24th October 2018, Wednesday

E-budhabar

अयोग्य लडाकु माओवादीका लागि ‘पिलो’



काठमाडौं । माओवादी ‘जनमुक्ति सेना’का अयोग्य लडाकु अन्ततः माओवादीकै लागि ‘पिलो’ सावित भएका छन् । माओवादी नेतृत्वका लागि तिनै लडाकु अहिले सबैभन्दा बढी टाउकोदुखाइ बनेका हुन् ।शान्ति प्रक्रियामा मध्यस्थता गर्न आएको संयुक्त राष्ट्रसंघीय मिसनले २ हजार ४ लडाकुलाई अयोग्य भन्दै उनीहरूका लागि ६ वटा विकल्प दिएको थियो । जसमा शिक्षा, प्राविधिक सीप, गाउँमै पुनःस्थापनालगायतका विकल्पहरू थिए । तर, माओवादी नेतृत्वले ती कुनै पनि विकल्पमा सहभागी हुन दिएन । माओवादी सेनाका तत्कालीन प्रवक्ता तथा हाल प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले ‘लडाकुलाई मगन्ते बनाउन खोज्दै छन्, हामी झुक्नुहँुदैन’ भन्दै ती विकल्प रोज्न चाहनेलाई पनि नदिएको बताइन्छ ।

विकल्प रोज्न नदिएकै कारण आफूहरूको जीवन बर्बाद भएको निष्कर्षमा पुगेका उनीहरूले पार्टी नेतृत्वसँग आफूहरूलाई लगाएको ‘अयोग्य’को ट्याग सरकारले फिर्ता लिनुपर्ने माग गरेका थिए । माओवादी नेतृत्वले उक्त ट्याग फिर्ता दिलाउने र २ लाख रूपैयाँ दिने भने पनि पार्टी तीनपटकसम्म सरकारमा पुग्दासम्म ती माग सम्बोधन गर्न तत्पर नदेखिएपछि अहिले संगठित भएर पार्टी नेतृत्वविरुद्ध खनिएका छन् । अयोग्य लडाकुको संख्या २ हजार भए पनि अहिले करिब ८ सय संगठित भइसकेको बताइन्छ । उनीहरूले गत हप्ता माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पनि घेराउ गरेका थिए । माग पूरा गर्न दबाब दिन पार्टी कार्यालय जाँदा आफ्नै पार्टीले प्रहरी लगाएर नियन्त्रणमा लिएको भन्दै उनीहरू थप आक्रोशित बनेका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा