21st September 2018, Friday

E-budhabar

पार्टी एकताका ६ आयाम



पार्टी एकताका ६ आयाम

१. ऐतिहासिक आवश्यकता र आकस्मिकता ः समाजका अन्तरविरोधहरू कहिले नियमिततामा र कहिले आकस्मिकतामा परिचालित हुन्छन् । घटनाहरू पनि कहिले छालका रूपमा र कहिले ज्वारभाटाका रूपमा अभिव्यक्त हुन्छन् । पार्टीहरू पनि कहिले फुट्छन् र कहिले जुट्छन् । विशेषतः सामाजिक अन्तरविरोधहरू नियमित रूपमा अभिव्यक्त हुँदा हामी सबैले चाल पाउँछौं । तर, कहिलेकाहीँ आकस्मिकतामा घटना घट्छन्, परिणामपछि मात्र हामीले अनुभूत गर्छौं । वाम गठबन्धन, चुनावी तालमेल र पार्टी एकताको घटनाहरू पनि यस्तै प्रवृत्ति हो, जो परिणामपछि मात्र हामीले चाल पायौं । तर, यसका पछाडि इतिहासको बोध र आवश्यकता अभिव्यक्त भएको छ र ऐतिहासिक मूल्यांकन पनि जोडिएको छ ।
जसरी २०२८ सालमा एमालेको धार ‘एक्स्ट्रिम’ थियो, त्यस्तै २०५२ सालमा माओवादी पनि ‘एक्स्ट्रिम’ थियो । ती ‘एक्स्ट्रिम’ मूलधारमा आउँदा त्यसको राजनीतिक नामकरण एमालेले बहुदलीय जनवाद ग¥यो भने माओवादीले एक्काइसौं शताब्दीको जनवाद । दुवैले नया“ जनवाद छाडेर बहुदल र एक्काइसौं थपेर जनवादलाई पुच्छरमा राखेर संसदीय प्रतिस्पर्धाको राजनीतिमा आए । अब यी दुवै पार्टीको मुख्य नारा समाजवाद बन्यो, वैधानिक रूपमा पनि । संविधानमा पनि यिनीहरूले यो शब्द राख्न सफल भए । वर्ग संघर्ष, अन्तरसंघर्ष, सशस्त्र संघर्ष र शान्तिपूर्ण आन्दोलनका अनुभवसहित यी दुई पार्टी मोटोमा समाजवाद भन्न आइपुगे, करले, बलले, जानेर, नजानेर, बुझेर, नबुझेर, आवश्यकताले, बाध्यताले ।
यो राजनीतिक घटना वर्ग संघर्षका हिसाबले एउटा सकारात्मक प्रवृत्ति बन्न पुग्यो । यो सकारात्मक ऐतिहासिक आवश्यकता पनि बन्न पुग्यो । ०६२÷६३ पछिको जनतामा चुलिएको वाम निराशालाई आशामा फेर्ने औजार बन्यो । जसरी निर्दलपछि बहुदल आउँदा जनता आशावादी थिए, त्यस्तै बहुदलपछि गणतन्त्र आउँदा पनि जनता आशावादी थिए । त्यस्तै, आशा वाम गठबन्धनले जगायो ।
२. जनताको संलग्नता ः कुनै पनि घटनालाई जनताको समर्थन छ कि छैन भन्नेले त्यसको वैज्ञानिकता पुष्टि गर्छ । नेपाली जनमत वाम बाहुल्य थियो, तर विभाजित रूपमा अभिव्यक्त हुन्थ्यो । आफूलाई विभाजित रूपमा अभिव्यक्त गर्दा नै यिनीहरूले आफ्नो स्वतन्त्रताको अनुभूति गरेको ठान्थ्यो । र, एकले अर्कालाई निषेध गर्दा नै आनन्दानुभूति गर्थे । यसबाट आफूलाई राजनीतिमा श्रेष्ठताको अर्थमा बुझ्थ्यो र बुझाउँथ्यो । तर, अहिलेको गठबन्धन प्रक्रियाले जनताको चाहना र मनोविज्ञान भने चुनावी परिणामले प्रस्ट पा¥यो । कार्यकर्ता र जनताको तहमा एकता प्रधान देखियो । जनता वामहरूको एकता चाहँदा रहेछन् भन्ने कुरा पनि परिणामले पुष्टि ग¥यो । धेरै कालपछि जनता मजाले खुसी भए । यो खुसी तालमेलका लागि मात्र होइन, एउटै कम्युनिस्ट केन्द्र बनाउन पनि हो भन्ने बुझ्नुपर्छ । अतः वाम तालमेल र पार्टी एकताको अर्थ वाम जनमतको चाहना हो भन्ने नै पुष्टि भएको छ ।
३. बहुदलीय जनवाद कि एक्काइसौं शताब्दीको जनवाद ः यी दुवै जनवाद माओका सहप्रोडक्सन हुन् । हामी दुवै पार्टी नौलो जनवादी थियौं । चीनको विशेषतामा आधारित नौलो जनवाद हामी कहा“ फिट खाएको थिएन । हाम्रा महŒवाकांक्षालाई पूरा गर्न पनि हामीले केही नया“ भन्नैपथ्र्यो । परिस्थिति पनि नया“ बनेकै थियो । हामीले मूलतः पुँजीवादलाई स्विकार्दै प्रतिस्पर्धामा आउनु नै थियो । त्यसो गर्दा नौलो जनवाद छाड्नुपर्ने हाम्रो आवश्यकता र बाध्यता बन्यो । साथै, कम्युनिस्ट आन्दोलनमा सोभियत रुसपछिको परिस्थितिको प्रेसर पनि थियो । त्यो स्थितिमा ०४६ सालको जनआन्दोलनपछि जबजको उदय भयो । जबज दक्षिणपन्थी भयो भन्दै हामी माओवादी वामपन्थको खोजीमा जनयुद्धमा गयौं, नौलो जनवादका नाममा । तर, एक दशकभित्र परिस्थिति फेरियो भन्दै पुनः एक्काइसौं शताब्दीको जनवादको आविष्कार ग¥यौं, पुँजीवादस“ग सम्झौता गर्दै पुँजीवादस“गै प्रतिस्पर्धा गर्ने राजनीतिको कोर्स बनायौं । आज हामी दुवै पार्टीसँग दुईवटा जनवादका नाम छन् । तर, ती दुवै जनवादलाई हामी दुवै पार्टीले कति न्याय गरेका छौं, त्यो विश्लेषणको अर्को पाटो छ । अथवा यिनीहरूलाई कति विकसित गरेका छौं, त्यो आफ्नो ठाउँमा छ, तर हामीले नढाँटी भन्दा पुँजीवादी व्यवस्थालाई स्वीकार गर्न यी आविष्कार गरेका हौं । र, हाम्रो सशस्त्र संघर्षलाई बिसाउने वैचारिक दिशाका रूपमा यी दुई जनवादलाई हामीले भ¥याङ बनाएका हौं । अतः इतिहासका एकै प्रकृतिका भिन्नभिन्न समयका यी जनवाद नेपाली वर्गसंघर्षका उत्पादन हुन् भन्न हामी हिच्किचाउनुपर्दैन । आज हामीले एकताका लागि दुवै जनवादको प्रगतिशील भूमिका थियो भनेर उच्च मूल्यांकन गर्दै समाजवादको ढोका खोल्न प्रयत्न गर्नु नै वस्तुवादी निर्णय हुन सक्छ । जहाँसम्म हामीले भन्दै आएको माओवाद वा माओ विचारधारा यो सैद्धान्तिक प्रश्न हो । योस“ग जबज जोड्ने कुरा सही होइन ।
४. नेतृत्वको प्रश्न ः नेतृत्वको सवाल भविष्यको सवाल हो । नेतृत्वको सवाल राष्ट्र, जनता र कार्यकताको मनोविज्ञानस“ग जोडिएको प्रश्न पनि हो । यसलाई गणितले मात्र निर्धारण गर्दैन । यो जोडिन्छ राष्ट्रको भविष्यस“ग र जोडिन्छ विश्वासस“ग । तर, नेपालको कम्युनिस्ट आन्दोलन नेतृत्वको महŒवाकांक्षाले फुटेका छन् र महŒवाकांक्षाले जोडिएका पनि छन् । त्यसैले, हामीले अब नेतृत्वसम्बन्धी मानकको निर्धारण नया“ मानकका साथ गर्नुपर्दछ । यी दुई पार्टीबीचको एकताको आधार पनि नेतृत्व हो । अतः दाया“ वा बाया“बाट नेतृत्वलाई अवमूल्यन गर्ने प्रश्न यो घडीमा न्यायिक छैन । कमरेड केपी ओली र कमरेड प्रचण्डले यो अभियान सुरु गर्नुभयो, अबका मुख्य नेताहरू उहा“हरू नै हो । उहाँहरूमा पनि को ? भन्ने प्रश्न उठेको छ । यसलाई प्रेसरको, गणितको, इज्जतको विषय बनाउनुहुँदैन । उहा“हरू पछि को ? भनेर आजै हामीले लिनप्याओको खोजी गर्नुहुँदैन । जनता, कार्यकर्ता यी दुवै नेतालाई नेता मान्ने मनोविज्ञानमा छन् । यी दुई नेताबीच तुलना गरेका छैनन् । बरु, हामीले तुलना गरेका छौं । यी दुई पार्टीका एकताको मनोविज्ञानलाई ख्याल गर्दा यी दुवै आजका नेता हुन् । अतः कमरेड ओली र कमरेड प्रचण्डको समझदारीलाई मुख्य आधार बनाएर कार्य विभाजन गरिनुपर्छ । यी दुवै नेतामा शंकाको परिस्थिति नबनोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ र उहा“हरूको निर्णयलाई नै प्राथमिकतामा राख्नुपर्छ ।
५. माक्र्सवाद–लेनिनवाद–माओवाद सम्बन्धमा ः मूलतः हामी दुवै पार्टी माक्र्सवादी हौं, आजको साम्राज्यवादीविरुद्ध समाजवादको युगमा । माक्र्सवादी भनेको लेनिनवादी पनि हो । लेनिनवादी भनेको माओवादी हो कि होइन भन्ने प्रश्न एमाले पंक्तिमा छ । एमाले धारको जन्म कट्टर माओ विचारधाराबाट नै भएको हो । मुख्य स्कुलिङ पनि माओ विचारधारा नै हो । तर, ०४६÷४७ सालको आन्दोलनपछि सामान्तवाद र साम्राज्यवादसँग सम्झौंता गर्ने बाध्यात्मक परिस्थिति, त्यो बेला एक ध्रुवीय विश्व व्यवस्था हुनु, सोभियत संघको विघटन हुनु, माओको कुरा त्यो बेला गर्नु अति क्रान्तिकारी हुनुले एमालेले यी सबै परिस्थितिबाट बच्न माओ विचारधारा छोडेको देखिन्छ । आज त्यो परिस्थिति छैन । विश्व बहुध्रुवीय भयो । त्यसैको परिणाम कट्टर माओवादी एमालेस“ग एकता गर्न आइपुग्यो । अब नेपालमा माओवाद भन्दा कुनै प्रतिक्रियावादी र साम्राज्यवादी तर्सनुपर्ने परिस्थितिको अन्त्य भइसक्यो । अतः माक्र्सवाद–लेनिनवाद भन्न हुने र माओवाद भन्न नहुने भन्ने तर्क पुष्टि हुन सक्दैन ।
६. भविष्यको बाटो समाजवादको बाटो ः हामी एमाले र माओवादी सरकारका नया“ खेलाडी होइनौं । सत्ताको प्रश्न भने हामीले छोडिसकेका छौं । आजका मितिसम्म माओवादी र एमालेको सरकारले क्रान्तिकारी भूमिका खेल्न सकेको छैन, सामान्य सुधारका भूमिका मात्र खेलेका हुन् । हामी सरकारको निम्ति न्यु टेस्ट होइनौं, आजको मितिसम्म जनताले हाम्रो ल्याकत देखेका छन् र भोगेका छन् । तर, यसपटक एउटै कम्युनिस्ट पार्टी, स्थायित्व, समृद्धि र समाजवादका निम्ति हामीले सामूहिक रूपमा पहिलोचोटि भोट मागेका हौं । यो भने नया“ परिघटना हो । यसलाई जनताले अनुमोदन गरेका छन् । तर, हामीले समृद्धि र समाजवादी बाटोबारेमा गम्भीर बहस गरेका छैनौं । हामीले सोच, चिन्तन र प्रवृत्तिमा समाजवाद स्थापित गर्ने कुरा प्राथमिकता हो । त्यो प्राथमिकतालाई केन्द्रमा राखेर समाजवादको ढोका खोल्नुपर्दछ । जुन कुरा सम्भावना र चुनौती दुइटै छ । यसका लागि जनतालाई विश्वासमा लिने, अति सैद्धान्तिकीकरणको बहसबाट होइन, व्यवहार अनुकूल बहसलाई उठाउँदै मुख्यतः जनताका दैनिक समस्याहरूलाई केन्द्रमा राख्ने प्रवृत्तिको विकास गरिनुपर्छ । जनतालाई निराश हुनबाट बचाउने बाटो अवलम्बन गरिनुपर्छ । यसो गरिँदा दुई पार्टीको संयुक्त योगदान र एकताको आधार समाजवादमा खोजिनुपर्छ । यो नै एकताको मुख्य आधार हुनेछ ।
अबको बाटो समाजवादको भनिरहँदा हामी चीन, रुस, क्युबा, भियतनाम होइन, ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनका नजिक पुगेका छौं । यी नै हाम्रा एकताका आयाम हुन सक्छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा