गर्ने, नयाँ संस्थाहरूको निर्माण गर्ने, जनस्तरबाट निर्माण गरिएका संरचनाहरूको नाम परिवर्तन गरी राजनीतिक हस्तक्षेप गर्ने र कर्मचारीहरूको जथाभावी सरुवा गर्नेलगायत निर्वाचन आचारसंहिता विपरीतका कामहरू तीव्र रूपमा भइरहेका भन्दै एमालेले सरकारका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल यस्ता काम बन्द गर्न र यसमा प्रभावकारी हस्तक्षेप गर्न निर्वाचन आयोगलगायत सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।
मुलुक निर्वाचनको दिशामा अग्रसर भइसकेको परिप्रेक्ष्यमा सिंगो पार्टी पंक्तिलाई उत्साहका साथ निर्वाचनको तयारीमा अग्रसर हुन, संविधान निर्माण, राष्ट्रियताको संरक्षण र मुलुकको आर्थिक समृद्धि र विकासका लागि पार्टीले खेल्दै आएको भूमिकालगायत विषयलाई जनताको बीचमा सशक्त ढंगले स्थापित गर्न र सबै तहका निर्वाचनहरूमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी एकताबद्ध भएर अगाडि बढ्न गर्न पनि एमालेले आह्वान गरेको छ । साथै, सबै दलहरूलाई निर्वाचनमा स्वस्थ प्रतिस्पर्धाका साथ सहभागी हुन र लोकतान्त्रिक निर्वाचन तथा ताजा जनादेशका आधारमा मुलुकका समस्या समाधानमा एकजुट हुन आह्वान गरेको छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply