16th October 2018, Tuesday

E-budhabar

६ नम्बर प्रदेशबाट गैरआवासीय संयोजक हटाउन माग



काठमाडौं । नेकपा (एमाले) प्रदेश नम्बर ६ का नेताहरूले पार्टीका शीर्ष नेताहरूलाई भेटेर उक्त प्रदेशका संयोजक हटाउनेसहित तीनवटा माग राखेका छन् । पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेदेखि लिएर उक्त प्रदेशवाट संघ तथा प्रदेशमा विजयी सांसदहरूको टोलीले पार्टी एकतापछि सो प्रदेशवाट स्थायी कमिटीमा प्रतिनिधित्व हुनुपर्ने, उक्त प्रदेशवाट केन्द्र सरकारमा एक मन्त्री हुनुपर्ने र मुख्यमन्त्री पनि एमालेबाटै हुनुपर्ने माग राखेको हो ।
अहिले प्रदेश नम्बर ६ बाट पार्टीको स्थायी कमिटीमा प्रतिनिधत्व नै छैन । प्रदेश नम्बर ५ को दाङमा घर भएका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश नम्बर ६ को संयोजकको जिम्मेवारी दिइएको छ । भोलि माओवादी केन्द्रसँग पार्टी एकता हुँदा पनि पार्टीको संगठन मजबुत रहेको सो प्रदेशमा एमालेकै नेतृत्व होस् भन्नका लागि पनि स्थायी कमिटीमा प्रतिनिधित्वको माग गरिएको बुझिएको छ । सो प्रदेशबाट स्थायी कमिटीमा पार्टीको प्रतिनिधत्व नभएका भोलि प्रदेश कमिटीको नेतृत्व माओवादी केन्द्रको हातमा जाने भन्दै उनीहरूले नेताहरूको ध्यानकर्षण गराएका हुन् । माओवादीमा जनार्दन शर्मा, शक्ति बस्नेतजस्ता प्रभावकारी नेता प्रदेश नम्बर ६ कै छन् ।
टोलीले ६ नम्बर प्रदेशमा मुख्यमन्त्री एमालेले नै पाउनुपर्ने माग गरेको छ । सो प्रदेशका ४० सिटमध्ये ५० प्रतिशत अर्थात् २० सिटमा एमालेले जितेको हुनाले मुख्यमन्त्री एमालेबाटै हुनुपर्ने उनीहरूको माग छ । त्यसबाहेक अब बन्ने केन्द्र सरकारमा एक मन्त्री सो प्रदेशको हुनुपर्ने माग गरिएको छ ।
यो टोलीमा ६ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद तथा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला तथा यमलाल कँडेल, वैकल्पिक पोलिटब्युरो सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढा, नवराज राउत, जाजरकोट अध्यक्ष करवीर शाही, दैलेख अध्यक्ष रवीन्द्रराज शर्मालगायत थिए । उनीहरूले सुरुमा महासचिव ईश्वर पोखरेललाई भेटेका थिए । भेटमा पोखरेलले राम्रो प्रस्ताव भन्दै प्रशंसा गरेका थिए । त्यसपछि सो टोलीले उपाध्यक्ष वामदेव गौतमलाई भेटेको थियो । गौतमले भने यस्ता प्रदेशपिच्छेका माग ल्याएर कसरी साध्य हुन्छ भन्दै असन्तुष्टि जनाएको टोलीमा संलग्न एक सांसदले बताए । सो टोलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि भेटेको थियो । अध्यक्ष केपी ओलीलाई भेट्न अनेक प्रयत्न गर्दा पनि समय नदिएको बुझिएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा