21st September 2018, Friday

E-budhabar

नवीनाको चाहना, झपक्कै गहना



नवीनाको चाहना, झपक्कै गहना

केही दिनअघि युवा नेतृ नवीना लामा प्रणयसूत्रमा बाँधिइन् । देशको ठूलो र शक्तिशाली विद्यार्थी संगठनकी अध्यक्ष, सांसद एवं जल्दाबल्दा युवा नेतृको परिचय बनाएकी हुँदा उनको विवाहलाई सबैले चासोपूर्वक हेर्नु स्वाभाविकै हो । निश्चय नै सामाजिक जीवन बाँचिरहेकाहरूले विवाह गर्दा होस् वा अरू क्रियाकलापमा आफूलाई संलग्न तुल्याउँदा होस्, समाजको नजर पोखिन्छन् नै । युवा नेतृ नवीनाको विवाहलाई पनि तिनै सरोकारसँग जोडेर हेर्न सकिन्छ । तर, वैवाहिक जीवनयात्रा सुरु गरेकी नवीनालाई बधाई र शुभकामना दिनेहरूको लहर लामै रहे पनि विवाहका बेला उनमा देखिएको गहना–मोहले पनि निकै चर्चा बटुल्न पुग्यो । धेरैले उनलाई खिस्याउन बाँकी राखेनन् । आफ्नै जातीय संस्कारलाई अँगाल्दै उनले विवाह गरेकी हुँदा जातीय चिनारी गराउने गरगहनाले उनी पूरै सिँगारिएकी थिइन्, ढाकिएकी थिइन् । एउटी तामाङ युवतीले विवाहको समयमा जे–जस्ता गरगहना लगाउँछिन्, उनले पनि त्यही पदचिह्न पछ्याएकी थिइन् । तर, नेतृ नवीनामा देखिएको अधिक गहना–मोहलाई लिएर अनेक प्रश्न उठाइएका छन् । सामान्यतः तामाङ समुदायमा जन्मिएकी एउटी युवतीले आफ्नै जातीय संस्कार, संस्कृति र परम्परालाई पछ्याउँदै विवाहमा गरगहनाहरू लगाइन्, यस्तो कार्य हरेक तामाङ समुदायका महिलाहरूले अँगाल्दै आएका छन् । उनले पनि अँगालिन् । यसमा प्रश्न उठाउनु किन आवश्यक छ ? यस्तो प्रश्न गर्न नसकिने होइन । तर, एउटी सामान्य तामाङ युवतीको विवाह र राजनीतिमा जम्दै गएकी एउटा शक्तिशाली राजनीतिक दलको जिम्मेवार नेतृको विवाहलाई भने एकै नजरले नियाल्न सकिँदैन । सामान्य तामाङ युवतीले विवाहका बेला लगाउने गहना र नेतृ नवीनाले विवाहका बेला लगाएको गहनालाई पनि तुलनात्मक रूपले दाँजेर सामान्यीकरण गर्न मिल्दैन । अहिले सामाजिक सञ्जालहरूमा नवीनाको गहना–प्रेमलाई लिएर जेजस्ता टिप्पणीहरू उठिरहेका छन्, त्यसलाई सामान्य तामाङ युवती र नेतृ नवीनाको विवाह एउटै ढर्राको हुन सक्दैन भन्ने विचार राख्नेहरूको अभिव्यक्ति मान्न सकिन्छ ।
सामन्ती समाजले स्थापित गरेको एउटा गलत कुरा हो– महिलाको सौन्दर्यको मापन गरगहना र शृंगारपटारबाट मात्र गर्न सकिन्छ, गरगहना र शृंगारमा नै महिलाको सौन्दर्य, गरिमा र व्यक्तित्व चम्किन्छ । हुन त कुनै पनि मानिसमा सुन्दरताको चाहना हुनु एक प्राकृतिक भावनाको कुरा हो । हरेक मानिस सुन्दर हुन चाहन्छन् । सुन्दर हुने चाहनाकै कारण मानिसहरूले अनेक सौन्दर्य–आधारित सामानहरूको प्रयोगमा जोड दिँदै आएका छन् । त्यस्ता सौन्दर्य सामग्रीहरूमा अत्यधिक रासायनिक तŒवहरू मिश्रण गरिएको तथ्य बाहिर आउँदा पनि न त महिलाहरूले अनुहार चम्काउन फेयर एन्ड लभ्ली लगाउन छाडेका छन्, न त पुरुषहरूले कपाल सम्याउन जेलजस्ता सामग्रीहरू लगाउनमा अरुचि देखाएका छन् ।
महिलाको शरीरका कुनै पनि अंग गरगहनाबाट मुक्त छैनन् । शरीरका हरेक अंगहरू कान, नाक, घाँटी, हात, औंला र खुट्टामा सुन÷चाँदीका बहुमूल्य गरगहनाहरू लगाउनु र कपाल, अनुहारलाई शृंगारका सामग्रीहरूले सजाउनु अनिवार्यजस्तै भइसकेको छ । अझ, सामन्ती समाजले महिलालाई शृंगारपटारका साधनका रूपमा चिनाउन जति अहम् भूमिका निर्वाह ग¥यो, पुँजीवादले त महिलाको सौन्दर्यलाई उसको स्वतन्त्रतासँग जोडेर व्याख्या गर्न रुचायो । आधुनिक पहिरन, स्वच्छन्द शृंगारजस्ता पक्षलाई महिलाको स्वतन्त्रता र उन्मुक्तिको विषय बनाउन पुँजीवादले चाहेको प्रस्टै देखिन्छ । सामन्ती समाज र पुँजीवाद समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा समानता मात्र छैन, एउटाले महिला सौन्दर्यको नाममा महिलालाई दासीको रूपमा व्यवहार गर्दै आयो भने अर्कोले महिलालाई आधुनिक बनाउने, अधिकार दिलाउने नाममा गतिहीन र उन्मुक्त बनाउने चेष्टा सँगाल्दै आयो । आज पनि समाज र पारिवारिक वृत्तभित्र महिलाहरूले जुन किसिमका प्रताडना बेहोर्नुपरिरहेका छन्, ती सबैको पृष्ठभागमा महिलालाई भोगविलासको साधनका रूपमा हेर्ने दृष्टिकोण र व्यवहार नै रहेका छन् । अझ, समाजमा बलात्कार, उत्पीडन र अन्धविश्वासजन्य लाञ्छना लगाएर महिलालाई सताउने जुन उपक्रम चलिरहेका छन्, त्यसको पछाडि महिलालाई केवल एउटा वस्तुका रूपमा स्वीकार गर्ने पुँजीवादी समाजको चरित्रले काम गरेको प्रस्टै देखिन्छ ।
नेतृ नवीनाले आफ्नो विवाहमा सुनको आकर्षक गहनाहरू लगाउन जुन रुचि देखाइन्, त्यसबाट उनी सामन्ती र पुँजीवादी राजनीतिक प्रणालीले महिलामाथि थोपरेका गलत र अमान्य पक्षहरूलाई मेटाउने दिशामा सचेत छैनन् भन्ने प्रस्टै देखिन्छ । सायद कथित परम्परालाई तोडेर वा सच्याएर जाने होइन्, त्यसलाई पछ्याउनुमा नै आफ्नो हित हुने उनले देखिन् । विदितै छ, सामाजिक व्यवस्था, परिपाटी र परम्पराप्रति अहिले पनि बहुसंख्यक नेपाली महिलाले आवाज उठाउने हैसियत राख्दैनन् । तर, त्यस्तो हैसियत राख्ने क्षमता भने नेतृ नवीनामा अवश्य नै थियो । उनले चाहेकी भए आममहिलाभन्दा माथि उठेर सामाजिक परम्पराका नाममा महिलामाथि हुने विभेदजन्य पक्षहरूलाई सच्याउन सक्थिन् । गहना–प्रेमबाट आफूलाई टाढै राखेर एक परिवर्तनकामी महिलाको परिचय दिन सक्थिन् । अफसोस, यी सवालमा उनी नराम्ररी चुक्न पुगेकी छन् र कुनै पनि युवतीले आफ्नो विवाहमा पर्याप्त गरगहना लगाएर ‘राम्री देखिनुपर्छ’ भन्ने गलत र जड मान्यतालाई अझ स्थापित गर्न उनी तयार रहेकी प्रस्टै हुन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा