21st September 2018, Friday

E-budhabar

विश्व ट्रेड युनियन महासंघको बैठक सम्पन्न



विश्व ट्रेड युनियन महासंघको बैठक सम्पन्न

काठमाडौं । विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटीयू) को ४६ सदस्यीय केन्द्रीय कमिटी (प्रेसिडेन्सियल काउन्सिल) को वार्षिक बैठक फेब्रुअरी २७ र २८ मा इरानको राजधानी तेहरानमा सम्पन्न भएको छ । बैठकमा नेपालका आठवटा ट्रेड युनियन महासंघहरूको तर्फबाट पेसागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा डब्लूएफटीयूको प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालले भाग लिएका थिए ।

बैठकमा महासचिव जर्ज म्यार्भिकोजले सन् २०१७ मा साम्राज्यवादी अमेरिकाको नेतृत्वमा सिरिया, अफगानिस्तान, पेलेस्टाइन, लेबनान, इराकलगायतका देशहरूमा भएको हिंसात्मक गतिविधि, शरणार्थी जनताले भोगिरहेको कहालीलाग्दो स्थिति, पँुजीवादी आर्थिक संकटबाट श्रमिकहरूले भोगिरहेका समस्या, विश्वव्यापी रूपमा भएका श्रमिक आन्दोलन, श्रमिकले भोगिरहेका समस्या र उक्त महासंघले सञ्चालन गरेका गतिविधिबारे प्रस्तुत गरेको रिपोर्टमा समीक्षा हुनुका साथै सन् २०१८ का लागि वार्षिक कार्यक्रम पारित गरेको छ । जसअन्तर्गत नेपालमा आगामी अगस्टमा अन्तर्राष्ट्रिय स्तरको ट्रेड युनियन सेमिनार र श्रमिकहरूका लागि सामूहिक सौदाबाजी विषयमा विज्ञहरूबाट प्रशिक्षण प्रदान गर्ने योजना पारित भएको छ ।
बैठकले अक्टोबर ३ तारिख महासंघ स्थापनाको अवसरमा विश्वव्यापी रूपमा सबै देशमा ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ भन्ने मूलनाराका साथ गोष्ठी, भेला, श्रमिक प्रदर्शन, ¥याली, कार्यक्रमको आयोजना गर्ने, श्रमिकहरूलाई सबै महादेशका मुख्य केन्द्रहरूमा सघन ढंगले ट्रेड युनियन शिक्षा विषयमा प्रशिक्षण प्रदान गर्ने, गार्मेन्ट क्षेत्र र व्यापार क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहितका लागि नयाँ अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्र स्थापना गर्न बंगलादेश र लेबनानमा अन्तराष्ट्रिय श्रमिक भेला आयोजना गर्ने, सोभियत रुसको मस्कोमा युरो (एसिया सम्पर्क कार्यालय स्थापना गर्नेलगायतका निर्णय गर्दै आगामी वर्षको बैठक रुसको राजधानी एथेन्समा गर्ने निर्णय गरेको छ ।
सन् १९४५ मा स्थापना भएको यो महासंघमा विश्वका १ सय २६ देशका १० करोड श्रमिक आबद्ध रहेका छन् । विश्व ट्रेड युनियन आन्दोलनमा यो महासंघले मूलधारको रूपमा नेतृत्व गर्दै आएको छ । वामपन्थीहरूको वर्चस्व रहेको भन्दै पुँजीवादी, सोसल डेमोक्रेटहरूले छुट्टै अन्तर्राष्ट्रिय केन्द्रका रूपमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ आईसीएफटीयूलाई हाल आईटीयूसी सन् १९४८ बनाएका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा