17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

मैले यसकारण एमाले रोजें



मैले यसकारण एमाले रोजें

लेनिनले एउटा उक्ति भन्नुभएको थियो, ‘यदि तपाईंले राजनीतिलाई हस्तक्षेप गर्न सक्नुभएन भने राजनीतिले तपार्इंको जीवनलाई हस्तक्षेप गर्छ ।’ समयको एउटा चक्रमा मेरो जिन्दगीमाथि पनि धेरै ठूलो राजनीति भयो । सामाजिक सञ्जालमा मेरा बारेमा धेरै प्रतिक्रिया आएका छन् । कसैले राजनीतिमा गएर ठीक ग¥यो भनेका छन् । कसैले राजनीतिमा जानुहुँदैन भनेका छन् । मैले आफूलाई कहिल्यै राजनीतिमा आउन कोसिस गरेको थिइनँ । म मुलुकको एउटा महŒवपूर्ण निकायमा महŒवपूर्ण योगदान दिएर यो जीवन मुलुकप्रति समर्पित गरेको सिपाही हो । हिजोसम्म म सिपाही थिएँ । तर, राजनीतिले यस्तो अवस्था बनाइदियो, परिस्थितिले यस्तो मोड लियो कि मैले राजनीतिलाई नअँगाल्ने हो भने मेरो अस्तित्वमाथि प्रश्नचिह्न खडा हुन्थ्यो । मैले मेरो अस्तित्व जोगाउन, हिजो मुलुकलाई दिएको योगदान, उत्साह कम हुन नदिन राजनीतिमा आएको हुँ ।
सभ्य समाज वा राष्ट्रमा राज्य भनेको एउटा अभिभावक हो । राज्यले आफ्ना नागरिकमाथि कानुनबमोजिम बराबरको व्यवहार गर्नुपर्छ, जुन ममाथि भएन । मलाई सोधिन्छ, ‘तपाईं राज्यका विरुद्ध किन अदालत जानुभयो ?’ ए बाबा ! ममाथि राज्यबाट अन्याय भएपछि म कहाँ जाऊँ ? संविधानले नै तिमीमाथि अन्याय भएको छ भने न्याय माग्न अदालत जाऊ भनेको छ । म न्याय माग्न जानु के अन्याय हो ? प्रजातन्त्रको सुन्दरता भनेको शक्तिको पृथकीकरण हो । मुलुकलाई, प्रजातन्त्रलाई अगाडि बढाउन ती विभिन्न अंगले योगदान गरिरहेका हुन्छन् । अन्याय सहेर बस्नु अपराध सहेर बस्नुजस्तै हो । मैले अन्याय सहे भने अरू हजारौंले सहन पुग्लान् । मजस्तो शिक्षित, देश, विदेश र संसार घुमेको, बुझेको, राजनीति, दर्शन, समाज बुझेको मान्छे आफू अन्यायमा पर्दा चुप लागेर बसें भने अन्यायमा परेका लाखौं नागरिकको के हालत होला भनेर म एमालेको ब्यानरमा उभिन पुगेको छु । मुलुकमा लाखौं नागरिक अन्यायमा परेका छन्, उचनीचमा परेका छन्, पीडामा परेका छन् । ती सबैको प्रतिनिधि पात्रका रूपमा म छु । म ती अन्याय र पीडामा परेका सबै नागरिकलाई एमालेको ब्यानर र आदर्शमुनि सँगै बसेर मुलुकलाई अगाडि बढाउन आह्वान गर्छु ।
राजनीतिमै जानु थियो भने किन एमालेमै गएको त भन्ने प्रश्न पनि छ । ऐतिहासिक नेताहरूले नेतृत्व गरेको पार्टी एमालेको जुन आर्दश, सोच र दृष्टिकोण छ, एमालेले मुलुकलाई जुन दिशा दिएको छ, यहाँ बसेपछि हामीजस्ता मुलुकका लागि केही गरांै, समृद्धिका लागि अगाडिको बाटो खोलौं भन्ने आकांक्षा राख्नेहरूलाई यो पार्टीले प्रशस्त सम्भावना दिएको छ । अरू धेरै पार्टी छन्, जसमा देखाउन प्रजातान्त्रिक मुहार र गैरप्रजातान्त्रिक व्यवहार छैन । यो पार्टीले समाजवादको वैज्ञानिक विश्लेषण गरेको छ । विकासको सोच परिवर्तन भइरहेको यस्तो समयमा यो पार्टीले मात्र विकासका नयाँ सोच र अवधारणा अगाडि बढाउन सक्छ भन्ने मेरो ठम्याइका कारण मैले एमाले रोजेको हुँ ।
मान्छेले जीवनमा आ–आफ्ना ठाउँबाट योगदान गर्दै जाने हो । यो क्रममा मान्छेले आफ्नो उत्तरार्धमा तीन कुरा सोच्छ रे । के मैले सही अर्थमा जीवन बाँचें त ? अर्को, के मैले जीवनलाई माया गरें त ? मैले मेरो राष्ट्र, मेरो माटोलाई माया गरें ? तेस्रो, मेरो बाच्नुको अर्थ रह्यो कि रहेन ? भनेर सोच्छ रे । यी तीनै प्रश्नको जवाफ खोज्ने सिलसिलामा एमाले मात्र यस्तो छहारी भेटें, जहाँ सम्भावनाहरू छन्, सुदूर भविष्य उज्ज्वल छ । यो संयोग पनि हो, नेपालको राजनीतिमा अहिले नै एउटा ऐतिहासिक घटना भयो । इतिहासमा यस्ता घटना बिरलै हुन्छन् । देख्दा सामान्य नेताले गरेको सामान्य निर्णयजस्तो लाग्छ तर त्यस निर्णयले नै नेतालाइ युगपुरुष बनाइदिन्छ । एमाले अध्यक्ष र माओवादी अध्यक्षको नेतृत्वमा नेपालको राजनीतिलाई नयाँ आयाम दिने जुन निर्णय भएको छ, त्यो नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महŒवपूर्ण घटना हो । हामीलाई मुलुकको माया छ । हामी पनि चाहन्छौं, राजनीतिक स्थायित्व होस् । राजनीतिक स्थायित्वबिना प्रगति सम्भव छैन । अब हामीले आर्थिक समृद्धि प्राप्त गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक स्थायित्वको आवश्यकता छ । यहाँबाट यो मोडबाट त्यो सुरु भएको छ । अर्को पार्टीका साथीहरू पनि मोर्चा बनाउन लाग्नुभएको छ । त्यो पनि स्वागतयोग्य कदम छ । जनताका साथमा जाऔं, आफ्ना कुरा राखौं, मार्गचित्र प्रस्तुत गरौं र जनताको मन जितेर पाँच वर्षका लागि आफ्ना योजना कार्यान्वयन गरौं । यसो गरे मात्र हामीले मुलुकलाई समृद्ध बनाउन सक्छौं । २१औं शताब्दीको आवश्यकता पनि यही हो । चीन र भारतजस्ता मुलुक जसरी अगाडि बढेर गएका छन्, हामी सुतेर, हामी राजनीतिक पार्टीहरू एकअर्कासँग झगडा गरेर बस्ने समय छैन । अब इतिहासले हामीलाई माफ गर्ने अवस्था छैन । अहिले लिएको निर्णयले नेताहरूलाई इतिहासले युगपुरुषका रूपमा प्रस्थापित गर्नेछ भन्ने मलाई लाग्छ । साथीहरूले म बाट धेरै अपेक्षा गर्नुभएको छ । आउने दिनमा मेरा कथाहरू सबैलाई सुनाउँदै जान्छु । म सबैलाई उत्प्रेरित पनि गर्दै जान्छु । यो मुलुक हाम्रो हो । हामी माया गर्छौं, प्रेम गर्छौं मुलुकलाई । यो मुलुकका लागि हामी एकताबद्ध भएर काम गर्छौं । हाम्रा युवा विभिन्न देशमा गएर जीवन धानिरहेका छन् । रेमिट्यान्स पठाइरहेका छन् । यसमा हामी गर्व गरिरहेका छौं । तर, के यसको मूल्य हामीहरूलाई थाहा छ ? दिनमा १५ सय बिदेसिन्छन् । वर्षमा १८ सय लास भित्रिन्छन् । घरहरू छिन्नभिन्न छन् । परिवारहरू छिन्नभिन्न छन् । सामाजिक अस्तव्यस्तता छ । परिवार विघटित छन् । त्यसको मूल्य राज्यले तिर्न सक्छ ? हामीले हाम्रा युवाहरूलाई यही रोजगारीका अवसर दिनुपर्छ । कृिषमा आधुनिकीकरण गर्नुपर्छ । जलस्रोतको अपार सम्भावनाको यही सदुपयोग गर्नुपर्छ । र, मुलुकलाई समृद्ध बनाउनुपर्छ । यसमा एमालेको योजना, दृष्टिकोणमा म एउटा कार्यकर्ताका रूपमा योगदान गर्नेछु । हिजोसम्म मैले राज्यको एउटा इमानदार सिपाहीका रूपमा मुलुकको सेवा गरेको थिए भने अब एमालेको इमानदार सिपाहीका रूपमा मुलुकको सेवा गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा