21st September 2018, Friday

E-budhabar

समृद्धिका लागि कम्युनिस्ट एकता



समृद्धिका लागि कम्युनिस्ट एकता

६८ वर्षअघि सुरुआत भएको नेपालको कम्युनिस्ट आन्दोलनले आजसम्मको आफ्नो जीवन, राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, समानता तथा जनजीविकाका लागि संघर्ष गर्दै बिताएको छ । छोटो अवधि अल्पमत र संयुक्त सरकार सञ्चालन गर्ने मौका पाए पनि कम्तीमा एक कार्यकाल (पा“च वर्ष) मुलुक चलाउने मौका नपाएका कारण कम्युनिस्टहरूले आफ्नो योग्यतापूर्ण रूपमा देखाउन पाएका छैनौं । जनमतका आधारमा कम्युनिस्टहरू आरामदायी बहुमतमा रहे पनि विभाजनका कारण निर्वाचनबाट एक्लै बहुमत प्राप्त गर्न नसकिएको तीतो विगत छ । यसका लागि बाहिरी रूपमा अरू कारणहरू पनि होलान्, आन्तरिक रूपमा हामी कम्युनिस्टहरू नै जिम्मेवार छौैं । यसअघि एमाले नेतृत्वको संयुक्त सरकार तथा दुई कम्युनिस्ट पार्टी मिलेर बनेका दुईवटा संयुक्त सरकारहरू पनि हामी टिकाउन सकेनौं । यही पृष्ठभूमिमा २०७४ मंसिरमा आयोजित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा १७ असोज २०७४ का दिनमा महŒवपूर्ण समझदारी भएपछि मुलुकको राजनीति तरंगित भएको छ र यसले कार्यकर्ता पंक्तिलाई उद्वेलित बनाएको छ, वाम समर्थक जनसमुदायलाई उत्साहित बनाएको छ, देशको परिस्थितिले नया“ मोड लिएको छ । तत्कालै निर्वाचनमा होमिनुपर्ने भएका कारण निर्वाचनमा दुई पार्टीबीच तालमेल गर्ने र निर्वाचनलगत्तैै पार्टी एकता गर्ने र देशलाई स्थायित्व, सुशासन, विकास र समृद्धि दिने उक्त घोषणालाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेर हामीलाई झन्डै दुई तिहाइ मत दिएका छन् । यस अर्थमा हाम्रो निर्णय जनताबाट अनुमोदन भएको छ र अब एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर वास्तविक अर्थमा मुलुकको आमूल परिवर्तनमा लाग्ने कार्यभार प्राप्त भएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन ः जनताको आन्दोलन
नेपालको कम्युनिस्ट आन्दोलन सुरुदेखि नै जनतास“ग एकाकार भएका कारण अरू देशको तुलनामा यसका विशेषताहरू फरक छन् । दस्तावेजमा गरिने विश्लेषण र अपेक्षाहरूले जबसम्म जनतालाई छु“दैन, तबसम्म कुनै पनि कम्युनिस्ट पार्टी वास्तविक अर्थमा जनताको नेता बन्न सक्दैन । यही मान्यतालाई आत्मसात् गर्दै हामीले कम्युनिस्ट आन्दोलनको विकास गरेका छौं । नेपालका सन्दर्भमा तीनवटा कारणले गर्दा कम्युनिस्ट आन्दोलन जनताको आन्दोलनका रूपमा स्थापित भएको छः
(क) लोकतन्त्रको अगुवा ः कुनै बेला थियो, लोकतन्त्रको प्रसंग उठ्नासाथ नेपाली कांग्रेसको नाम लिने गरिन्थ्यो । राणशासनविरुद्ध स्थापना भएको र त्यसविरुद्ध लडेको पार्टी भएका कारण मानिसहरू कांग्रेसलाई लोकतन्त्रको पर्याय नै ठान्थे । फेरि परम्परागत रूपमा कम्युनिस्टहरूले बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्दैनन् भन्ने मान्यताका आधारमा पनि हामीलाई बहुदलीय लोकतन्त्रका हिमायतीका रूपमा लिइ“दैनथ्यो । तर, हामीले ३० वर्ष लामो पञ्चायती व्यवस्थाविरुद्ध जनताका बीचमा पुगेर जसरी संगठन ग¥यौं, उनीहरूलाई सचेत पा¥यौं र जनआन्दोलनको उठान ग¥यौं, त्यसले जनताका बीचमा हामीलाई कसैले प्रश्न उठाउन नसक्ने गरी स्थापित ग¥यो । जननेता मदन भण्डारीको अगुवाइमा विकसित जनताको बहुदलीय जनवादले हामीलाई सही मार्गदर्शन गरेका कारण हामी नै नेपालमा लोकतन्त्रका सच्चा हिमायती र पहरेदार हौं भन्ने कुरा स्थापित भएको छ । लोकतन्त्रका मामिलामा हामीप्रति कुनै सन्देह हुन नसक्ने जुन परिस्थिति निर्माण ग¥यौं, यसबाट हामी नै जनताका सा“चो प्रतिनिधि हौं भन्ने कुुरा छर्लंग भएको छ ।
(ख) राष्ट्रियताको पहरेदार ः नेपालमा राजतन्त्रले लामो समयसम्म राष्ट्रियताको गलत व्याख्या गरेर आफूलाई सुरक्षित गर्ने कोसिस गरिरह्यो । राजा रहे मात्र मुलुक जोगिन्छ, राजतन्त्रले आफू र आफ्ना सन्तानका लागि भए पनि मुलुकको सुरक्षा गर्छ भन्ने मान्यता विकास गराएर त्यसैका आधारमा शासन गरेको राजतन्त्रलाई राष्ट्रियताका प्रश्नमा कम्युनिस्ट पार्टीहरूले नै चुनौती दिए । कही“कतै हाम्रो एक इन्च जमिन मिचि“दा होस् वा हाम्रो मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तामाथि आ“च आउने कुनै सवाल उठ्दा होस्, त्यसविरुद्ध पहिलो आवाज उठाउने नै नेपालका कम्युनिस्टहरू हुन् । छिमेकीहरूस“गको सम्बन्धलाई सन्तुलित बनाउने, विगतमा भिन्न परिवेशमा भएका असमान सन्धि–सम्झौताहरूलाई समयानुकूल बनाउने, राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने र विश्व मानचित्रमा नेपाललाई सार्वभौमसत्ता सम्पन्न स्वाभिमानी मुलुकका रूपमा खडा गर्ने कामको नेतृत्व नेपालका कम्युनिस्टहरूले गरेका छन् । जनताबीच आन्तरिक एकतालाई बलियो बनाए बाह्य शक्तिहरूस“ग समभावका साथ सम्बन्ध राख्ने र नेपालको हित प्रवद्र्धन गर्ने कामको अगुवाइ गरेकै कारण हामीलाई जनताले राष्ट्रियताको असल पहरेदारका रूपमा स्वीकार गरेका छन् । हामीले हासिल गरेको यो महŒवपूर्ण उपलब्धि हो ।
(ग) जनताको हित पक्षपोषणकर्ता ः हामी जनतास“ग जोडिएको मुख्य प्रश्न उनीहरूको जीवनस“ग जोडिन सक्नु हो । जनताले भोगेका समस्याहरूलाई समाधान गर्ने कामको अगुवाइ कम्युनिस्टहरूले नै गर्दै आएका छन् । अन्याय, अत्याचार, शोषण, उत्पीडन, असमानता, विभेद र पछौटेपनका विरुद्धमा न्याय, समानता र जनजीविकाको विषयमा जोडदार आवाज उठाउने, जनचेतना जगाउने, संगठन बनाउने र जनतालाई आन्दोलित गर्ने नै नेपालका कम्युनिस्ट हुन् । सरकारमा हु“दा सरकारी तवरबाट उनीहरूका समस्या समाधान गर्ने र सरकारमा नहु“दा सडकबाट संघर्ष गरेर उनीहरूको आवाज मुखरित गर्ने काममा हामीले सदैव नेतृत्व गर्दै आएका छौं । भ्रष्टाचार, ढिलासुस्ती, भेदभाव, अस्तव्यस्तता, मह“गी, बेरोजगारीजस्ता विषयहरूमा हामीले निरन्तर रूपमा आवाज उठाउ“दै आएका कारण जनताले हामीलाई आफ्नै नेता मानेका छन् ।
यिनै कारणहरूले गर्दा हाम्रो आन्दोलनप्रति आमजनताको आशा, भरोसा र विश्वास बढेको हो । अहिलेको एकता प्रक्रियामा जनताले देखाएको उत्साहले पनि यसलाई प्रस्ट पार्दछ ।
कम्युनिस्ट एकता ः आजको आवश्यकता
समाजवाद हु“दै साम्यवादमा पुग्ने विषयमा कम्युनिस्टहरूबीच एकमत रहे पनि कार्यनीतिमा एकमत हुन नसक्दा अलगअलग कम्युनिस्ट पार्टीहरू अस्तित्वमा रहेका कारण जनमत एक ठाउ“मा पर्न पाएन । एक किसिमले हेर्दा ससाना कम्युनिस्ट पार्टी हुनु पनि नराम्रो होइन । किनभने, कुनै एउटा कम्युनिस्ट पार्टीबाट असन्तुष्ट भएको मानिस सीधै बुर्जुवा पार्टीमा जा“दैन, अर्को कम्युनिस्ट पार्टीमै बस्छ । तर, हाम्रो अभियान यतिले मात्र पूरा हु“दैन । हामी एउटै बलियो पार्टी बनाएर मुलुक परिवर्तन गर्ने अभियानमा छौं । त्यही भएर हाम्राबीचमा पार्टी एकता महŒवको विषय भएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लामो समयसम्म अलगअलग धारको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीका रूपमा क्रियाशील रहे । हामीले आफ्नो नेतृत्व र जनताको बलमा बहुदलीय व्यवस्था ल्याएपछि त्यसलाई उपयोग गरेर जनतालाई अधिकारसम्पन्न बनाउन सकिन्छ भन्ने मान्यतामा विश्वास ग¥यौं र जनताको बहुदलीय जनवादलाई सुरुमा कार्यक्रम र पछि सिद्धान्तका रूपमा स्वीकार गरेर अघि बढ्यौं । उता माओवादी भने सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ जनयुद्धको कार्यनीति लिएर त्यसलाई कार्यान्वयन गर्न लाग्यो । यसमा हाम्राबीचमा गम्भीर मतभिन्नता मात्रै रहेनन्, व्यवहारमै समेत फरकफरक अवस्थासमेत रह्यो । तर, नेपालमा शान्ति प्रक्रिया सुरु गर्ने, त्यसलाई निष्कर्षमा पु¥याउने, त्यसका लागि गणतन्त्र स्थापना गर्ने, संघीयतामा जाने, जनतालाई अधिकारसम्पन्न बनाउनेजस्ता विषयमा भने हाम्रा बीचमा पछिल्ला दिनमा सहमति बन्यो र फरक पार्टी रहेरै हामीले आ–आफ्ना ठाउ“बाट मिलेर यी कामहरू सम्पन्न ग¥यौं र जनमतमार्फत आमूल परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताका साथ हामी विगत १० वर्षदेखि एउटै कार्यनीतिमा छौं । यसबीचमा पार्टी एकताका प्रसंगहरू पनि नउठेका होइनन् । तर, विविध कारणले तिनले निष्कर्ष प्राप्त गर्न सकेनन् ।
स्थानीय तहको निर्वाचनले पनि दुवै पार्टीलाई केही सोच्न उत्पे्ररित गरेको थियो । दुई ठूला कम्युनिस्ट पार्टीहरू मिल्ने हो भने मुलुकमा के हुने रहेछ भन्ने एउटा संकेत गरेको थियो । दुवै पार्टीमा यसबारे गम्भीरतापूर्वक छलफल चलिरहेको थियो । दुई पार्टीको सरकार टिक्न नसकेपछि त्यसका कारणहरूबारे पनि छलफल नभएको होइन । यी सबै पृष्ठभूमिमा २०७४ असोज १७ गते दुई पार्टीबीच औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर भएपछि नेपालको कम्युनिस्ट आन्दोलनले नया“ छलाङ हानेको छ । अब हामीले यसलाई सफलतापूर्वक निष्कर्षमा पु¥याएर नया“ नेपाल निर्माणको अभियानको नेतृत्व गर्नुपर्छ । निर्वाचनमा हामीले दुई पार्टीका बीचमा सिटको तालमेल गरेका थियौं, जनताले हामीलाई निर्वाचनमा जिताएका छन् । यसबाट हामी उत्साहित भएका छौं र एकता प्रयासलाई सार्थक निष्कर्षमा पु¥याउन विलम्ब गर्नुहु“दैन भन्ने निष्कर्षमा पुगेका छौं ।
हामीले दुई पार्टीबीच तालमेलको निर्णय गर्नासाथ दुवै पार्टीका नेता–कार्यकर्ताबीच मात्र होइन, आमजनतामा समेत सकारात्मक प्रतिक्रिया उत्पन्न हुनुले पनि हाम्रो एकताको अनिवार्यतालाई इंगित गर्दछ । राजनीतिमा ३ र ३ मिल्दा ६ हु“दैन, गुणन भएर ९ हुन्छ । अहिलेको चुनावमा पनि हामीले त्यो देखेका छौं । एकतापछि हाम्रो पार्टी अझ बढी मजबुत हुनेछ भन्ने यसले पनि प्रस्ट पारेको छ ।
अबको कार्यभार ः समृद्ध नेपाल
हामी राजनीति गर्न मात्र राजनीतिमा लागेका होइनौं । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हु“दा हामीले राणाशाहीलाई फालेर लोकतन्त्र ल्याउने भनेको राजनीतिका लागि मात्र थिएन । हामी लोकतन्त्रमा जनताको सुन्दर र सुखी जीवन बनाउन चाहन्थ्यौं । हाम्रो त्यो उद्देश्य आजसम्म पूरा भएको छैन । अहिले दुई कम्युनिस्ट पार्टीबीचको एकता त्यसैका लागि हो । बलियो कम्युनिस्ट पार्टी र त्यसको सरकारले मात्र मुलुकमा आमूल परिवर्तन गर्न सक्छ भन्ने मान्यताका साथ हामीले राजनीतिक स्थिरता र समृद्धिमा जोड दिएका छौं ।
हामीले राजनीतिक परिवर्तनको एक चक्र पूरा गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि अब यसलाई जनताको आधारभूत जीवनस“ग जोडेर जाने नै हाम्रो अहिलेको मुख्य कार्यभार हो । त्यसका लागि आर्थिक क्रान्तिको नया“ यात्रामा अगाडि बढ्नुपर्छ । आर्थिक–सामाजिक रूपान्तरणका लागि हामीले अहिले निम्नलिखित पा“चवटा मुख्य कार्यभारमा ध्यान दिनु आवश्यक छ ः
(क) राजनीतिक स्थिरता र सुशासन
हामीले लामो समयसम्म राजनीतिक स्थिरता कायम गर्न सकेनौं । अहिलेसम्म कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गर्न नसक्ने अनि बहुमत प्राप्त गरेको नेपाली कांग्रेसले कहिल्यै पनि त्यसलाई जोगाउन र राष्ट्र तथा जनताको हितमा प्रयोग गर्न नसक्ने अवस्थाका कारण मुलुकको विकासले गति लिन सकेन । अनि जेजति समय वाम नेतृत्वको सरकार रहेको छ, त्यसले राम्रो कामको अधिकतम प्रयास गरेको छ । अबको पा“च वर्ष हामीलाई कुरा मात्र गर्ने छुट छैन, जनता काम हेर्न चाहन्छन् । सरकार कसरी चलाउनुपर्छ र सुशासन कस्तो हुन्छ भन्ने उदाहरण हामीले दिनुपर्छ । जरा गाडेको भ्रष्टाचारलाई उखेलेर फाल्ने काममा हामीले उदाहरण देखाउन सक्नुपर्छ । त्यसका लागि गतिशील, बलियो र प्रस्ट दृष्टिकोणसहितको सरकार निर्माण गर्नुपर्छ । अब सबै किसिमको ढिलासुस्तीलाई र प्रशासन संयन्त्रको चक्रव्यूहबाट मुक्त भएर अघि बढ्न सक्नुपर्छ । बिनापैसा कुनै काम नबन्ने र बिनापैसा नोकरीसमेत नपाइने अवस्थाबाट देशलाई मुक्त गरी विधिसम्मत र पारदर्शी कामको परिपाटी स्थापित गर्नुपर्छ । हामीले ठूल्ठूला परियोजना सञ्चालन गर्दा एकद्वार नीति अवलम्बन गर्नुपर्छ । प्रत्येक परियोजनाको नियमित अनुगमन गर्ने परिपाटी स्थापित गर्नुपर्छ र काम छिटोछरितो रूपमा छिटो टुंग्याउने गरी लाग्नुपर्छ । छिटो र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, ढिलो र नराम्रो काम गर्नेलाई दण्डित गर्ने प्रणाली लागू गर्नुपर्छ । सबै योग्य र सक्षम व्यक्तिलाई कामको जिम्मेवारी दिनुपर्छ । हामीले अध्ययन, अनुसन्धान, नया“ खोज र प्रयोगका निम्ति प्रतिभाशाली र इमानदार व्यक्तिको छनोट गर्नुपर्छ । तिनीहरूलाई अघि बढ्न उत्पे्ररित गर्नुपर्छ । यसका लागि मानव संसाधनको विकासमा विशेष ध्यान दिनुपर्छ ।
(ख) दूरगामी योजना निर्माण
हामीले २०५१ सालमा ‘आफ्नो गाउ“ आफैं“ बनाऔं’ कार्यक्रम सुरु गरेपछि सिंहदबारबाट गाउ“मा रकम जाने प्रक्रियाले गुणात्मक फड्को मारेको छ । जनता आफैं“ले पनि श्रमदान गरेर विकास निर्माणमा सहभागिता जनाउने अभियान चलाएका छन् । अहिले गाउ“मा जाने रकममा ठूलो मात्रामा बढोत्तरी भएको छ । यसबाट सानातिना योजनाहरू आफैं“ बनाउने र आफ्ना आवश्यकताहरू पूरा गर्ने क्रम जारी छ । स्थानीय तह अधिकारसम्पन्न भएपछि यसमा झन् सहजता आएको छ । त्यसैले सरकारको मुख्य ध्यान पूर्वाधार निर्माणका ठूला आयोजनाहरूमा केन्द्रित हुन आवश्यक छ । विमानस्थल, राजमार्ग, जलविद्युत्, उद्योगजस्ता विषयमा सरकारले ध्यान दिए दूरगामी महŒवका योजनाहरू निर्माण गर्नु आवश्यक छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयमा सम्पन्न गर्ने र थप योजनाका लागि दृष्टिकोणसहित कार्यक्रम अघि सार्ने काम गर्नुपर्छ ।
(ग) रोजगारी सिर्जना
हामीकहा“ ठूलो मात्रामा बेरोजगारी समस्या बढिरहेको छ । हरेक वर्ष श्रमबजारमा आउने लाखौं युवा जनशक्तिलाई हामीले काममा लगाउन सकिरहेका छैनौं । विद्यालय, विश्वविद्यालय तह सकेर कुनै रोजगारी पाउन नसकेका युवा बिदेसिन बाध्य छन् । अहिले हामीलाई मतदान गर्दा पनि जनताले बेरोजगारी समस्या समाधान हुने ठूलो आशा लिएका छन् । बिदेसिएका नेपालीहरूले त्यहा“ सिकेको श्रम र सीपलाई नेपालको विकासका लागि कसरी प्रयोग गर्न सकिन्छ ? अनि, हरेक बर्ष उत्पादन भइरहेको जनशक्तिलाई कसरी रोजगारी दिन सकिन्छ ? यसमा ध्यान दिएर पूर्वाधार विकास, पर्यटन, जलस्रोत, कृषिको आधुनिकीकरण, उद्योगहरूको स्थापना, खनिज पदार्थ उत्खनन, विज्ञान प्रविधिको विकासजस्ता क्षेत्रमा हामीले सम्पूर्ण रूपमा ध्यान दिन आवश्यक छ ।
(घ) सन्तुलित विदेश नीति अवलम्बन
हामी विश्वका दुई ठूला आर्थिक शक्ति– चीन र भारतका बीचमा छौं । द्रूततर रूपमा आर्थिक विकास गरिरहेका यी ठूला छिमेकीबाट हामीले यथोचित लाभ लिन सक्नुपर्छ । राष्ट्रिय स्वाभिमान, पारस्परिक सम्मान, एकअर्काका संवेदनशीलता र आवश्यकतालाई ध्यानमा राखेर हामीले सन्तुलित विदेश नीति अपनाउनुपर्छ । समदूरीका आधारमा होइन, समनिकटताका आधारमा हामीले हाम्रा छिमेकी तथा मित्रराष्ट्रस“गको सम्बन्ध विकास गर्ने र उनीहरूलाई हाम्रो विकास र समृद्धिको यात्रामा सद्भाव र सहयोग प्राप्त गर्ने गरी हाम्रो विदेश नीतिको अबको ध्येय हुनुपर्छ । हामी राष्ट्रिय पु“जीलाई महŒव दिन्छौं, साथै विदेशी पु“जी र प्रविधिलाई पनि आकर्षित गर्न चाहन्छौं । यसका लागि सबै खालका प्रयास अघि बढाउनुपर्छ ।
(ङ) समृद्ध नेपाल निर्माण
हामीले समाजवादउन्मुख संविधान निर्माण गरेका छौं र निर्वाचनका बेला कम्युनिस्ट पार्टीको सरकार बनाएर समाजवादको ढोका खोल्ने उद्घोष गरेका छौं । समाजवाद भनेको गरिबीको वितरण होइन, समृद्धिको प्राप्ति र न्यायिक वितरण प्रणालीको अवलम्बन हो । हिजो हाम्रा लागि गोलीको खतरा थियो, आज सत्ताको गोली त्यसभन्दा खतरनाक रूपमा देखा पर्न सक्छ । जनताको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीजस्ता अधिकारहरूलाई कार्यान्वयन गर्नेतर्फ हामी केन्द्रित हुनुपर्छ । हामी ‘सुखी नेपाली ः समृद्ध नेपाल’ बनाउन चाहन्छौं । जनताले त्यो अभिभारा हामीलाई दिएका छन् । यदि हामी यसमा चुक्यौं भने यो इतिहासमा क्षतिपूर्ति गर्न नसक्ने भूलका रूपमा दर्ज हुनेछ ।
उपर्युक्त उद्देश्य पूरा गर्ने गरी हामीले एकातिर वाम नेतृत्वको सरकार गठन गर्ने काममा तत्काल जुट्नु आवश्यक छ । संसद्मा रहेको वाम गठबन्धनका योग्य, इमानदार, सक्षम, स्वच्छ छवि भएको र काम गर्ने खुबी र क्षमता भएका व्यक्तिलाई सरकारको विभिन्न तहको जिम्मेवारी दिनुपर्छ ।
यसरी अब हाम्रासामु एकातिर सरकार निर्माण गर्ने अभिभारा रहेको छ भने अर्कोतर्फ २००६ सालमा कमरेड पुष्पलालले परिकल्पना गर्नुभएको एकीकृत कम्युनिस्ट पार्टीको निर्माण गर्ने काममा जुट्नुपर्छ ।
पार्टी एकताको कुरा गर्दा यसका दुईवटा अलग–अलग पक्षमा व्यापक छलफल चलाउन दुईवटा कार्यदल गठन गर्नुपर्छ । एउटाले सैद्धान्तिक, राजनीतिक र वैचारिक प्रश्नहरूबारे दुई पक्षका धारणाहरूमा एकरूपता बनाउन काम गर्नुपर्छ । सहमति हुन सकेका विषयहरूको पहिचान गर्ने र सहमति हुन नसकेका विषयको छिनोफानो गर्ने उपाय खोज्ने र समयक्रममा त्यसको टुंगो लगाउने काम गर्नुपर्छ । अर्कोतर्फ संगठनमा जिम्मेवारी दिन योग्य र सक्षम कार्यकर्ताको मूल्यांकन गर्दै उपयुक्त संगठनात्मक ढा“चा तयार गर्न र सबैको योग्यतानुरूप यथोचित व्यवस्थापन गर्ने कामका लागि अर्को कार्यदल गठन गर्नुपर्छ । हाम्रा कार्यकारी कमिटीहरू साना र छरिता बनाउनुपर्छ र त्यसमा योग्य र सक्षम व्यक्तिहरूलाई समावेश गर्ने अनि हरेक सदस्यलाई विभिन्न किसिमका संगठनमा आबद्ध गर्ने तरिका अवलम्बन गर्नुपर्छ ।
झन्डै ९ करोड पार्टी सदस्य रहेको चिनिया“ कम्युनिस्ट पार्टीमा २ सय जनाको केन्द्रीय कमिटी, २५ जनाको पोलिटब्युरो र सात जनाको स्थायी कमिटी छ । त्यसैगरी, भियतनामको कम्युनिस्ट पार्टीले पनि सानो र छरितो कमिटी निर्माण गरी पार्टी र राज्य सञ्चालन गर्ने काममा योग्यताका साथ जुटेको छ । अनि हामीले किन ठूला, भद्दा र प्रयोगहीन कमिटी बनाउने ? यस सम्बन्धमा व्यक्तिवादी, निम्न पु“जीवादी प्रवृत्ति अनि पदमुखी प्रवृत्तिविरुद्ध वैचारिक संघर्ष सञ्चालन गर्न तयार हुनुपर्छ । अहिले कम्युनिस्ट पार्टीमा हिजोको जस्तो त्याग, तपस्या, बलिदान र समर्पणको भावना रहेको पाइ“दैन । यसका निम्ति कम्युनिस्ट पार्टीमा देखिएका विकृति–विसंगतिविरुद्ध दह्रो वैचारिक र सांस्कृतिक आन्दोलन चलाई कम्युनिस्ट पार्टीको क्रान्तिकारीकरण गर्ने कुरालाई जोड दिनुपर्छ ।
यसरी काम गर्न सके कम्युनिस्ट पार्टी लोकप्रिय, जनमुखी र असल पार्टीका रूपमा जनतामाझ स्थापित हुन सक्छ, कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन सकिन्छ । पार्टीका कार्यकर्तालाई जनताबीच घुलमिल हुन, उनीहरूको समस्या समाधानमा लागिपर्न र जनता–पार्टीबीचको सम्बन्ध नङ र मासु, नदी र पानीको जस्तो बनाउन उत्पे्ररित गर्नुपर्छ । यस्तो पार्टीलाई कुनै प्रतिक्रियावादी शक्तिको पराजित गर्न सक्दैन । हाम्रो देशमा समाजवादको स्थापना गर्ने, सामाजिक न्याय र समृद्धि दिने क्षमता र संकल्प कम्युनिस्ट पार्टीमा मात्र रहेको कुरालाई हामीले व्यवहारमा देखाउनुपर्छ । यसका लागि दुई पक्षलाई एकताबद्ध गर्नेबाहेक अर्को विकल्प छैन ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा