21st September 2018, Friday

E-budhabar

अध्यागमनमा उस्तै सेटिङ



काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहेको सेटिङ अझै चुडिएको छैन । यसअघिसमेत पटकपटक पैसाको चलखेल गरी गैरकानुनी रूपमा मान्छे विदेश पठाउने काम हुँदै आएकामा गत हप्ता झनै ठुलो गिरोहको धन्दा पर्दाफास भएको छ । केही दिन अघि गैरकानुनी रूपमा विदेश उड्ने तयारी गरेका महिलालाई फिर्ता पठाएको अध्यागमनले फेरि नेपाली मूलका चार भारतीयलाई फिर्ता गरेको छ । यसले ठूला सेटिङमा उडानको काम भइरहेको र आपसमा लेनदेन नमिलेका कारण विषय सतहमा आएको देखिएको छ ।
फागुन १४ गते मंगलबार बिहान १० बजे उड्नुपर्ने विमानको उडान झन्डै डेढ घण्टा ढिलो हुन पुगेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान खोज्ने चार भारतीय पक्राउ परेपछि ढिलाइ भएको हो । निगमको आरए ४०९ कलसाइनको विमान हङकङको उडान भर्न तयारी अवस्थामा थियो । सबै यात्रु विमानभित्र बसिसकेका थिए । विमान चढ्ने भ¥याङयुक्त गाडी हटाएर विमानको ढोकासमेत बन्द गरिसकिएको थियो । तर, त्यति नै बेला अध्यागमनका उपसचिव दीपक नेपाल हतारहतार विमाननजिक पुगे । रनवेतिर दौडने अन्तिम तयारीमा रहेको विमानभित्र गैरकानुनी तबरले केही यात्रु पसेको सूचना पाएको भन्दै उनले विमान रोक्न संकेत गरे ।
तत्कालै विमानभित्र छिर्ने ¥याम्प बस ल्याइयो र विमानको ढोका खोलेर दुई यात्रुलाई निकालियो । अध्यागमन स्रोतका अनुसार एन ७१६१८८२ नम्बरको पासपोर्ट बोकेका जनक राई, आर २२१६४७९ नम्बरको पासपोर्टबाहक अमृता लामा, आर ५८५२९२० नम्बरको पासपोर्ट वाहक सोनी राई र पी ९९०३६१५ नम्बरको पासपोर्ट वाहक अनुशा तामाङ गैरकानुनी तबरले नेपालको बाटो हुँदै पर्यटक भिसामा हङकङ जाँदै थिए ।
यी चारै जना नेपालीमूलका भारतीय स्थलमार्गबाट केही दिनअघि मात्रै काठमाडौं आएका थिए । स्रोतका अनुसार चारै जनाको पासपोर्टमा यसअघि अन्य देश यात्रा गरेको रेकर्ड छैन । पर्यटक भिसामा तेस्रो देश पु¥याई त्यहाँबाट विभिन्न मुलुक पठाउने गिरोह सक्रिय हेको बेला अध्यागमनले विशेष सुराकीका आधारमा यो सूचना हात पारेको थियो ।
नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने भारतीयले काठमाडौंस्थित भारतीय दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्छ । स्रोतका अनुसार मानवतस्करले ‘सेटिङ’मा चारै जनालाई काठमाडौंबाट हङकङ उडाउँदै थिए । गैरकानुनी तवरबाट खाडीलगायत मुलुकमा नेपालको बाटो हुँदै भारतीय कामदार सप्लाइ गर्ने क्रम पछिल्ला केही महिनायता अध्यागमन अधिकारीहरूकै मिलेमतोमा चलेको स्रोतको दाबी छ ।
विमानस्थल अध्यागमन डेस्कका नइन्द्र पौडेलले ‘नो अब्जेक्सन लेटर’ नै नहेरी चारमध्ये दुई जनाको पासपोर्टमा डिपार्चर छाप हानेका थिए । सो कार्यमा अधिकृत प्रदीप ढकालको समेत हात रहेको बुझिएको छ ।
डिपार्चर छाप लाग्नेबित्तिकै ती दुई जना सजिलै विमानभित्र पुगेका थिए । अन्य दुईले भने भारतीय पासपोर्टमा नेपाली खोल हालेका थिए र उनीहरूसँग पनि ‘नो अब्जेक्सन लेटर’ थिएन । त्यसपछि विमानस्थलका अध्यागमन अधिकारीले उनीहरूसँग सोधपुछ थालेका थिए । ती दुई भारतीयले आफ्ना दुई साथी ‘नो अब्जेक्सन लेटर’ बिना नै विमानभित्र पुगिसकेको भन्दै आफूहरूलाई किन दुःख दिएको भनी प्रश्न गरेपछि बल्ल अध्यागमनका अधिकारीले विमान रोक्न लगाएका थिए ।
विमानस्थल अध्यागमनका प्रमुख होमनाथ थपलियाले नेपाली पासपोर्टको खोल हालेका दुईलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाइएको र विमानभित्रै पुगेका दुईको भने पासपोर्ट खोसेर राखिएको बताए । ‘नो अब्जेक्सन लेटर’ नभएकालाई डिपार्चरको छाप हान्ने अध्यागमन अधिकारीमाथि समेत अनुसन्धान थालिएको छ ।
उच्च स्रोतका अनुसार स्थलमार्ग हुँदै नेपाल छिर्ने र नेपालबाट पर्यटक भिसामा तेस्रो देश लगेर त्यहाँबाट खाडी मुलुक र अन्यत्र पठाउने मानव तस्करको गिरोह पछिल्लो समय सक्रिय भएको छ । पक्राउ परेका चार जनाको प्रकरणले यस्तो काम यसअघि पनि विमानस्थलमा हुने गरेको प्रस्ट भएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा