21st September 2018, Friday

E-budhabar

आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको चासो गृहमन्त्रीको काबुबाहिर आईजी छनोट



आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको चासो  गृहमन्त्रीको काबुबाहिर आईजी छनोट

काठमाडौं । प्रहरी महानिरीक्षकको नियुक्ति जति नजिक आउँदै छ, त्यति नै विभागीय मन्त्री र मन्त्रालय नियुक्ति प्रकरण विवादित नबनोस् भन्दै पन्छिँदै छ । केही दिनभित्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीको भावी नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था भए पनि विभागीय गृह मन्त्रालयले यस सम्बन्धमा कुनै तयारी नै थालेको छैन । गत हप्ता प्रहरी महानिरीक्षक प्रकाश अर्यालले यो विषयमा सामान्य कुरा गर्न खोजे पनि गृहमन्त्रीले तत्काल केही हुँदैन चुप लागेर जानुस् भनेपछि सोमबारसम्म आईजीपी प्रकाश अर्याल मन्त्रालय गएका थिएनन् ।
प्रहरी संगठनको नेतृत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली आफंैले चासो दिन थालेका छन् । उनले केही दिनअघि नेतृत्वको विषयमा नर्सरी कक्षाजस्तो होइन पहिलो दोस्रो गरी छुट्ट्याउने, यो त सक्षमहरूले पाउने हो भनेपछि गृहमन्त्रीले खासै चासो नदिएको बुझिएको छ । खासगरी नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की प्रहरी नेतृत्व सम्हाल्न सक्षम प्रहरी अधिकृत हुन् । उनीहरू तीन जनामध्ये जो भए पनि प्रहरीले राम्रो नेतृत्व पाउने अपेक्षा गरिएको छ भने सशस्त्रमा शैलेन्द्र खनाल र पुष्पराम केसीले दाबी गरे पनि खनालकै पल्लाभारी रहेको छ । केसीभन्दा सात महिना अघि एआईजी भएका खनाल निर्विकल्पजस्तै हुन् ।
गत हप्ता गृहमन्त्री रामबहादुर थापाले यो विषय माथिबाट मिलाउँदै आउने हो अहिले केही गर्न सकिँदैन भन्दै वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई भनेपछि मन्त्रालयमा यो विषयले कुनै स्थान पाएको छैन । गत वर्ष प्रहरी महनिरीक्षकको नियुक्तिको विषयलाई लिएर शेरबहादुर देउवा आफैंले चासो दिएपछि विवाद मात्रै भएको थिएन, त्यसले राज्यसत्तामा समेत असर पारेको थियो । प्रहरी महानिरीक्षकको नियुक्तिले गर्दा गृहमन्त्रीसमेत छायामा परेका थिए । अहिले पनि गृहमन्त्री छायामा पर्ने परिस्थिति रहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रहरी नेतृत्व परिवर्तनदेखि सरुवाबढुवासम्मको अधिकार गृह मन्त्रालय र गृहमन्त्रीकै भए पनि प्रधानमन्त्रीको अनावश्यक चासोले प्रहरी संगठन नै धराशयी पर्ने अवस्थामा पुगेको छ ।
आउँदो २९ चैतपछि नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित १५ एआईजी ३० वर्षे सेवाअवधिका कारण अवकाश पाउँदै छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र केही प्रहरी महानिरीक्षक (डीआईजी) हरूले अवकाश पाउन लागेका हुन् । अवकाशकै मुखमा दुई एआईजी माधव नेपाल र रणबहादुर चन्द भने यतिबेला बिदामा बसेका छन् भने अन्य एआईजीहरू खटाइएकै स्थानमा कार्यरत रहेका छन् ।
२९ चैतदेखि नयाँ आईजीपीले प्रहरी संगठनको नेतृत्व गर्नेछन् । त्यसअघि नै प्रहरी महानिरीक्षक अर्याल बिदामा बसेर नयाँ हुने आईजीपीलाई काम गर्न सहज बनाउनुपर्ने भए पनि अर्याल स्वयं बहाल रहेका छन् । परम्पराअनुसार २९ फागुनदेखि नै अर्याल बिदामा बस्नुपर्ने थियो । प्रहरी नियमावलीअनुसार २९ चैत २०४४ बाट प्रहरी सेवामा प्रवेश गरेका सबै अधिकृत ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।
एआईजीहरू जयबहादुर चन्द, बमबहादुर भण्डारी, रणबहादुर चन्द, कमलसिंह बम, माधव नेपाल, हेमन्त पाल, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मधु पुडासैनी, पंकज श्रेष्ठ, मिङमार लामा, विजयराज भट्ट २९ चैतपछि प्रहरी सेवामा रहनेछैनन् । त्यसैगरी, डीआईजीहरू भोगबहादुर थापा, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, सुदीप आचार्य, पुस्कलराज रेग्मी, सुबोध घिमिरेले अवकाश पाउँदै छन् । यसअघि २९ चैत २०४४ सालमा सेवा प्रवेश गरेका कृष्णप्रसाद गौतम, बलराम शर्मा पौडेल, विष्णुहरि गौतमले केही दिनअघि एसएसपीबाट अवकाश पाइसकेका छन् । एक वर्षअघि सोही समूहका यादवराज खनाल, लव विष्टले अवकाश पाइसकेका छन् ।
खाली दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्ति विकासमा समस्या हुने देखिएको छ । यसले गर्दा उच्च प्रहरी अधिकारीहरूमा समेत निराशा छाएको छ । २९ चैतमै नेपाल प्रहरीको २६औं आईजीपीका रूपमा २० माघ २०४६ मा सेवा प्रवेश गरेको समूहले कार्यभार सम्हाल्ने मौका पाउँदै छ । सो समयमा सेवा प्रवेश गरेका सर्वेन्द्र खनाल, पुष्कर कार्की हुन् भने त्योभन्दा अघि ३० असार २०४५ र १ फागुन २०४५ मा सेवा प्रवेश गरेका क्रमशः उत्तम कार्की र रमेश खरेल पनि २६ आंै आईजीपीको प्रतिस्पर्धामा छन् । पछिल्लोपटक एसएसपीबाट बढुवा हुँदा सर्वेन्द्र खानल, रमेश खरेल, पुष्कर कार्की र उत्तम कार्कीलाई एकैसाथ बढुवा गरिएको थियो । यसपटक डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुँदा एकैपटक तीनवटा ब्याच बढुवा हुन सक्छन । २९ चैतपछि बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन् । त्यस्तै, १७ जना एसपीहरू एसएसपी हुनेछन्, ३० डीएसपीहरू एसपीमा बढुवा हुनेछन् । अघिल्लोपटक डीआईजी हुनबाट छुटेका दिनेश अमात्य र केदार रिजाल, पीताम्बर अधिकारी डीआईजीमा बढुवा हुनेछन् ।
एसपीबाट एसएसपीमा बढुवाका लागि सहकुलबहादुर थापा, अरणकुमार बीसी, विभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्रकुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रमबहादुर चन्द बढुवा हुनेछन् ।
डीएसपीहरू दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, भूपेन्द्र खत्री, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, वसन्त रजौरे, विनोद सिलवाल, दीप शमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् । उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधानलगायतको बढुवा हुनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा