21st September 2018, Friday

E-budhabar

चुनावमा छक्का–पन्जा चल्दैन : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव गर्ने विषयमा छक्का–पन्जा गर्नै नसक्ने बताएका छन् । स्थानीय तह कर्मचारी संघको अधिवेशन शनिबार उद्घाटन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।
‘स्थानीय तहको निर्वाचन हुन्छ, तर सरकारको ताल हेर्दा कहिले हुन्छ भन्न सकिने स्थिति छैन, ओलीले भने, ‘प्रधानमन्त्रीलाई भेटेरै भन्छु, चुनावको छक्का–पन्जा फिल्म त चल्ला, तर एमालेलाई चल्दैन ।’ उनले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचन घोषणा नहुने हो भने सरकारको औचित्य सकिनेसमेत स्पष्ट पारे । ‘चुनाव तुरुन्तै घोषणा गर्नुपर्छ, त्यसो गरिँदैन भने यो सरकारको औचित्य सकिन्छ,’ ओलीले भने ।
संघीयतापछि मुलुकमा निर्वाचनबाट स्थानीय तहको सरकार निर्माण हुन लागिरहेकाले निर्वाचित भएर आउने राजनीतिक नेतृत्वलाई कर्मचारीहरूले आवश्यक सहयोग गर्नुपर्नेमा ओलीले जोड दिए ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा