८० उपसचिव यता न उता
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अकर्मण्यताका कारण अहिले ८० जना उपसचिव कामविहीन बन्न पुगेका छन् । करिब डेढ महिनादेखि कामविहीन बनेका उपसचिवहरूले हाजिर गरेर नै दिन कटाइरहेका छन् ।
नयाँ पुनःसंरचनाअनुरूप यसअघि शिक्षा मन्त्रालयमा रहेका तीनवटा निकाय गाभिएर अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र गठन भएको छ । उक्त केन्द्र शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय र अनौपचारिक शिक्षा केन्द्र गाभिएर बनेको हो । तर, यी निकायहरू गाभिएर एउटै केन्द्र बन्दा उपसचिवहरू कामविहीन बन्न पुगेका हुन् । अहिले केन्द्रमा चार जना सहसचिव र १३ जना उपसचिवको मात्र दरबन्दी कायम गरिएको छ । तर, तत्कालीन शिक्षा विभागमा तीन सहसचिव र २६ जना उपसचिव, परीक्षा नियन्त्रक कार्यालयमा एक जना सहसचिव र १० जना उपसचिव र अनौपचारिक शिक्षा केन्द्रमा एक जना सहसचिव र चार जना उपसचिव कार्यरत थिए ।
तीन वटै निकाय गाभिएर केन्द्र बन्दा एक जना सहसचिव र २७ जना उपसचिव कामविहीन बन्न पुगेका छन् । यसैगरी, साउन १ गतेदेखि सबै जिल्ला शिक्षा कार्यालय खारेज भएपछि अहिले ५२ जना उपसचिव पनि केही काम नपाएर केन्द्रमा नै दैनिक रूपमा हाजिर गरिरहेका छन् । केही उपसचिवको व्यवस्थापन भए पनि तीनवटा निकायमा रहेका र जिल्लामा रहेका करिब ८० जना उपसचिव कामविहीन बन्न पुगेका हुन् ।
मन्त्री पोखरेलले कामविहीन ८० उपसचिवको असार मसान्तभित्र नै समायोजन गर्ने कुरा बताएका थिए । तर, साउनको आधा बितिसक्दा पनि उपसचिवहरूलाई कहाँ–कता जिम्मेवारी दिने भन्नेमा मन्त्री पोखरेल गम्भीर नदेखिएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply