८८ किलो सुनको सुराकी विवाद सुरु
काठमाडौं । सोमबार मात्र राजधानीको क्षेत्रपाटीबाट पक्राउ परेको ८८ किलो सुनको सुराकीबारे विवाद सुुरु भएको छ । सूचना पत्ता लगाएको भन्दै मोटो रकम कमिसन आउने भएपछि यसमा धेरैको आँखा लागेको थियो । तर, सोमबार नै उक्त घटनाको प्रतिवेदन बनाई प्रतिवेदकहरूमा उच्च तहका प्रहरी हाकिमहरूको मात्र नाम राखिएपछि तल्लो तहका प्रहरीभित्र तीव्र असन्तुष्टि छाएको हो ।
तस्करी सुनको कमिसन नपाएपछि यसअघि पनि विवाद आएको थियो । प्रहरी र भन्सार कर्मचारीले मात्र विगतमा ३३ किलो सुनको सुराकी दस्तुर खाएको भन्दै वास्तविक सुराकीले सुराकी दिन अस्वीकार गरेको शृ्खला क्षेत्रपाटीमा पक्राउ परेको सुन काण्डपछि पनि दोहोरिने संकेत देखिएको छ ।
प्रहरी स्रोतका अनुसार एसएसपी दिवेश लोहनी, सपी नरेन्द्र उप्रेती, डिएसपी उमाशंकर पंजियार र अजय केसी लगायतको नाम मात्र प्रतिवेदका रूपमा संलग्न गरी टिपोट गरिएको बताइन्छ । इन्सपेक्टरभन्दा माथिका अधिकारीहरूलाई मात्र सुराकीबापतको भत्ता उपलब्ध गराउने नियतले प्रतिवेदन बनाइएपछि ज्यानको माया मारेर फिल्डमा खटेर सूचना संकलन गर्ने तल्लो तहका प्रहरीहरू निराश भएको बताइन्छ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी अवैध सुन बरामद गरेको थियो ।
रसुवाको केरुङ नाकाबाट भिœयाइएको अवैध सुनसहित गाडीका चालक मनोज अधिकारी पक्राउ परेका थिए । राति २ बजे काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेर राखेको बा१७च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ केजी सुन बरामद भएको थियो ।
स–साना बिस्कुट आकारका सुनलाई प्लास्टिकले ¥याप गरिएको थियो । केही काठमाडौं र केही सुन भारतसम्म पु¥याउने तयारी भएको अवस्थामा गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सुन पक्राउ गरेको थियो । प्रहरी र भन्सारका कर्मचारीले बरामद तस्करीको सुनबापतको कमिसन दिन छाडेपछि सुराकीले तातोपानी नाकाबाट स्थलमार्गबाट हुने तस्करीबारे प्रहरीलाई सूचना दिन छाडेका थिए । तर, प्रहरीका तल्ला तहका घुमुवाहरूले भने यो कार्य जारी राखेका थिए । विगतमा पनि केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको ३५ किलो सुनको सुराकीबापतको पैसा ब्युरोका प्रहरीले मात्रै बाँडेको तथा महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद गरेको सुनको कमिसनबापतको रकम पनि प्रहरी र भन्सारका कर्मचारीले मात्रै राखेपछि सुराकीहरू असन्तुष्ट बनेका थिए । विगत दुई वर्षयता विमानस्थल प्रहरीले पनि सुराकीलाई प्रलोभन दिई तस्करीबापतको सुन बरामद गर्न थालेको छ । तिब्बतबाट आएको सुन सिधै भारत जाने र त्यहाँका व्यापारीहरूले सस्तोमा किन्न पाउने भएपछि नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीको क्रम बढेको हो । विगत दुई वर्षको अवधिमा सुरक्षा निकायबाट मात्रै १ सय ८० किलोभन्दा बढी सुन बरामद गरेबाटै नेपाल सुन तस्करीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै आएको पुष्टि हुन्छ । सुरक्षा निकायकै भनाइलाई मान्ने हो भने पनि सय किलोभन्दा बढी सुन भारततर्फ तस्करी हुने गरेको छ भने नेपालमा तस्करीको सुन १५ देखि २० किलोसम्म खपत हुने गरेको छ । त्यसका लागि तिब्बतियन व्यापारी र भारतीय व्यापारीका लागि नेपाली सुन व्यवसायीहरू बिचौलियाको भूमिकामा रहेका छन् । बिचौलियाको भूमिकामा रहेका नेपाली व्यापारीहरूले नै तस्करीको सुन नेपालमा बिक्री–वितरण गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply