18th October 2018, Thursday

E-budhabar

बदनाम बद्रीलाई चिट्ठैचिट्ठा



काठमाडौं । नेपाल कम्युस्टि पार्टीको केन्द्रीय सदस्यमा छानिएका बद्री न्यौपानेलाई पछिल्लो समय सबैले ‘सप्रिएको बद्री’का रूपमा चिन्छन् । नेपाली राजनीतिमा बद्री नाम गरेका व्यक्तिहरू बदनाम भए पनि न्यौपानेले भने एकपटक मन्त्री र एकपटक सांसदका साथै अहिले शक्तिशाली नेकपाको केन्द्रीय सदस्य नै पड्काउन पुगेपछि उनलाई सप्रिएको बद्रीका रूपमा हेर्न थालिएको छ ।
तर, डा. बाबुराम भट्टराईको पालामा काकताली परेर मन्त्री बन्न पुगेपछि एकाएक आर्थिक हैसियत चुल्याउन पुगेका न्यौपानेले मन्त्री भएका बेला र त्यसअघि गरेका कर्तुतहरू देख्नेहरूले भने अहिले नाक खुम्चाउन पुगेका छन् । विगतमा बदनाम छवि भएका न्यौपानेलाई एमाले र माओवादी केन्द्रको एकतापछि बनेको शक्तिशाली नेकपाको केन्द्रीय सदस्यमा मनोनयन गरिएपछि उनको गृहजिल्ला सर्लाही र काठमाडौंको कपन क्षेत्रमा उनलाई चिन्नेहरूले भन्न थालेका छन्, ‘कस्ताकस्ता मानिसहरू पनि नेकपाको केन्द्रीय समितिमा परे ।’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि तत्कालीन एमालेमा प्रवेश गरेका न्यौपाने एमालेकै कोटाबाट नेकपाको केन्द्रीय समितिमा परेका हुन् । सर्लाहीको अत्रौली गाविसबाट एमालेमा रही राजनीति सुरु गरेका न्यौपाने केही वर्षपछि नै एमालेसँगको सम्बन्ध तोडेर कांग्रेस बन्न पुगेका थिए । तर, कांग्रेसमा रहेकै बेला मदिरा सेवनमा रमाउने, महिलाप्रति आशक्ति जनाउने र पैसाका मामिलामा पनि बदनामी भएपछि उनले कांग्रेसमा राम्रो स्थान पाउन सकेनन् । मधेस आन्दोलनले उत्कर्ष लिइरहेको बेला भने उनले कांग्रेस परित्याग गरेर चुरे भावर राष्ट्रिय एकता पार्टी गठन गरे र मधेसी दलहरूविरुद्ध आफू र आफ्नो पार्टीलाई उभ्याए ।
२०७० को संविधानसभाको दोस्रो निर्वाचनमा भने उनको पार्टीले समानुपातिकतर्फ मत ल्याएपछि उनी सांसद बन्न पुगे । त्यसपछि डा. भट्टराई नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बन्न पुगे । मन्त्री बन्नुअगाडि सर्लाही र काठमाडौंको कपनवरिपरिका मदिरा पसलहरूमा बारम्बार भेटिने गरेका न्यौपानेले ती दुवै ठाउँका मदिरा पसलहरूमा उधारोमा खाने गरेको र हजारौं रुपैयाँ तिर्न बाँकी रहेको थियो । तर, मन्त्री बनेपछि भने उनले ती मदिरा पसलहरूको उधारो चुक्ता गरेको बताइन्छ । मन्त्री बनेपछि उनी मलंगवाको अशोका होटलमा आफूले मदिरा खाएको बाँकी पैसा तिर्न पुगेका थिए । उनले सो होटललाई २ हजार रुपियाँ तिर्न बाँकी रहेको थियो । तर, सो होटलका सञ्चालकले भने मन्त्री न्यौपानेलाई ‘अब पुरानो कुरा छाड्नुस्, तपार्इं मन्त्री बनिसक्नुभयो, पहिलाको रकम तिर्नुपर्दैन’ भनेर २ हजार रुपियाँ नलिएको कुरा अहिले पनि सर्लाहीमा चर्चाको विषय बन्ने गरेको छ ।
‘एक दल, एक सदस्यीय सांसद’को कोटाबाट मन्त्री बनेपछि न्यौपाने कमिसनमा चुर्लुम्मै डुब्न पुगेका थिए । उनले कमिसनको लोभमा परेर भृकुटीमण्डपको पसलहरू पुरानै ठेकेदारलाई दिई मोटो रकम लिएको बताइन्छ । भृकुटीमण्डपका पसलहरू भाडामा लगाउन उनले नयाँ ठेकेदार खोजेका थिए, तर नयाँ ठेकेदारसँग कमिसनमा कुरा नमिलेपछि र पुरानै ठेकेदारले लाखौं रुपैयाँ दिएपछि उनले तिनै पुराना ठेकेदारलाई जिम्मा दिएका थिए ।
विभिन्न पार्टी चहार्दै हिँड्ने स्वभाव भएका, मदिरा, केटी र पैसाका लागि बदनामी कमाएका न्यौपानेलाई नेकपाले केन्द्रीय समितिमा भिœयाउँदा उनको विगत नहेरिएको बताउन थालिएको छ । बदनाम मान्छेलाई नेकपाजस्ता शक्तिशाली र इज्जतदार पार्टीमा राख्दा पार्टीको छवि नै धूमिल हुन पुगेको अहिले टिप्पणी गर्न थालिएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा