24th October 2018, Wednesday

E-budhabar

राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश



 काठमाडौं । सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा आगामी ८ गते विपक्षीलाईसमेत झिकाएर सो विषयमा टुङ्गो लगाइने भएकाले त्यसअवधिसम्मका लागि राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगराउन भनिएको छ । गणतन्त्र कोरिया, इजरायल, जापान र श्रीलङ्काका लागि सिफारिसमा परेका एमाले राजनीतिक पृष्ठभूमिका प्रस्तावित राजदूतहरु युवराज कार्की, शिवमाया तुम्बाहम्फे, खड्गबहादुर केसी र नारदनाथ भारद्वाजले गत २१ साउनमा सरकारले आफूहरुको नाम संसदीय सुनुवाइका क्रममा गैरकानुनी तरिकाले फिर्ता गरेको  भन्दै गत ३१ साउनमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उनीहरुले संसदीय सुनुवाइ समितिबाट बहुमतले सुनुवाइ गर्न नपर्ने भनी गरेको निर्णय संविधान विपरीत भएको उल्लेख गर्दै उत्प्रेषणको आदेशले बदर गर्न तथा तत्कालका लागि नयाा राजदूत नियुक्ति नहुनेगरी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरेका थिए ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा