21st September 2018, Friday

E-budhabar

अकस्मात सम्पादक नियुक्त



अकस्मात सम्पादक नियुक्त

मैले जीवनमा धेरै प्रकारका कामहरू गरें । जीवनभर राजनीति गरें, साथै वकालत पनि १३ वर्ष गरें । चार वर्ष कूटनीतिक पेसामा पनि रहें ।
२०४८ मलाई अचानक ‘दृष्टि’ साप्ताहिकको प्रधान सम्पादक बनाउने पार्टीको निर्णय भयो । म केन्द्रीय कमिटीको सदस्य थिएँ र प्रचार विभागको सदस्य पनि । ०४८ वैशाखमा सम्पन्न पहिलो आमचुनावमा शैलजा आचार्यसँग हारेपछि म विराटनगरतिरै बस्थें, केन्द्रीय कमिटी वा प्रचार विभागको बैठकहरू हुँदा काठमाडौं आउँथे । ०४८ कात्तिकमा प्रचार विभागको त्यस बैठकमा सम्पादक नारायण ढकाल बिरामी रहेकाले उहाँलाई नहटाई एकजना प्रधान सम्पादक राख्ने प्रस्ताव प्रचार विभागका तत्कालीन इन्चार्ज झलनाथ खनालले गर्नुभयो । प्रदीप नेपाल पनि प्रचार विभाग हुनुहुन्थ्यो । बैठकमा  झलनाथ खनालले भीम रावललाई प्रधान सम्पादक बनाउने खालको कुरा उठाउँदा प्रदीप नेपालले भन्नुभयो– ‘उहाँलाई एक हजार तलबमा काम गर्न गाह्रो पर्छ । साथै ‘दृष्टि’मा काम गर्ने पत्रकारहरूले पनि मान्ने छैनन् जस्तो लाग्छ ।’ मलाई आज पनि स्पष्ट छैन तर महासचिव मदन भण्डारी पनि माथिल्लो तलामा हुनुहुन्थ्यो । बैठक चल्दाचल्दै उहाँ त्यस कोठामा प्रवेश गर्नुभयो र सोध्नुभयो– ‘के छलफल हुँदैछ ?’
प्रदीप नेपालले भन्नुभयो– ‘दृष्टिको प्रधान सम्पादक र ‘छलफल’को पनि रेखदेख गर्ने विषयमा छलफल हुँदैछ ।’
मदन भण्डारीले भन्नुभयो– ‘अनि के ?’
प्रदीप नेपालले भन्नुभयो– ‘भीम रावलको नाम आएको छ । तर, ‘दृष्टि’मा काम गर्ने पत्रकारहरू मान्दैनन्, उनीहरू पार्टी कार्यालय अगाडि उभिएर निर्णय पर्खिरहेका छन् ।’मदनले सोध्नुभयो– ‘को भए मान्छन् त ?’
‘कमलजी भए मान्लान््’– प्रदीप नेपालले भन्नुभयो ।
‘उसो भए कमलजीलाई बनाए भइहाल्यो नि †’– मदन भण्डारीले भन्नुभयो ।
त्यसपछि जेएन खनालले भन्नुभयो– ‘यसै गरौं । महासचिवसमेतको उपस्थितिमा प्रचार विभागको बैठकले कमल कोइराला नियुक्ति गर्ने निर्णय गर्‍यो भनौं ।’
तब मदन भण्डारीले ‘केको महासचिवको उपस्थिति । म डेरा जान भनेर त्याग लिएर हिँडेको’ भन्दै आफ्नो हात लिएको पोर्टफोलियो ब्याग उठाएर देखाउँदै प्रचार विभागको कोठाबाट निस्कनुभयो ।
उहाँ हिँडेपछि झलनाथ खनालले माइन्यूट लेखाउनुभयो । हामीहरू सबैले सही गर्‍यौं । प्रदीप नेपालले त्यसअघि एकपटक बाहिर गएर आउनुभयो र भन्नुभयो– ‘बाहिर दृष्टि र छलफलका पत्रकारहरू सुनेर खुसी छन् ।’
यसप्रकार अकस्मात प्रधान सम्पादक भएँ । अब काठमाडौं बस्नुपर्ने भयो । अब मेरो शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, राजेन्द्र स्थापित, रबीन सायमी, श्यामल, विमल निभा, हरिशरण फुयाल, अग्निशिखा, नरनाथ लुईंटेल इत्यादि धेरै जनासँग परिचय भयो र नजिकपन बढ्न थाल्यो ।
त्यस समय ‘दृष्टि’ र ‘छलफल’ दुवै कालिमाटीको पुरानो ट्ेरडल मेसिनमा ढिकी कुटेझैं लिडका अक्षरहरू कम्पोज गरेर पेज मेकिङ गरेर निस्कन्थ्यो । कालिमाटीको सुनकोसी प्ेरस पुग्दा पहिलो दिन कुन्दन अर्याल, उत्तम महत, प्रदीप भट्टराई, भीमसेन राजबाहक आदिसँग भेट भयो । मैले ‘छलफल’ पनि रेखदेख गर्ने माइन्युटिङ भए पनि त्यो काम कहिल्यैं गरिनँ । किनभने मलाई मैले त्यसो गर्नु पत्रकारहरूको लेखाइको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ । साथै म ‘दृष्टि’को प्रधान सम्पादक भएको हुनाले ‘दृष्टि’प्रति बढी सार्वजनिक जिम्मेवारी पनि थियो । यो कुरा ‘दृष्टि’मा काम गर्ने पत्रकारहरूको रुचिअनुसार पनि थियो । किनभने एउटै पार्टीको दुवै साप्ताहिक हुँदाहुँदै पनि दुवैका बीच भित्री प्रतिस्पर्धा पनि थियो ।
हरेक जीवनमा झैं हरेक पत्रिकाको जीवनमा पनि गौरव गर्ने क्षण र दिनहरू हुन्छन् । म प्रधान सम्पादक भए पनि सिकारु थिएँ । तर, ‘दृष्टि’मा काम गर्ने मैले माथि नाम लिएका पत्रकारहरू पहिलेदेखि कै पेसेवर प्रकाशक, कार्टुनिस्ट, स्तम्भकार, अन्तर्वार्ताकार, संवाददाता थिए ।
प्रधान सम्पादक भएपछिका घटनाक्रमहरूबाट मैले शिक्षा प्राप्त गरेर भनें– प्रधान सम्पादक आफूमाथि स्वतन्त्रतापूर्वक लेख्ने होइन योग्य पत्रकारहरूलाई पनि आफू जत्तिकै सम्पादकीय र संवादको स्वतन्त्रता दिनुपर्छ साथै प्रविधि पनि अद्यावधिक हुनुपर्छ ।’
मैले काम गर्न थालेको पहिलो दिनदेखि नै प्रकाशक शम्भु श्रेष्ठले भन्न थाल्नुभयो– ‘ढिकीमा चामल कुटेझैं दुई दिन लगाएर साढे आठ हजार प्रति छापेर अब अफसेटको सफा प्रिन्ट फास्ट टाइप र बिहान हुँदा नहुँदै हकरहरूको हातमा पत्रिका नपुगे ‘दृष्टि’ उभो लाग्दैन ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा