22nd October 2018, Monday

E-budhabar

उराल्दै राष्ट्रवादी आवाज



उराल्दै राष्ट्रवादी आवाज

जन–गायक रायनले बीसको दशकमै एउटा सुनौलो सपना देखेका थिए । त्यो सपना थियो– देशमा जनताको सत्ता । अर्थात् देशबाट गरिबी, शोषण, अन्याय, अत्याचार हटेर जनताले सुख र समृद्धिको अनुभूति गर्न पाउने राज्यसत्ता स्थापना होस् भन्ने सपना र चाहना उनले सँगालेका थिए । एकदलीय पञ्चायती व्यवस्थाले निरंकुश चरित्र र शैली लादिरहेको बेला त्यस्तो सपना देख्नु पनि अपराध ठहरिन्थ्यो, सायद । तर, उनले देख्न छाडेनन्, त्यस्तो सपना । हरेक राजनीतिक उतारचढावहरु झेल्दै जनवादी गीति–यात्रामा पाइला चाल्दै जाँदा उनले देखेको सपनाले यतिबेला मूर्त रुप लिँदै छ । यतिबेला देश वामपन्थीमय बन्न पुगेको छ र वामपन्थीहरुको सत्तारोहणसँगै देशलाई समृद्धिको मार्गमा डो¥याउने संकल्पका पयोहरु बाँटिदै छन् ।
राष्ट्रियता, जनजीविका, समाजमा व्याप्त शोषण र अत्याचार– यस्ता विषयहरु हुन्, जसलाई सदैव उठाइरहे रायनले । कालापानीमा सीमा मिचिँदा ‘आलाप’ गाए उनले, गरिबीले गाँजेका जनता देखेर ‘कोरस’ गाए उनले । जीवनका कुनै पनि पल आफ्ना गीति–एजेन्डाहरु उठाउन चुकेनन् उनी । राल्फाकालीन दिनहरुमा प्रवेश गर्नुअघि प्रख्यात साहित्य–सर्जक पारिजातसँगको सान्निध्यले पनि उनमा देश र जनताप्रति समर्पित हुने आधारहरु प्राप्त भयो, सम्भवतः । बीसको प्रारम्भिक दशकमै पारिजातसँग उनको भेट भयो । २०२१ सालमा कलकत्ताबाट ७ वटा गीत रेकर्ड गरेर नेपाल फर्किएपछि उनको आवाजको तरंग पारिजातसम्मै पुगिसकेको थियो । फरक धार र स्वादको गीत सुनेपछि उनलाई पारिजातले खोजिन् । भन्छन्, ‘हामी पारिजातलाई भेट्न पुतलीसडकमा गयौं । उहाँले सामान्य जीवन बिताइरहनुभएको थियो । हामीलाई चिया खुवाउनुभयो, आदर गर्नुभयो । उहाँको व्यवहार देखेर हामी नतमस्तक नै बन्यौं ।’
ओखलढुंगाबाट रेडियो नेपालमा गीत गाउन आउँदा उनीसँगै थिए, रामेश पनि । उनीहरु नाताले दाजुभाइ पर्थे । २०१९ सालमा रेडियो नेपालले ‘अखिल नेपाल राष्ट्रिय लोकगीत सम्मेलन’ मा सगरमाथा अञ्चलको प्रतिनिधित्व गरेर आएका यी दाजुभाइले एउटा गीत गाए– ‘गाई चर्नेमा भैंसी च¥यो वनको सेखी झ¥यो, वनको राजा कुसुन्डालाई हजुर भन्नु प¥यो ।’ तर, रेडियो नेपालका लाउकेहरुले गीतमा ‘राजा’ शब्द परेपछि आपत्ति जनाए र ‘राजा’ को ठाउँमा ‘सान्नानी’ भन्ने शब्द राखेर गीत गाए उनीहरुले । त्यो गीतले चिनाएपछि उनीहरुले गायनलाई निरन्तरता दिने उद्देश्यले काठमाडौंमा डेरा जमाएर बस्न थाले ।
काठमाडौंमा बस्न थालेपछि पारिजातको कोठामा आवतजावत चलिरह्यो । पारिजातको कोठामा कसैले कविता सुनाउँथे, कसैले संगीतको माधुर्य छर्दथे । रामेशसँग मिलेर टेवहालमा डेरा लिएर बसेपछि उनको काम रेडियोमा धाउने र पारिजातकहाँ गएर आफ्ना सिर्जनाहरु पस्किने हुन थाल्यो । पारिजातसँगको आत्मीयता त यतिसम्म घनीभूत भयो कि, २०४६ सालको जनआन्दोलनको बेला पारिजातले भाग लिने मनसाय व्यक्त गरेपछि उनले म्हेपीदेखि रत्नपार्कसम्म पारिजातलाई बोकेर नै पु¥याए ।
त्यतिबेला रेडियोमा एउटा गीत गाउँदा १० रुपियाँ पाइन्थ्यो । तर, पछि–पछि त गीत गाएको पैसासमेत दिन छाड्यो । भन्छन्, ‘हामीले पैसा नपाएपछि त्यस विषयमा बुझ्दा त हामीले गीत गाएबापतको पैसा रेडियोका कर्मचारीहरु मिलेर खाँदा रहेछन् । त्यसपछि रेडियो नेपालको आँगनमा टेक्न छाड्यौं र काठमाडौंमा संघर्षपूर्ण जीवन बिताउन थाल्यौं ।’ रेडियो नेपालका कर्मचारीहरुको भ्रष्ट व्यवहारले उनलाई संगठित हुनुपर्ने आवश्यकता बोध गरायो र त्यसकै प्रतिफल थियो– राल्फा । उनीसँगै रामेश, मञ्जुल, अरिम, नोरेम, सिसोम, निनुले राल्फाको पाङ्ग्रालाई अगाडि धकेले । तर, २०३० सालतिर राल्फा छिन्नभिन्न भयो र सबैजना आ–आफ्नै प्रयत्नमा सिर्जनाको संसारमा रमाउन थाले ।
रायनको गीति–यात्राले शिखर चुम्नमा ‘सिम्मा’ को अद्वितीय भूमिका रह्यो । तीसको आखिरी दशकमा लेखेर मञ्चन भएको उक्त गीति–नाटकले नेपाली समाजको कारुणिक अवस्थालाई सतहमा ल्याउने प्रयत्न मात्र गरेन, तत्कालीन शासकको आँखामा कसिंगर पनि बन्न पुग्यो । ‘सिम्मा’ को अभिकेन्द्रमा युद्धमा गएका घाइते लाहुरेको पीडा र उनको परिवारले झेल्नुपरेका दर्दहरु छन् । तर, ‘सिम्मा’ को लोकप्रियता यति रह्यो कि, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको हलमा महिनौंसम्म प्रदर्शन भएपछि एकदिन कुलपति लैनसिंह बाङ्देलले हल दिन अस्वीकार गरे र उनले नेपाल बाहिर लगेर मञ्चन गर्नसमेत आग्रह गरे । ‘सिम्मा’ को लोकप्रियतापछि उनको गीति–यात्राले अकल्पनीय फड्को मा¥यो र आम मानिसबीच परिचित बन्न पुगे ।
राजनीतिक रुपमा मतभिन्नता चुलिएपछि सहकर्मी÷नातेदार रामेशसँग उनको लामो समयसम्म संवाद नै भएन । २०३० सालदेखि सुरु भएको संवादविहीनता २०४६ सालमा मात्रै खुल्यो । रायन सम्झिन्छन्, ‘०४६ को आन्दोलनमा हामी दुवै गिरफ्तार भयौं र बग्गीखानामा एकै ठाउँमा थुनियौं । त्यही बेला हामीबीच बोलचाल भयो । त्यहीं नै हामीले एकअर्कालाई हे¥यौं र आँखाभरि आँसु पा¥यौं । दुवै जनाले अँगालोमा बेरियौं ।’ रामेशसँगको संवादहीनता छ नै, रेडियो नेपालमा पनि उनले करिब ४० वर्षपछि पाइला टेके । रेडियोका कर्मचारीहरुको भ्रष्ट व्यवहार देखेर ०२३ सालदेखि रेडियो नेपालको प्रांगण टेक्न छाडेका उनले एकैचोटि ०६४ मात्र टेके । त्यतिबेला रेडियो नेपालले उनलाई ‘वरिष्ठ संगीतकार’ को सम्मान दिएको थियो ।
जीवनका ७६ वसन्त पार गरिसकेका रायन अझै पनि संगीतकर्ममै छन् । केही वर्षअघि उनले सीमा मिचिएको विरोधमा गीत लेखे र गाए । उनले सीमा अतिक्रमणको विरुद्धमा थुप्रै गीत लेखेका छन् । उनी भन्छन्, ‘ममा सानैदेखि राष्ट्रियताको भावना प्रवल रुपमा उठ्थ्यो र त्यही कारण मलाई सीमा अतिक्रमण गरिएको विरोधमा गीतहरु लेख्न उत्प्रेरित तुल्यायो ।’ र त, उनी गाउन रुचाउँछन्–
‘कालापानी, लिपु लेक अरु बस्ती ठाउँ
नेपालकै जग्गा हुन् ती नेपालीकै गाउँ
आफ्नो पार्न भारतले खेलि रा’छ दाउ
सन्धी प्रमाण बोलि रा’छ नेपालकै नाउ
कहाँ बिर्सन्छ नेपालीले सुगौलीको कुरा
महाकालीको मुल शिर हो लिम्पियाधुरा’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा