६५ पत्रकारको निःशुल्क मुटु परीक्षण
काठमाडौं । प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसका अवसरमा ६५ जना पत्रकारको निःशुल्क मुटु स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी र नेपाल हार्ट क्लिनिकको सहकार्यमा शनिबार मुटुको स्वास्थ्य परीक्षण गरिएको हो ।
इको, इसीजी, अल्ट्रासाउन्ड, लिपिट प्रोफाइलसहितको प्याकेजमा स्वास्थ्य परीक्षण गरिएको चौतारीका सचिव अमृतनाथ तिमल्सिनाले जनाए । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अव्यवस्थित जीवनशैली र खानपानका कारण बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आम नागरिकसम्म स्वास्थ्य संवेदनशीलताको चेतना पु¥याउन पत्रकारहरूको स्वास्थ्य परीक्षणमा सहयोग गरेको बताए ।
स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी ७ माघसम्म तीन तहको निर्वाचन नभए देश ठूलो चक्रव्यूहमा फस्न सक्ने बताएका छन् । ७ माघको लक्ष्मण रेखा नाघ्ने गरी प्रधानमन्त्री प्रचण्ड चुनावको राष्ट्रिय आवश्यकता र दायित्वबाट पन्छिन खोजेको उनले आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू ! चुनावको राष्ट्रिय आवश्यकता र राष्ट्रिय दायित्वलाई ध्यान दिनुस्, व्यक्तिपिच्छेका के–के स्वार्थ छन्, ती पूरा गर्ने हिसाबले कोसिस नगर्नुस्,’ नेपालले भने, ‘तपाईंले राष्ट्रिय आवश्यकता पूरा गर्नुभएन भने देश ठूलो चक्रव्यूहमा फस्नेछ ।’ एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानसभाको म्याद थप गरेको नजिर सम्झिएर देशमा अर्को प्रतिगमन निम्त्याउन खोजेको आरोप लगाए । यदि त्यसो गरिए एमालेले ७ माघअगावै विकल्प खोज्ने चेतावनी दिए । ‘एमालेले ७ माघको लक्ष्मण रेखा काट्न दिनेछैन, अहिल्यै बुझ्दा हुन्छ,’ भट्टराईले भने, ‘त्यस्तो कोसिस गरिए एमालेले अर्कै विकल्प खोज्नेछ ।’
प्रेस चौतारीको स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । स्थापनामा महŒवपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन प्रचार विभागका प्रमुख एवं साहित्यकार प्रदीप नेपाल, अग्रज पत्रकार गोपाल थपलिया, संस्थापक अध्यक्ष विजय चालिसे, पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट र राजेन्द्र अर्याल सम्मानित भएका हुन् । चौतारीले स्थापना दिवसमा हरेक वर्ष प्रदान गर्दै आएको चार पत्रकारिता पुरस्कारबाट यस वर्ष ६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जसअनुसार हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार कृष्णमुरारी भण्डारी र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार रघु मैनालीलाई प्रदान गरिने जनाइएको छ । त्यस्तै, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार भूषण यादव र मन्दिरा थापा, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार जनक नेपाल र सिद्धराज राईलाई प्रदान गरिने चौतारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply