21st September 2018, Friday

E-budhabar

नेतृत्व छान्दैछन् कर्मचारी



काठमाडौं । २७ दिनपछि हुने नेपाल निजामती कर्मचारी संगठनको दसौं राष्ट्रिय महाधिवेशनका लागि कर्मचारीहरू अहिले नेता छान्न व्यस्त रहेका छन् । यही मंसिर ४ गतेसम्म जिल्ला र विभागीय कार्यसमितिको अधिवेशन सम्पन्न गरिसक्ने योजना बनाइएकाले पनि देशैभरिका निजामती कर्मचारीहरू नेता छान्नमै व्यस्त रहेका हुन् । अहिलेसम्म ७५ जिल्ला र ४२ विभागीय कार्यसमितिमध्ये ३५ वटा समितिको अधिवेशन सम्पन्न भएको छ ।

हिजो मात्र संगठनका केन्द्रीय अध्यक्ष मोहन घिमिरेले भक्तपुर जिल्ला अधिवेशन, गृह मन्त्रालय तथा श्रम मन्त्रालयको विभागीय कार्यसमितिको अधिवेशनमा सहभागिता जनाए । अहिलेसम्ममा मोरङ, सुनसरी, धनकुटा, भोजपुर, बाँके, मकवानपुर, चितवन, कास्की, मनाङ, कपिलवस्तु, अर्घाखाँची जिल्ला समिति तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल ट्रस्टको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महालेखा परीक्षकको कार्यालय तथा मन्त्रालयहरूमा पर्यटन, शिक्षा, सहरी विकास, भौतिक योजना, कानुन, शान्ति र युवा तथा खेलकुद मन्त्रालयलगायतको अधिवेशन सम्पन्न भइसकेको छ । नेतृत्व चयनमा एकाधबाहेक सर्वसम्मत रूपमा चयन भएको बताइन्छ ।

हरेक अधिवेशनहरू सर्वसम्मत रूपमा चयन भएकाले केन्द्रीय नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गर्न नेतृत्वलाई दबाब परेको छ । संगठनका नेताहरूलाई भन्दा मातृ पार्टी एमालेका नेताहरूलाई संगठनको नेतृत्वको बढी चिन्ता लागेको देखिएको छ । यसले गर्दा अस्वस्थ प्रतिस्पर्धाजस्तो देखिए पनि कर्मचारीका नेताहरू भने सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेका छन् ।

मंसिर ४ सम्ममा मातहतको अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइए पनि छठलगायतका कारणले मधेसका जिल्लामा अधिवेशन गर्न केही ढिलाइ हुने देखिएको छ । तर, मंसिर ११–१२ गतेसम्म सबै अधिवेशन सिध्याउने केन्द्रीय सचिवालयले योजना बनाएको छ । कात्तिक २८ गते नै संगठनका केन्द्रीय अध्यक्ष घिमिरेले नेपालगञ्जमा मूल व्यवस्थापन समितिको सचिवालयको उद्घाटन गरिसकेका छन् । अहिले स्थानीय संयन्त्र परिचालन भएर महाधिवेशनको पूरा तयारी थालिएको छ । लगभग अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी हजार जनालाई खानेबस्ने व्यवस्थाका लागि तयारी थालिएको छ । अहिलेसम्म लगभग १ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधि चयन भइसकेका छन् ।

संगठनको नयाँ कार्यसमिति ९९ सदस्यीय प्रस्ताव गरिएको छ भने उपमहासचिव तीनजना, हरेक प्रदेशमा प्रादेशिक उपाध्यक्ष तथा प्रदेश कमिटी कार्यकारी किसिमको हुने र उक्त कमिटीमा अध्यक्ष र महासचिवको प्रस्ताव गरिएको छ । महाधिवेशका लागि संगठनका तर्फबाट निर्वाचित आधिकारिक टे«ड युनियनका सबै अध्यक्ष तथा ११ सदस्यीय केन्द्रीय समितिका गरी ९१ जनाका लागि स्वतः प्रतिनिधिको मान्यता दिने निर्णय भइसकेको छ । आगामी महाधिवेशन नेताभन्दा पनि नीतिमा केन्द्रित हुने र सर्वसम्मत रूपमा ट्रेड युनियन अधिकार व्यवस्थापन गर्न सक्ने आँटिलो र जुझारु नेतृत्व चयन गरिरने अध्यक्ष घिमिरेले जनाए ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा