16th February 2019, Saturday

E-budhabar

कसरी भए मैनाली र श्रेष्ठ आउट ?



काठमाडौं । तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय राधाकृष्ण मैनाली र रूपनारायण श्रेष्ठ नेकपाको केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएका छन् । त्यसो त उनीहरूसहित तत्कालीन एमालेबाट १० केन्द्रीय सदस्य एकीकरणपछि बनेको नयाँ पार्टीमा केन्द्रीय सदस्य बन्न पाएनन् ।
झापा संघर्षबाट राजनीतिमा उदाएका मैनाली पूर्वमन्त्री तथा पार्टीको स्थायी समिति सदस्यसम्म भएका थिए । तर, तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमलाई समर्थन गरेपछि अनुशासनको कारबाहीमा परेर बाहिरिएका उनी तत्कालीन एमाओवादी हुँदै एमाले प्रवेश गरेका थिए । पुराना नेता मात्र होइन, साथीसमेत रहेकाले तत्कालीन एमाले अध्यक्ष केपी ओलीको प्रस्तावमा मैनाली केन्द्रीय सदस्य बनाए । उनलाई स्थायी समिति सदस्यसमेत बनाउने सोचमा ओली थिए, तर केन्द्रीय सदस्य भएको एक वर्षसमेत नबित्दै मैनाली पार्टी कामबाट निष्क्रिय मात्र भएनन्, नेतृत्वविरुद्ध सञ्चारमाध्यममा विषवमन गर्ने, गलत खालका लाञ्छना लगाउने काममा सक्रिय रहेको रिपोर्ट बालकोट पुग्यो । त्यति मात्र होइन, आत्मवृत्तान्त पुस्तक प्रकाशित गरेर अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले कुनै प्रसंग नै नभएको घटनाक्रममा मुछ्ने र तथ्यभन्दा बाहिर गएर आरोप लगाउनेसम्मका काम गरेको उनीमाथि आरोप लाग्यो । यी सबै घटनाक्रमका कारण मैनालीलाई पार्टी एकीकरणको ऐतिहासिक क्षणमा नेकपाको केन्द्रीय सदस्य नबनाइएको उच्च स्रोतले जनाएको छ ।
उता, पूर्वअखिलका नेतासमेत रहेका रूपनारायणमाथि पनि पार्टी नेतृत्वले ऐतिहासिक क्षणमा केन्द्रीय सदस्य नबनाएर अनुशासनको कारबाही गरेको चर्चा चलेको छ । गत स्थानीय तहको निर्वाचनमा रूपनारायणमाथि उम्मेदवार बन्ने प्रतिस्पर्धीमा रहेकाहरूबाट लाखौं रुपैयाँ मागेको आरोप लागेको थियो । त्यसका लागि आकांक्षी उम्मेदवारसँग पैसा माग्न संवाद गरेको अडियोसहितको उजुरी तत्कालीन एमाले पार्टी केन्द्रीय कार्यालयमा परेको थियो । तर, स्थानीयलगत्तै प्रदेश र संघीय संसद्को चुनाव आएकाले पार्टीको जनमतमा असर पर्ने भन्दै उक्त प्रकरणलाई ‘गुपचुप’ बनाइएको थियो । तर, अहिले पार्टी एकता संयोजन समितिले केन्द्रीय सदस्य बन्न वञ्चित गरेर अनुशासनको कारबाही गरेको उच्च स्रोतले जनाएको छ ।
त्यस्तै, नवौं महाधिवेशनबाट निर्वाचित भएका र पछि मनोनीत भएकामध्ये विद्या भण्डारी, गणेश तिमल्सिना, डा. शिवमाया तुम्बाहाम्फे, योगनारायण यादव, रामनाथ ढकाल, अग्नि खरेल, सानुकुमार श्रेष्ठ, प्रह्लाद गिरी केन्द्रीय सदस्य परेनन् । नवौं महाधिवेशनबाट तत्कालीन एमालेको उपाध्यक्षमा निर्वाचित भण्डारीले अघिल्लोपटक राष्ट्रपतिमा उम्मेदवार बन्नासाथ राजीनामा दिएकी थिइन् । त्यस्तै, तिमल्सिना राष्ट्रिय सभा अध्यक्ष, तुम्बाहम्फे उपसभामुख, खरेल महान्यायाधिवक्ता र श्रेष्ठ ३ नम्बर प्रदेशको सभामुख भएलगत्तै राजीनामा दिइसकेका छन् । त्यस्तै, ढकालको मृत्यु भइसकेको छ भने यादव जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण

ShareTweet हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

प्रशंसाको भागीदार बन्ने अवसर

ShareTweet स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले स्थानीय सरकारको बागडोर सम्हाल्न थालेको करिब दुई वर्ष पुग्न लाग्दै छ । करिब–करिब आधा समय व्यतीत गरिसक्नै लाग्दा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

बहुआयामिक सिर्जना

ShareTweet कुनै समय साहित्य वृत्तमा मुक्तक विधाले राम्रै स्थान पाएको थियो । मुक्तक विधाको ‘चार्म’ यति धेरै थियो कि काठमाडौंमा नभए पनि पोखरा, धरानजस्ता सहरका साहित्यप्रेमीहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा