24th October 2018, Wednesday

E-budhabar

गजलमा छन्दको स्वर



गजलमा छन्दको स्वर

जीवन, बहुआयामिक संरचनाहरूमा बाँधिएका छन् । प्रेम, स्नेह, आकांक्षा, स्वप्न र विषादजस्ता अनेकन् मोडहरू पार गर्न जीवन अभिसप्त छ । जीवनका तिनै बहुविध पक्षहरूलाई गजल सर्जक जगन्नाथ दाहालले आफ्नो सिर्जनाको मझेरीमा सजाउन चाहेका छन् । र, दाहालले नवीन गजलकृति ‘बाँसुरीको धून’भित्र आफ्नो गजल लेखन कलालाई हदैसम्म माझ्ने प्रयत्न गरेका छन् ।
दाहालको गजल लेखनको मैदान विस्तृत प्रतीत हुन्छ । एउटै विषयवस्तुमा अल्झिएर उनी लेख्न चाहँदैनन्, बहु–सन्दर्भीय विषयवस्तुलाई उनले लेखनको तख्तामा उभ्याएका छन् । उनी कतै चन्द्रमाको सुन्दरता देखेर मुग्ध हुन्छन्, कतै रात्रिकालीन समयमा आकाशबाट खसेको तारा हेर्दै द्रविभूत हुन्छन् । अझ, बाँसुरीको धूनमा लठ्ठिँदा त उनी यी हरफहरू जन्माउन बाध्य देखिन्छन्,
‘लुकाए, छ कस्ले÷धूनै बाँ, सुरीमा
पिरै नष्ट पार्ने गुनै बाँसुरीमा
सबै पीर–चिन्ता मिटाएरै बस्नै
छ को नै अछूतो कुनै बाँसुरीमा’
प्रखर राष्ट्रवादी स्वर पनि उनको लेखनको अर्को सशक्त पाटो हो । बेलाबखत छिमेकी राष्ट्रहरूले आफ्नो अहम् प्रदर्शन गर्ने गरेका छन् । ठूलो र समृद्ध राष्ट्र हुनुको अहंकारबोधले साना राष्ट्रहरूमाथि आफ्ना महत्वाकांक्षा लाद्ने कार्यलाई राष्ट्रवादी स्वर चम्काउनेहरूले सदैव अस्वीकार गर्दै आएका छन् । उनको
पहिलेका अधिनायक पनि त्यस्तै बोल्थे
अबलाई नचिताऊ जड माटा छैनन्’
यो दाहालको छन्द बहरबद्ध गजल कृति हो, जहाँ शास्त्रीय, फारसी बहर, लोकलय झ्याउरे, सवाई, सममात्रिक गरी सयवटा गजल रहेका छन् । गजलप्रति अभिरुचि राख्नेहरूका निम्ति यो कृति फलदायी हुने देखिन्छ ।
कृति ः बाँसुरीको धून
विधा ः गजल
गजलकार ः जगन्नाथ दाहाल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १०४
मूल्य ः १५०।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा