27th May 2019, Monday

E-budhabar

पत्रकारको सीप परीक्षण किन आवश्यक ?



कि परेर जानिन्छ, कि पढेर । बूढापाकाले भनेका यी र यस्ता थुप्रै भनाइहरू सान्दर्भिक छन् । अहिले नेपालि पत्रकारिताका क्षेत्रमा योग्यता परीक्षणका कुरा जोडतोडले बहसमा आइरहादा केहि पत्रकार भन्नेहरू, जो पत्रकारिताको आवरणमा अनेक धन्दामा छन्, उनीहरूका होसहवास उडेको देखिएको छ । यो पेसा हो भन्न हिच्किचाउनुपर्दैन । पेसा मर्यादित र व्यावसायिक बनाउन दक्षता आवश्यक हुन्छ नै । दक्षता त्यतिबेला हुन्छ, जतिबेला पूर्ण शिक्षाको अभ्याससहित सीपको विकास गरिन्छ ।
मेरा एकजना मित्र, जो पोखरामा निजी स्कुल चलाउाछन्, उनले केही दिनअघि आफ्नो फेसबुक वालमा लेखेका थिए– ‘प्रिय विद्यार्थी ! तिमी नोकर होइन, मालिक बन । तर, मलाई शंका छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ? तिमी आफैं पढ्दैनौ, तिमीलाई पढ भन्नुपर्छ, तिमी आफैं लेख्दैनौ तिमीलाई लेख भन्नुपर्छ । तिमी आाफै सबेरै उठ्दैनौ तिमीलाई सबेरै उठ भन्नुपर्छ । तिमी आफंै अनुशासनमा बस्दैनौ तिमीलाई अनुशासनमा बस भन्नुपर्छ । सधैं आदेश दिइराख्नुपर्ने नोकरलाई हो, मालिकलाई होइन । सधैं बटन थिचिराख्नुपर्ने मेसिनलाई हो मान्छेलाई होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ । प्रिय विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुा भन्ने थाहा हुन्छ उसलाई कसैले पढ भन्नुपर्दैन ऊ आफंै पढ्छ, उसलाई कसैले लेख भन्नुपर्दैन ऊ आफैं लेख्छ । उसलाई कसैले सबेरै उठ भन्नु पर्दैन, ऊ आफैं सबेरै उठ्छ । उसलाई कसैले गृहकार्य गर भन्नुपर्दैन, ऊ आफैं गृहकार्य गर्छ । किनकि, मालिकलाई थाहा हुन्छ, आज म जे गर्दै छु त्यो अरू कसैका लागि होइन, मेरा लागि गर्दै छु ।’
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापि मालिक बन्न सक्दैन, उसले सधैं अरूको आदेश पर्खिरहन्छ । तर, जसलाई स्कुल लेबलमै मालिक बन्ने बानी परेको हुन्छ, ऊ वास्तविक जीवनमा कदापि अरूको दास बन्दैन, ऊ आफ्नो जीवनको मालिक आफैं बन्छ ।
‘प्रिय विद्यार्थी ! तिमी आज कसैका लागि होइन, आफ्ना लागि पढ्दै छौ । तिमी एकपटक आफंैले आफंैलाई हेर त, अब तिमी बच्चा छैनौ र तिमी पशु पनि होइनौ । यसर्थ, आफ्नो लगाम अरूको हातमा नदेऊ, आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय…’
कुरा अति गहन र मार्मिक छ । आफ्नो व्यावसायिक कार्य कुशलता वृद्धिका लागि मात्रै होइन, सामाजिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न पनि जनताको सूचनाको हकलाई सही र ठीक ढंगले स्थापित गराउन पनि सीप परीक्षण अत्यावश्यक छ । माथि भनिएजस्तै गर्ने भनेको आफ्ना लागि आफैंले हो । आफ्नो क्षमता भएर मात्रै हुादैन, त्यसलाई समयको मागअनुसार अपग्रेड गर्न सकिएन भने त्यो एक दिन काम नलाग्ने त हुन्छ नै, थप ऊ त्यो पेसाबाट नै विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ ।
तसर्थ, हालसालै प्रेस काउन्सिलले पत्रकार आचारसंहिता योग्यता परीक्षणको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । यो सकारात्मक भए पनि यो आफंैमा पूर्ण छैन । यसमा भएका कतिपय अव्यावहारिक पाटाहरूलाई संशोधनसहित जारी गर्नुपर्छ । शिक्षकको योग्यता परीक्षण भएकै छ । लाइसेन्स लिनेले मात्रै शिक्षक हुन पाउाछ । अन्य निजामती निकायलगायत सबैमा त्यो प्रावधान विद्यमान भएको अवस्थामा यसलाई नकार्नु हामीले आफ्नै क्षमता बढाउन नकार्नुजस्तै हो ।
भर्खर प्रजातन्त्र फस्टाउादै गर्दाको अवस्था र अहिलेको अवस्था एकै ठाउामा राखेर विश्लेषण गर्नु आम पत्रकारका लागि पनि हितकर छैन । आम सञ्चार, पत्रकारिताको पढाइ पनि अब विशिष्ट र जरुरी देखिन्छ ।
रेडियो, छापा, टेलिभिजनका पृथक् धारहरूको छुट्टाछुट्टै योग्यता परीक्षामार्फत लाइसेन्स र अनि बल्ल पत्रकारिताको सुरुवाती गर्ने खुड्किलो निर्माण गरिनुपर्छ । पत्रकार सूचनाको प्रेषक हो, जसले सूचना कसरी निर्माण गर्ने र त्यसलाई कसरी व्यवस्थित ढंगले मार्यादित बनाउने भन्ने जिम्मेवारीपूर्वक जान्न जरुरी छ ।
यसो भनिरहादा दशकौ पत्रकारिता गरिसकेका र परेर पत्रकारितामा दिग्गज भएकाहरूलाई अपमान गर्न खोजिएको होइन । ती आदरणीय व्यक्तिहरू जसको जगमा उभिएर नेपाली सञ्चार र पत्रकारिताले दशकौं पार गर्‍यो उनीहरूका लागि छुट्टै योग्यता परीक्षणको सम्मानित व्यवस्था गरिनुपर्छ । प्रवेशीहरूलाई अब पृथक् दायराको व्यवस्था नै पत्रकारितालाई मार्यादित र व्यावसायिक बनाउने उपाय हो ।
कमर्स पढ्यो, शिक्षा पढ्यो वा अरू कुनै विषय पढ्यो, कामचलाउ प्रमाणपत्र बोकेर पत्रकारिता गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ. त्यसमाथि पनि मिडियामा लगानी गरेर उद्यमीको पगरी गुथ्ने अनि न्यूनतम बााच्ने आधार पनि सिर्जना नगर्ने गरीपारिश्रमिक नदिने वा महिनौं काममा लगाएर विनाकारण कामबाट निकाल्ने प्रथाको अन्त्य गर्न पनि जरुरी छ । सोका लागि लगानीकर्ताको परीक्षण र योग्यता पनि परीक्षणसहित निर्धारण गर्नु जरुरी भएको छ । सामान्य साक्षर लगानीकर्ताले सम्पादकीय क्षमतामा गर्ने हस्तक्षेपले पनि अभिव्यक्ति तथा निष्पक्ष सूचनाको सम्प्रेषणमा बाधा पुर्‍याइरहेको छ । पत्रकारको योग्यता परीक्षण आवश्यक छ, तर आम परिस्थिति अनुकूल मापदण्ड निर्धारण जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा